• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जैविक तटबन्धले जोगायो विद्यालय

metakhabar by metakhabar
१३ मंसिर २०८२,
0
जैविक तटबन्धले जोगायो विद्यालय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा । चुरे पर्वतको काखबाट बग्ने बेतहा खोलाको त्रासले लहान नगरपालिका–१५ स्थित करिब ८० घरधुरी रहेको बेतहा बस्ती र त्यहाँको आधारभूत विद्यालय बेतहालाई हरेक वर्ष सताउने गर्दथ्यो । लहानको मुख्य बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित यो दुर्गम क्षेत्रमा वर्षायाम सुरु हुनासाथ बेतहा खोलाले रौद्र रूप लिँदा सबैको मनमा सधैँ डर हुन्थ्यो ।

हिउँदमा शान्त देखिने बेतहा खोला वर्षा सुरु हुनासाथ रौद्र रूप लिन्थ्यो र यसको प्रहार सिधै विद्यालयमाथि पर्थ्यो । “खोलाले किनारा कटान गर्दै जाँदा विद्यालय भवन नै जोखिममा परेको थियो । कुन बेला के हुने हो, थाहा नै हुन्न थियो,” विद्यालयका प्रधानाध्यापक सुन्दरलाल चौधरी विगत सम्झँदै भन्छन्, “सारा विद्यार्थीको भविष्य अन्धकारमा धकेलिन लागेको थियो । वर्षा लागेपछि त विद्यालय नै बन्द गर्नुपर्थ्यो ।”

बेस्सरी कटान हुँदै आएको बेतहा खोलाले विद्यालयको चौर डुबाउँथ्यो, कक्षाकोठा चिस्याउँथ्यो र विद्यार्थीको उज्ज्वल भविष्य हरेक वर्षाको बाढीसँगै बग्दै जाने डर पनि उत्तिकै थियो । यस दुर्गम बस्तीको अस्तित्वलाई नै प्रश्नको घेरामा पुर्‍याइरहेको बेतहा खोलाले विद्यालय मात्र होइन, छेउमै रहेको स्थानीय स्वास्थ्य चौकीलाई पनि उत्तिकै जोखिमपूर्ण बनाएको थियो ।

नगरपालिकाले स्थानीयको सहजताका लागि एक स्वास्थ्यकर्मीसहित ढोडना स्वास्थ्य चौकीको एक शाखा यहाँ खोलेको थियो । तर, बाढी आएपछि औषधि, उपकरण र कर्मचारी सबै जोखिममा पर्थे । स्थानीयका लागि बनेको सुविधा बाढीको एक झट्कामै बन्द हुने डरले सधैँ घेरेको हुन्थ्यो ।

बेतहा बस्तीका बासिन्दालाई आफ्नो घर, विद्यालय र स्वास्थ्य सेवा जोगाउन प्रकृतिसँग हरेक वर्ष सङ्घर्ष गर्नुपर्ने बाध्यता थियो । यो वर्षको दृश्य फरक छ । बस्ती जोगाउने अभियान अब प्रकृति र स्थानीयबिचको सफल सहकार्य बनेको छ ।

करिब छ महिनाअघि लहान नगरपालिकाको समन्वयमा सुरु भएको संरक्षण परियोजनाले यहाँ नयाँ आशा जन्मायो, जैविक तटबन्ध । केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र गाउँलेको सामूहिक प्रयास तथा श्रमदानबाट यो तटबन्ध निर्माण गरिएको थियो ।

बर्खा सुरु हुनुअघि नै स्थानीय स्रोत साधनको उपयोग गर्दै बाँस, घाँस, बिरुवा र स्थानीय प्रजातिका बोटबिरुवा लगाएर नदी किनारलाई मजबुत बनाउने काम थालियो । सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) का कार्यक्रम अधिकृत टेकेन्द्र साह भन्छन्, “जैविक तटबन्ध बनाउँदा खर्च कम हुने, दीर्घकालीन रूपमा माटो सम्हाल्ने क्षमता बढ्ने र वातावरण मैत्री हुने भएकाले हामीले यसलाई प्राथमिकता दिएका हौँ ।”

केयर नेपालका कार्यक्रम व्यवस्थापक जगदिश भट्टकाअनुसार, यस परियोजनाअन्तर्गत बेतहा क्षेत्रमा तीनवटा जैविक तटबन्ध निर्माण गरिएको छ । उनी भन्छन्, “संस्थाको तर्फबाट केही न्यूनतम बजेट र स्थानीयको श्रमदानबाट यस्ता जैविक तटबन्ध निर्माण गरिएका हुन्, जसले पहिरो नियन्त्रणमा पनि काम गरिरहेको छ ।” उनका अनुसार अन्य ठाउँमा पनि स्थानीयसँगको सहकार्यमा क्रमशः जैविक तटबन्ध निर्माण गरिनेछ ।

यस प्रकारको तटबन्ध सफल अनि प्रभावकारी देखिएको वडा नं १५ का अध्यक्ष तेजनारायण चौधरीको भनाइ छ । उनी आफ्नो वडा बाढी, पहिरो र नदी कटानको बढी जोखिम क्षेत्र भएकाले अन्यत्र पनि यस्तै विधि अपनाई नियन्त्रण गर्न लागिपर्ने बताउँछन् ।

कटान रोक्न सकिने भएपछि स्थानीयको उत्साह झन् बढेको छ । वर्षौँदेखि खोला कटानको भयले असुरक्षित महसुस गर्दै आएका उनीहरू अहिले भने आत्मविश्वासका साथ भविष्य कल्पना गर्न थालेका छन् । “हामीले आफैँले बनाएको सुरक्षाले अब ढाडस दिएको छ,” स्थानीय विचारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर तामाङ्गले भने, “समुदायको श्रम र एकताको बलले खोलोलाई नियन्त्रण गर्न सकिने रहेछ भन्ने बुझ्यौँ । यसले हामीलाई हाम्रो बस्ती सुरक्षित रहन्छ भन्ने भरोसा दिलाएको छ ।”

जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल सिरहाका सचिव रुद्र नारायण चौधरीका अनुसार, यस्ता जैविक तटबन्धले वर्षेनी दोहोरिने बाढी–पहिरोको जोखिम कम गर्नुका साथै वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारीमा पनि सकारात्मक प्रभाव पार्छ ।

Previous Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Next Post

तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

metakhabar

metakhabar

सम्बन्धित खबर

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी
अन्तर्राष्ट्रिय

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

८ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

८ भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

८ भदौ २०८३,
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण
समाचार

चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

८ भदौ २०८३,
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
फिचर-ब्यानर

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

८ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

८ भदौ २०८३,
Load More
Next Post
तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In