• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

metakhabar by metakhabar
१९ मंसिर २०८२,
0
कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, १९ मङ्सिर : बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन । हाल उहाँले पक्की घरमात्र ठड्याएउनुभएका छैन, मासिक रु एक लाखसम्म कमाउने हैसियत बनाउनुभएको छ ।

सामान्य सङ्घर्ष मात्रले त्यो हैसियत बनेको होइन । बाल्यकालदेखि नै गरिबी, कमैया प्रथा र श्रमको बेडामा बाँधिनुभएका डगौराको सङ्घर्षमय यात्रा अहिले गाउँकै लागि प्रेरणादायी बनेको छ । उहाँ भन्नुहुन्छ, “दुःख त धेरै भोगियो, तर मिहिनेत गरेको मान्छेलाई ईश्वरले हात समाइदिँदोरहेछ ।”

डगौराका बुबा वर्षौँसम्म जमिन्दारको घरमा कमैया थिए । आमाको मृत्यु हुँदा उहाँ छ महिनाका मात्र हुनुहुन्थ्यो । बाल्यकालदेखि नै जमिन्दारको घरमै हुर्कनुपरेको उहाँले १० वर्षको उमेरमा गोरु चराउने जिम्मेवारी पाउनुभयो । पन्ध्र वर्ष पुग्दा बुबासँगै हलो जोत्ने काममा संलग्न हुनुभयो । त्यसको केही समयमै ‘सौंकी हालेर’ कमैया बस्न बाध्य भए । घरजग्गा केही थिएन, आश्रय पनि जमिन्दारकै ठाउँ थियो । “कमैया बस्नुबाहेक कुनै विकल्प थिएन”, डगौराले सम्झनुभयो ।

कमैयाको दिनचर्या अत्यन्त कठोर थियो । बिहान सबेरै हलो जोत्ने, गोरुका लागि घाँस काट्ने र फुर्सदमा जमिन्दारका भैँसी चराउने उहाँको दैनिकी थियो । चाडपर्वका दिन पनि गोरु स्याहारिसकेपछि मात्र बिदा मिल्थ्यो । “दसैँ, तिहार, माघी सबै दिन काम गर्नुपर्ने, कमैया जीवन भनेको कामकै बन्धन थियो”, उहाँले विगत सम्झँदै भन्नुभयो ।

सौंकी लिएको रकमको ब्याज तिर्नुपर्ने बाध्यताले वर्षौँ उहाँ त्यही गाह्रो चक्रमा बिताउनुभयो । चार भाइमध्ये कान्छा डगौराले भन्नुभयो, “हामी चारै भाइ ठूलो भएपछि बुबालाई कमैया बस्न दिएनौँ, तर आफैँ कमैयाबाट मुक्त भने हुनसकेनौँ, ती दिन सम्झँदा आज पनि मुटु काम्छ ।”

सरकारले कमैया मुक्तिको घोषणा गरेपछि डगौराको जीवनमा नयाँ मोड आयो । कमैयाका नाममा लिइएको सौंकी रकम सरकारले मिनाहा गरे पनि ‘अरूको ऋण खान मिल्दैन’ भन्दै उहाँले आफूले लिएको सौंकी रकम जमिन्दारलाई फिर्ता गर्नुभयो । त्यसपछि २०५८ सालमा पुनःस्थापना कार्यक्रमअन्तर्गत झलारी बजार नजिकै चार कट्ठा घरबासको जग्गा पाएँ । त्यहीँ झुपडी बनाएर नयाँ जीवन सुरु भयो ।

त्यही समयमा गरिबी निवारण कोषले मुक्त कमैयाहरूका लागि समूह गठन गर्न थाल्यो । डगौरा पनि सो समूहमा आबद्ध हुनुभयो । समूहको कर्जा र आयमूलक कार्यक्रममार्फत किराना, पशुपालनजस्ता व्यवसाय सञ्चालन गर्ने निर्णय भयो । “मैले बङ्गुर पाल्ने निर्णय गरेँ”, उहाँले भन्नुभयो, “समूहबाट पहिलोपटक रु १० हजार ऋण लिएर चारवटा बङ्गुरका पाठा ल्याएँ तर चुनौतीहरू अझै बाक्लिँदै थिए, खानका लागि अन्न थिएन, बङ्गुरका लागि चारो जुटाउन त परकै कुरा भयो, केही दिन मजदुरी गरेर जीविका चल्यो, त्यसबाटै आएको रकमले बङ्गुरको चारो जुटाउन थालियो ।”

त्यही बेला अधियाका रूपमा दुई बिघा जग्गा खेती गर्न पाइयो । “त्यहाँबाट आएको अन्नले परिवारको पेट पाल्नेमात्र नभई बङ्गुरका लागि पनि चारोको व्यवस्था भयो डगौराले भन्नुभयो, “बचेको अन्न बेचेर समूहको ऋण तिर्न भ्याएँ, बङ्गुर हुर्कँदै गए, बेच्दा केही आम्दानी पनि भयो ।”

उहाँ अगाडि भन्नुहुन्छ, “अर्कोपटक समूहबाट रु ५० हजार ऋण लिने निर्णय गरेँ, सुरुमा सदस्यहरू आशङ्कित भए, तर कुटानी पिसानी मिल राखेर कर्जा तिर्ने अश्वासन दिएँ, त्यसपछि एउटा चक्की र धान कुट्ने हलर मेसिन राखेँ ।” त्यतिबेला झलारी क्षेत्रमा विद्युत् थिएन, त्यसैले मिल डिजेल इन्जिनमा चलाइयो । चार वर्षभित्रै मिल चल्यो र ग्राहक बढ्दै गए ।

“मिल चलेपछि नाफा पनि मनग्य भयो”, डगौराले भन्नुभयो, “ग्राहक बढेपछि सानो मेसिनले नधानेपछि ठूला मेसिन राख्ने योजना बनाएँ, यसका लागि समूहबाट लिएको कर्जा तिरेर फेरि रु एक लाख ५० हजार कर्जा लिएर आधुनिक मेसिन जडान गरेँ ।” यसबीच झलारीमा विद्युत् सुविधा पनि आइपुग्यो । रु २० हजार तिरेर डगौराले विद्युत् मिटर जडान गर्दा मिल डिजेलबाट विद्युत्मा चल्न थाल्यो ।

हालसम्म डगौराले मिलमा झण्डै रु सात लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । अहिले दुईवटा सेलर, दुईवटा स्पेलर, दुई चक्की र आवश्यक विद्युतीय मोटरसहित मिल ठूलो परिमाणमा सेवा दिन सक्षम छ । मासिक कमाइबारे उहाँ भन्नुहुन्छ, “खर्च कटाएर महिनामा रु ५० हजार जति बचत हुन्छ, सिजनमा त रु एक लाखभन्दा बढी कमाइ हुन्छ ।” मिलबाट निस्कने खलि, ब्रानजस्ता वाइ–प्रोडक्ट बेचेर पनि थप आम्दानी भइरहेको छ ।

मिलबाटै आएको आयले डगौरा परिवारको हाल जीवनस्तर नै बदलिएको छ । पहिले झुपडीमा बस्ने उहाँ अहिले छकोठे पक्की घर बनाएर त्यसमै बस्दै आउनुभएको छ । मिल पनि पक्की पिलरसहित स्थायी संरचनामा विस्तार हुँदैछ । उहाँका पाँच छोरी र दुई छोरा सबै निजी विद्यालयमा पढ्दै आएका छन् । मिलका सबै काम मेसिन मर्मत, इन्जिन सरसफाइ, धान–गहुँ प्रशोधन उहाँ आफैँले सिक्नुभएको छ, जसले मिस्त्री खर्च पनि बचत हुन्छ । श्रीमती भागरथी चौधरी पनि मिलमै काम गर्नुहुन्छ ।

“पहिले के लगाउने, के खाने, कहाँ बस्ने भन्ने ठूलो चिन्ता थियो”, भागरथीले भन्नुभयो, “अब त्यो पीर छैन, कमाइले जीवन सहज भएको छ, छोराछोरीलाई राम्रो पढाइदिने मात्र चाहना बाँकी छ, हामीले विद्यालयको मुखसम्म देख्न पाएनौँ, छोराछोरी पढेर ठूलो मानिस बनेको हेर्ने इच्छा छ ।”

डगौराले कुखुरा, हाँस र बङ्गुरपालनलाई पनि निरन्तरता दिनुभएको छ । कुनै बेला कमैयाको कठोर जीवनमा बाँधिएका उहाँहरू अहिले मिहिनेत, अनुशासन र सही निर्णयले आर्थिक रूपमा आत्मनिर्भर बन्नुभएको छ ।

यद्यपि, डगौरा दम्पतीको एउटै गुनासो छ, “गरिबका बालबालिकाले उच्च शिक्षा पढ्न सरकारबाट छात्रवृत्ति पाउनुपर्ने व्यवस्था सुनिन्छ, तर व्यवहारमा पाएका छैनौँ, यदि त्यो सुविधा प्राप्त हुन्थ्यो भने हाम्रा छोराछोरी पनि डाक्टर, इन्जिनियर वा पाइलटजस्ता पेसामा पुग्थे ।” डगौराको जीवनले देखाउँछ– सङ्कट र कठिनाइ कहिले पनि अन्त्य हुँदैन, सही समय, मिहिनेत र योजना भए जीवनको दिशा परिवर्तन गर्न सकिन्छ ।

Previous Post

पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

Next Post

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

metakhabar

metakhabar

सम्बन्धित खबर

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त
समाचार

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

२८ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२८ माघ २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
फिचर-ब्यानर

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

२८ माघ २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२८ माघ २०८२,
अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

२८ माघ २०८२,
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
समाचार

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

२८ माघ २०८२,
Load More
Next Post
भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In