• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

metakhabar by metakhabar
२८ मंसिर २०८२,
0
३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ। ६२ हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ बचत राफसाफ गर्न सरकारले स्थापना गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति आफैँ समस्यामा परेको छ। बचतकर्ताको रकम अपचलन तथा आर्थिक अनियमितता गरेको आरोपमा २७ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको भए पनि ती सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय नै भद्रगोल अवस्थामा पुगेको हो। समस्याग्रस्त घोषित केही सहकारीले एक लाख रुपैयाँभन्दा कम बचत रकम फिर्ता गरे पनि अधिकांश सहकारीका बचतकर्ताको रकम फिर्ता र हिसाब मिलानको काम ठप्पजस्तै बनेको छ।

मङ्सिर ४ र ५ गते सहकारीपीडितले समितिको कार्यालय अगाडि प्रदर्शन तथा घेराउ गरेपछि समितिका पदाधिकारी कार्यालय आउन छाडेका छन्। समितिका अध्यक्ष श्रीमणकुमार गौतमसहित सदस्य उद्ववप्रसाद तिमल्सेना, काशिचन्द्र बराल, ललिताकुमारी महर्जन, ध्रुव आचार्य र महेशप्रसाद काफ्ले हाल कार्यालयमा उपस्थित नभएको समितिका सदस्यसचिव टीकामणि नेउपानेले पुष्टि गरे ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी विभागमा दर्ता भएका सहकारीको मात्र नियमन गर्ने गर्दछ। सहकारीको बचत रकम अपचलन, दुरुपयोग तथा ठगी प्रकरणमा अनुसन्धान, छानबिन र पीडित नागरिकको बचत फिर्ता गराउने जिम्मेवारी रहे पनि समिति आफैँ अस्तव्यस्त बनेको छ।

कार्यालयका शाखा अधिकृत डम्बरु दाहालका अनुसार सहकारीपीडितको आन्दोलनपछि कार्यालयको कामकाज प्रभावित भएको छ। उनले भने , “सामान्य प्रशासनिक काम भइरहे पनि सहकारीको बचत राफसाफ गर्ने मुख्य काम प्रभावित भएको छ। अध्यक्ष नै कार्यालय नआएपछि निर्णय प्रक्रिया अघि बढ्न सकेको छैन। चेकमा अध्यक्ष र सदस्यसचिवको हस्ताक्षर अनिवार्य हुने भएकाले पनि समस्या आएको हो।”

सहकारीपीडितका अगुवा खगेन्द्र काफ्लेले सरकारले पटक–पटक बचत रकम फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि सहकारी सञ्चालकले १० वर्षदेखि बचत फिर्ता नगरेको बताए । उनका अनुसार २०७२ देखि समस्यामा परेका सहकारीविरुद्ध २०७४ मा उजुरी दिएर निरन्तर धाइरहेका बचतकर्ता आफ्नो जीवनभरिको कमाइ फिर्ता हुने आशामा छन्।

“एक लाख रुपैयाँभन्दा कम बचत गर्नेको रकम फिर्ता गरिएको छ तर एक लाखभन्दा बढी बचत गर्नेको रकम अझै फिर्ता भएको छैन,” उनले भने , “एक लाखभन्दा बढी बचतकर्ताको संख्या धेरै छ। अहिले भइरहेको प्रक्रिया देखावटी मात्र हो।”

शाखा अधिकृत दाहालका अनुसार केही सहकारीमा ऋणी सदस्य र बचतकर्ताबीच हिसाब मिलान भएको छ। उनका अनुसार हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, आइडल यमुना, तपाईं हाम्रो, नागरिक कल्याण, घेदुङ, कान्तिपुर सेभिङ एन्ड क्रेडिट र स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाको हिसाब मिलान सम्पन्न भएको छ।

त्यसैगरी शिवशिखर, गौतमश्री, पशुपति, नेपाल सहकारी वित्तीय संस्था, तुलसी बहुमुखी, लालीगुराँस र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थामा पनि आंशिक रूपमा हिसाब मिलान भई केही बचतकर्ताले रकम फिर्ता पाएका छन्। तर अधिकांश सहकारी सञ्चालक बचत रकम फिर्ता गर्न अझै तयार नभएको बताइएको छ।

“सहकारीभित्र जटिल समस्या छन्,” दाहालले भने , “बचत रकम कम्पनी खोल्दै लगानी गरिएको छ। बैंकले भौतिक संरचना लिलाम गरेपछि समितिले त्यहाँका सामग्री लिलाम गरिरहेको छ। मूल्य निर्धारणलगायतका प्राविधिक विषय जटिल भएकाले काम गर्न निकै कठिन भइरहेको छ।”

Previous Post

जलजला आलुको बीउमा आत्मनिर्भर

Next Post

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

metakhabar

metakhabar

सम्बन्धित खबर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
Load More
Next Post
लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In