• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

metakhabar by metakhabar
१९ मंसिर २०८२,
0
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १९ मङ्सिरः प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले गर्दै आएको पोखरा सडक महोत्सव यहाँको विशिष्ट पर्यटकीय पहिचान बनेको छ ।

सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सुरु गरिएको सडक महोत्सवले आफ्ना २६ वटा संस्करण सम्पन्न गर्दै २७औँ संस्करणको तयारी थालिसकेको छ । यस वर्ष आगामी पुस १३ देखि १७ गतेसम्म फेवाताल किनार लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुुभयो ।
‘सडक मै खाउँ, सडक मै नाँचौँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ महोत्सवले खाना, संस्कृति र सङ्गीतलाई प्रवद्र्धन गर्नाका साथै पोखराको पर्यटनमा मात्र नभई नेपालको पर्यटकीय विकासमा विशिष्ट स्थान ओगटेको अध्यक्ष पौडेल बताउनुुहुन्छ ।

“कुनै समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा र थाइल्यान्ड जाने परम्परा थियो, तर पोखरा सडक महोत्सवले त्यो परम्परालाई तोड्दै पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यका रुपमा स्थापित गर्न सफल भएको छ”, उहाँले भन्नुुभयो, “वर्तमानमा यो महोत्सव केवल एउटा कार्यक्रम मात्र नभई पोखराको पहिचान, ‘ब्रान्ड’ र गौरवमय इतिहासको अभिन्न हिस्सा बनिसकेको छ ।”

यस महोत्सवले पोखरामा मात्र नभई आसपासका क्षेत्रमा समेत यहाँको समग्र पर्यटन प्रवद्र्धनसँगै आर्थिक रुपमा महत्वपूर्ण प्रभाव पारिरहेको पर्यटन व्यवसायीहरूको अनुुभव छ । महोत्सवका कारण पर्यटनसम्बद्ध सबै क्षेत्र लाभान्वित बनेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो ।

उहाँका अनुसार अङ्ग्रेजी नयाँ वर्षका अवसरमा गरिने पोखरा सडक महोत्सवका समयमा यहाँका होटेलमा क्षमताको ९० प्रतिशत भरिभराउ हुन्छन् । महोत्सवकै कारण अङ्ग्रजी नयाँ वर्षका केही दिन यहाँको पर्यटन क्षेत्र चलायमान हुने जनाउँदै उहाँले यसले स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बताउनुुभयो ।

पोखराको पर्यटन क्षेत्रमा कुल रु आठ खर्ब लगानी भइसकेकामा होटेल क्षेत्रमा मात्रै रु छ खर्ब लगानी भएको उहाँको भनाइ छ । उहाँका अनुसार पोखरामा प्रत्येक दिन ४० हजार जनासम्म पर्यटक राख्न सक्ने क्षमता छ । “अङ्ग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकसँगै देशका विभिन्न स्थानबाट आउने पर्यटकले यहाँका होटेल भरिभराउ हुने गरेको छ”, उहाँले भन्नुुभयो ।

यस महोत्सवको सुरुआतीसँग प्रत्यक्ष रुपमा पोखराका वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई जोडिनुुभएको छ । सन् १९९७ मा घुमघामका लागि भट्टराई भारतको गोवा जाँदा त्यहाँ ‘फुड एन्ड म्युजिक फेस्टिभल’ चलिरहेको थियो । पर्यटक लक्षित उक्त फेस्टिभल प्रत्यक्ष अवलोकन र अनुुभूति गर्नुुभएका भट्टराईलाई पोखरामा पनि यस्तै फेस्टिभल गर्न सकिने आशा एवम् विश्वास जागेको थियो ।

उक्त फेस्टिभल हेरेर फर्केलगत्तै तत्कालीन समयमा पोखरा घुम्न आउनुुभएका तत्कालीन राजा वीरेन्द्रसँग उहाँको भेटघाट भयो । सो क्रममा राजा वीरेन्द्रले जाडोयाममा पोखरामा पर्यटक नदेख्दा चिन्ता व्यक्त गर्नुुभएको थियो । राजा वीरेन्द्रको चासोसँगै गोवामा भर्खरै देखेको फेस्टिभलको अनुुभव समेतले यस समयमा त्यस किसिमको पर्यटकीय गतिविधि गर्नुुपर्छ भन्ने सोच जागेको उहाँले अनुुभव सुनाउनुुभयो ।

“राजपरिवारका सदस्य पोखराको भ्रमण रहेको त्यस समयमा मैले तत्कालीन युवराज दीपेन्द्रसँग लेकसाइडस्थित बुम¥याङ रेष्टुरेन्टमा सँगै पारिवारिक डिनर गर्नका लागि गरेको आग्रहलाई स्वीकार्दै उहाँहरू सपरिवार डिनरका लागि आउनुुभएको थियो”, उहाँले भन्नुुभयो, “त्यस क्रममा भएको कुराकानीमा राजा वीरेन्द्रले यस समयमा पोखरामा पर्यटकको कमी भएको चिन्तासँगै पर्यटक बढाउने गतिविधि आदिबारे जिज्ञासा राख्नुुभएको थियो ।”

तत्कालीन समयमा राजा वीरेन्द्रले समेत पर्यटनका सम्बन्धमा देखाउनुुभएको चासो समेतका जगमा अर्को वर्षदेखि सन् १९९८ मा सुरु गरिएको महोत्सव वर्तमानमा यहाँको ब्रान्ड नै बनिसकेको भट्टराईले बताउनुुभयो । सुरुमा यहाँको जम्मा आधा किलोमिटर क्षेत्रफल समेटेर महोत्सव गरिएको उहाँले जानकारी दिनुुभयो ।

यस समयमा चिसोका कारण हिमाली क्षेत्रको पदयात्रामा गएका पर्यटक फर्किसक्ने र आन्तरिक पर्यटकको चहलपहल पनि नहुने अवस्थामा गर्न थालिएको महोत्सवले केही दिन यहाँको पर्यटन चलायमान हुने गरेको उहाँको भनाइ छ ।

“हामीले महोत्सवलाई खाना, संस्कृतिसँगै धार्मिक र जातीय सद्भावका माध्यमबाट उत्पादनसँग जोड्नुु आवश्यक छ”, उहाँले भन्नुुभयो, “महोत्सवका अवसरमा हाम्रा घरेलु उत्पादनको बजारीकरणका लागि राज्यका निकायले सहयोग गर्नुु जरुरी छ ।” समग्र पर्यटनको विकासका लागि गुणस्तरीय पर्यटनमा जोड दिँदै अघि बढ्नुुपर्ने आवश्यकता उहाँले औँल्याउनुुभयो ।

यस समयमा नेपालमा पर्यटकीय चहलपहल पनि नहुने भएकाले यहाँ रहेका विदेशी पाहुना क्रिसमससँगै अङ्ग्रेजी नयाँ वर्ष मनाउन आफ्नो देश फर्कने गरेको अवस्थामा पोखरामा हुने महोत्सवले उनीहरूलाई समेत रोक्ने गरेको महोत्सवका संयोजक एवम् रेवान पोखराका प्रथम उपाध्यक्ष वसन्त गौतमले जानकारी दिनुुभयो ।

पछिल्लो समयमा कतिपय विदेशी पर्यटक पोखराको सडक महोत्सव हेर्नकै लागि आउने गरेको र देशका विभिन्न भागबाट आन्तरिक पर्यटकहरू पनि यस अवसरमा पोखरा आउने गरेको उहाँको भनाइ छ । “यस कार्यक्रमले क्रिसमस र न्यू इयर मनाउन स्वदेश फर्कने विदेशीलाई पोखरा नै रोक्न सकेको छ, देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकको आगमन पनि बढाएको छ”, उहाँले भन्नुुभयो ।

पोखराका पर्यटन व्यवसायीका अनुुसार मेलाका अवसरमा यहाँको साढे तीन किलोमिटर क्षेत्रमा सडककै ठाउँठाउँमा विभिन्न खानाका परिकार खाँदै सांस्कृतिक माहौलमा नाच्दै पर्यटक रमाउने गरेका छन् । मेलाका अवसरमा आउने विदेशी पर्यटकले विशेषतः नेपालमा उत्पादित ह्यान्डिक्राफ्टका सामान आदि किन्ने गर्दछन् ।

त्यस्तै यस क्रममा माटोका भाडा, चकटी, ढाकाका सामानसँगै यहाँका स्थानीय उत्पादनको राम्रै व्यापार हुने गरेको छ । महोत्सवका अवसरमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक वेशभूषा र परम्परागत नृत्यको प्रदर्शन हुने रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिनुुभयो ।

‘सडकमै खाऔँ’ भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारहरूको प्रत्यक्ष स्वाद लिन पाइने बताउँदै उहाँले नेपालका ख्यातिप्राप्त कलाकारको ‘लाइभ कन्सर्ट’, मौलिक लोकदोहोरी गीत प्रस्तुत गरिने जानकारी दिनुुभयो ।

त्यस्तै महोत्सवमा फेवातालमा डुुङ्गा दौड, वेटर दौड, टग अफ वारका साथै पर्यटक लक्षित विभिन्न गतिविधि गर्ने गरिएको छ । पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग टक सो, पोखराको सौन्दर्य झल्कने वृत्तचित्र प्रदर्शनसँगै फोटो प्रदर्शनीसमेत गरिने उहाँले जानकारी दिनुुभयो ।

Previous Post

विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

Next Post

जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In