• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

    आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलजला आलुको बीउमा आत्मनिर्भर

metakhabar by metakhabar
२८ मंसिर २०८२,
0
जलजला आलुको बीउमा आत्मनिर्भर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी।जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर बनेको छ। राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर कम उत्पादन क्षमता भएको पुरानो बीउलाई विस्थापित गरी गुणस्तरीय बीउ उत्पादन गरिएको हो ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्वमूलबीउलाई पिबिएम प्रविधिबाट (बियाँबाट आलुको बीउ उत्पादन) गरेर आत्मनिर्भर बनाइएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए।

उनका अनुसार उत्पादन क्षमता कम भएको पुरानो बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखिएपछि २०७९ सालमा जलजला गाउँपालिका–६ लाम्पाटाको बराहटोलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार २०० सय दाना रोपेर पहिलो पुस्ताको बीउ उत्पादन थालिएको थियो।

‘लाम्पाटामा पूर्वबीउका साथै सल्यानलगायतका ठाउँमा उत्पादन हुने दोस्रो र तेस्रो पुस्ताको आलुको बीउ खरिद गरेर चिस्यानगृहमा भण्डारण गरी किसानलाई सहुलियत दरमा उपलब्ध गराएका छौँ’, अध्यक्ष आचार्यले भने, ‘गत वर्ष उत्पादन भएको दुई हजार २५२ बोरा बीउ पालिकाका किसानलाई पुगेर पनि अन्य जिल्लामा बिक्री गरेका छन् ।’

पीबीएम प्रविधिबाट उत्पादन भएको आलुको बीउ पाँच पुस्तापछि खानयोग्य हुन्छ। यसअघि जलजलाका किसानले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए । पुरानो बीउ लगाउँदा एक बोराबाट सातदेखि १० बोरासम्म उत्पादन हुने गरेकामा नयाँ बीउ लगाउँदा एक बोराले २० बोरासम्म उत्पादन दिन थालेको किसानले बताएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले किसानले उत्पादन गरेको बीउलाई प्रतिकिलो रु ६५ मा खरिद गरेर ५० प्रतिशत ढुवानीमा अनुदानसहित पोखराको चिस्यानगृहमा भण्डारण गर्ने र प्रतिकिलो रु १५ अनुदान दिएर किसानलाई वितरण गर्ने व्यवस्था मिलाएको बताए।

अनुदानमा एक बोरा आलुको बीउ लैजाने किसानले कम्तीमा पाँच बोरा गाउँपालिकालाई उपलब्ध गराउनुपर्ने सर्त छ। गाउँपालिकालाई उपलब्ध गराएर बचेको बीउ किसानले छिमेकी जिल्ला म्याग्दी, बागलुङ, कास्की र पर्वतका अन्य स्थानीय तहमा बेच्छन्। जलजलामा वार्षिक एक हजार ८०० बोरा आलुको बीउ आवश्यक पर्ने गरेको जनाइएको छ।

जलजलाको बनौ, तारे, शालिजा, लेकफाँट, धाइरिङको धाखेत, धारापानीमा बर्खे र सल्यान, नाग्लीवाङ, मल्लाजमा हिउँदे आलुखेती आलुखेती हुने गरेको छ । राम्रो मूल्य र बजार पाइने भएकाले खानका साथै बीउ उत्पादनमा किसान आकर्षित भएका छन्।

जलजला–बाँसबोट कृषक समूहका सचिव कमलनयन आचार्यले ८० रोपनी खेत भाडामा लिएर १६ जनाले सामूहिक बीउका लागि आलुखेती सुरु गरिएको जानकारी दिए। किसानले व्यक्तिगत रूपमा ५० बोरा र समूहले एक सय १५ बोरा आलु रोपेका उनले बताए।

सामूहिक आलुखेती सुरु भएको खेतमा यसअघि हिउँदमा खेती हुँदैनथ्यो । बाँसबोटमा दुई वर्षअघि पुर्जाखोला सिँचाइ आयोजना निर्माण सकिएपछि बाह्रै महिना सिँचाइ सुविधा पुगेको बाँझो खेतबारी पछिल्लो दुई वर्षयता हराभरा हुन थालेको किसान भोजराज आचार्यले बताए। ‘सिँचाइ सुविधा नहुँदा बाँसबोटका किसानले अकासे पानीका भरमा धानबालीमात्र लगाउँथे । सिँचाइ सुविधा भएपछि बसाइँसराइ र जनशक्ति अभावका कारण हिउँदमा बाँझिने जग्गामा पनि आलुसहित तीन बाली खेती सुरु गरेका छौँ । धान उत्पादन पनि दोब्बरले बढेको छ’, उनले भने।

गण्डकी प्रदेश सरकारले निर्माण गरेको पुर्जाखोला सिँचाइ आयोजनाबाट बाँसबोटका साथै फोक्सिङ, छहरा र एकपाटेका तीन सय घर किसानका छ सय २० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । स्थानीय अगुवा किसान लोकराज आचार्यले बाँझिएको जमिनलाई सदुपयोग, रोजगारी सृजना र किसानको आयआर्जन वृद्धिका लागि आलुको बीउ उत्पादन कार्यक्रम प्रभावकारी बनेको बताए।

उत्पादन बढ्दै गए पनि यहाँ बाँदरको समस्या आलुखेतीका लागि चुनौती बनेको छ । बाँदरका हुलले आलुका बिरुवा उखेल्ने र दाना निकालेर दुःख दिने गरेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए। सामूहिक आलुखेती भएकाले तीन महिनाका लागि बाँदर हेरालु राख्न गाउँपालिकामा समझदारी भएकाले कार्यान्वयनमा आएपछि केही राहत हुने उनले बताए।

Previous Post

प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

Next Post

३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

metakhabar

metakhabar

सम्बन्धित खबर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
फिचर-ब्यानर

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

२८ माघ २०८२,
आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण
आर्थिक

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

२८ माघ २०८२,
ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त
समाचार

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

२८ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२८ माघ २०८२,
Load More
Next Post
३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In