• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

    म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

    जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो छ दलहरूले पाएको चुनाव चिह्न

metakhabar by metakhabar
२२ मंसिर २०८२,
0
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा १ सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।

१ सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये १ सय २ वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी आयोगले चुनाव चिह्न दिएको छ ।

१२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी चुनावमा भाग लिनेछन् । यस आधारमा कूल १ सय ७ वटा चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

चुनावका लागि १ सय २० निवेदन परेकोमा १३ वटा खारेज भएको छ । आयोगले प्रदान गरेका चुनाव चिह्नहरूमा पहिलो नम्बरमा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा नेकपाको तारा र चौथोमा रास्वपाको घण्टी चुनाव चिह्न छन् ।

मतपत्रमा यस पटक कुल १ सय ७ वटा निर्वाचन चिन्ह समावेश हुने छ ।

कसको के ?

आयोगले २०७९ को समानुपातिक निर्वाचनमा प्राप्त मतका आधारमा ११ दलको क्रमसंख्या तोकेको छ । यी ११ दलका क्रमसंख्या अघिल्लो चुनावमा प्राप्त मतकै आधारमा स्वचालित रूपमा निर्धारण गरिएको हो ।

१ नम्बरः नेकपा (एमाले) – सूर्य

२ नम्बरः नेपाली काँग्रेस – रूख

३ नम्बरः नेपाली कम्युनिष्ट पार्टी – पाँचकुने तारा

४ नम्बरः राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी

५ नम्बरः राप्रपा – हलो

६ नम्बरः जसपा – ढल्केको छाता

७ नम्बरः जनमत पार्टी – लाउडस्पिकर

८ नम्बरः नागरिक उन्मुक्ति पार्टी – ढकिया

९ नम्बरः लोसपा – साइकल

१० नम्बरः नेपाल मजदुर किसान पार्टी – मादल

११ नम्बरः राष्ट्रिय जनमोर्चा – गिलास

१२ औँ नम्बरदेखि मतपत्रमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका अन्य दलका चिन्ह राखिएका छन् । सबैभन्दा पहिले १२ नम्बरमा देश विकास पार्टीको लौरो रहेको छ भने १३ नम्बरमा प्रगतिशील लोकतान्त्रिक पार्टीको खुलेको एकल आँखा रहेको छ ।

दर्ता भएका नयाँ चर्चित दलमा ३३ नम्बरमा जेनजी आन्दोलनका खुट्टा गुमाएका राजेश पोर्तेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीको बासुरी, ५१ औँ नम्बरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको अँजुलीमा रहेको माटो, ५७ औँ नम्बरमा नेत्रबहादुर चन्द नेतृत्वको नेकपा (माओवादी) रहेका छन् ।

यस्तै ६४ नम्बरमा अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिंग संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बलिरहेको बिजुलीको चिम, ९१ नम्बरमा पूर्व प्रहरी महानिरीक्षक सवेन्द्र खनाल नेतृत्वको समुन्नत नेपाल पार्टीको हात मिलाएको महिला र पुरुष (समानता), १०० नम्बरमा खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीको गोलाकारभित्र बुढी औला उठाएको लाइक आकृति र अन्तिम तथा १ सय ७ नम्बरमा जनता लोकतान्त्रिक पार्टी नेपालको भैँसी निर्वाचन चिन्ह रहेको छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

सार्वजनिक संस्थानमा ४७ अर्बको हिसाब गडबड, जिम्मेवार को ?

metakhabar

metakhabar

सम्बन्धित खबर

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
अन्तर्राष्ट्रिय

म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

५ बैशाख २०८३,
लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै
आर्थिक

लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

५ बैशाख २०८३,
उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

५ बैशाख २०८३,
चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि
फिचर-ब्यानर

चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

५ बैशाख २०८३,
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै
आवाज

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

५ बैशाख २०८३,
बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने
आर्थिक

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

५ बैशाख २०८३,
Load More
Next Post
सार्वजनिक संस्थानमा ४७ अर्बको हिसाब गडबड, जिम्मेवार को ?

सार्वजनिक संस्थानमा ४७ अर्बको हिसाब गडबड, जिम्मेवार को ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In