काठमाडौँ, मङ्सिरः काठमाडौँ महानगरपालिकाको आयोजनामा रैथाने, मौलिक खाद्य स्वच्छता मेला–२०८२ हुने भएको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गरी काठमाडौँ महानगरपालिकाको स्थापना दिवसको पूर्वसन्ध्यामा आगामी मङ्सिर २८ गते मेला आयोजना गर्न लागेको जनाएको हो ।
स्थानीय पहिचान प्रवर्द्धन र संरक्षण हुने गरी स्वच्छ खानपान र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकै ठाउँमा जोड्न मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको छ । उक्त मेला नक्सालस्थित नन्दकिशोर बगैँचा (नारायण चौर) मा सञ्चालन हुनेछ ।
मेलामा काठमाडौँ महानगरभित्रका ३२ वटै वडाबाट कम्तीमा एक÷एक वटा स्थानीय रैथाने खाद्यसम्बन्धी स्थल रहने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।













