• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘एन्टिबायोटिक’को जथाभावी प्रयोग नगर्न चिकित्सकको सुझाव

metakhabar by metakhabar
१ मंसिर २०८२,
0
‘एन्टिबायोटिक’को जथाभावी प्रयोग नगर्न चिकित्सकको सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचार गर्न आएको जनपथ टोलकी विनिता गौतमले आफ्नो हेलचक्र्याँइको कारण घाँटीको सङ्क्रमणबाट ग्रसित होलिन भन्ने सोचेकै थिइनन् । अस्पतालको नाक कान घाँटीको ओपिडीमा भेटिएकी गौतमले बोल्न अप्ठ्यारो महसुस गर्दै भनिन्,’सुरुमा सामान्य रूपमा घाँटी दुखेकाले औषधि पसलबाट पेनकिलर किनेर खाया, केही समय त ठीक भयो, फेरि समस्या उस्तै, अत्तिनै दुखाइ भएर आएको त घाँटीको सङ्क्रमण भएर पीप जमिसकेको रहेछ ।’

त्यस्तैगरी सोही अस्पतालको ओपिडीमै भेटिएका २१ वर्षीय युमेस गिरी औषधि पसलेले चिसोको कारणले दुखेको भनि दुखाइ कम गर्ने औषधि दिएपछि फेरि समस्या उस्तै भएकाले अस्पताल आएको बताउँछन् ।
उनी भन्छन्,’बिहान उठ्दा धाँटी दुखेको महसुस भएकाले नजिकै मेडिकल पसलेको सल्लाहमा २–३ वटा पेनकिलर खाए पनि ठीक भएन र यहाँ जचाउन आउदा थाहा भयो, इन्फेक्सन भइसकेको पो रहेछ ।’

सामान्यतया घाँटी दुख्ने वित्तिकै औषधि पसलमा गएर पेनकिलर, एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएपछि सङ्क्रमणको अवस्थामा मात्र बिरामी अस्पताल आउने गरेका कोशी अस्पतालको नाक कान घाँटी रोग विशेषज्ञ डा रौनक दाहाल बताउँछन् । उनी भन्छन्, ‘के कारणले घाँटी दुखेको हो, सङ्क्रमण हो या होइन, यदि सङ्क्रमण भएमा कुन अवस्थामा छ ? कुन औषधि कति मात्रामा सेवन गर्नेजस्ता विषयमा ध्यान नदिइ जथाभावी औषधि सेवन गर्नाले बिरामीको स्वास्थ्य निकै बिग्रदै गएको छ ।’

के कारणले हुन्छ घाँटीको सङ्क्रमण

डा दाहाल घाँटीको सङ्क्रमण एउटै कारणले मात्र नहुने बताउँछन् । उनका अनुसार प्रायजसो चिसोको कारणले घाँटीमा सङ्क्रमण हुने गर्दछ । यसबाहेक लामो समयसम्म फ्रिजमा राखिएका खानेकुरा, धूमपान, चिसो मौसम, धुवाँधुलो, प्रदूषित वातावरणजस्ता विभिन्न कारणले घाँटीको सङ्क्रमण गराउने गर्दछ । धुवाँधुलो साथै प्रदूषणयुक्त वातावरणमा रहने मानिसले सास फेर्नेक्रममा हावाको माध्यमबाट भाइरस, ब्याक्टेरिया प्रवेश भई विस्तारै घाँटीमा सङ्क्रमण गराउने गर्दछन् । यसले गर्दा विस्तारै घाँटीमा अप्ठ्यारोपन आउने, दुखाइ अनुभव हुने, निल्न गाह्रो हुनेजस्ता समस्या उत्पन्न हुने गर्दछन् ।

घाँटीमा भाइरल वा ब्याक्टेरियाको प्रवेश भई त्यसले सङ्क्रमण गराउँछ । सामान्यतया भाइरल सङ्क्रमण हुँदा दुखाइसँगै घाँटीमा रातोरातो देखिने गर्दछ,भने ब्याक्टेरियाको कारणले भएको सङ्क्रमणले घाँटीमा सेतो पीप देखिने गर्दछ । घाँटीको सङ्क्रमणमा केही खास ब्याक्टेरिया जिम्मेवार रहने गर्दछ ।

‘स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरिया अन्य ब्याक्टेरियाको तुलनामा घाँटीको सङ्क्रमण गराउन सक्रिय रहने गर्दछ । जस्ले गर्दा घाँटीमा अप्ठ्यारो महसुस हुने, यताउती गर्न पनि निकै कठिन हुने, अत्यधिक दुखाइ महसुस हुने, ज्वरो आउने, घाँटीभित्र रातो हुने गर्दछ । त्यसका साथै टन्सिलाइटिस हुने कहिलेकाहीँ घाँटीबाट पीप निस्कने, घाँटीमै पीप जम्ने, निल्न गाह्रो हुने, बोल्न कठिन हुने जस्ता लक्षण देखा पर्दछन् । सामान्य अवस्थामै उपचार गरे तत्काल निको हुने समस्यालाई हेलचेक्र्याइ गरेमा त्यसको नतिजा गम्भीर आउनसक्ने भएकाले यस्ता लक्षण देखापर्नासाथ तुरुन्त उपचार गराइहाल्नुपर्छ ।

एन्टिबायोटिक र पेनकिलरको दुरुपयोग

अधिकांश मानिसहरू सामान्य घाँटी दुखाइ महसुस हुनासाथ चिकित्सकको परामर्शबिना औषधि पसलेबाट किनेर एन्टिबायोटिकसाथै पेनकिलरजस्ता औषधि सेवन गर्ने गर्दछन् । यसरी जथाभावी यस्ता औषधि सेवा गर्नाले हाल एन्टिबायोटिक तथा दुखाइकम गर्नेजस्ता औषधिको अत्यधिक दुरुपयोग भइरहेको डा दाहाल बताउँछन् । उनका अनुसार घाँटी दुख्नासाथ एन्टिबायोटिक तथा पनेकिलरको प्रयोग गर्नु उचित हुँदैन । कहिलेकाही कहिलेकाहीँ हड्डी आएको समस्याले पनि घाँटी दुख्ने गर्दछ । यस्तो अवस्थामा के कारणले घाँटी दुखेको?, घाँटीको सङ्क्रमण भएमा कुन अवस्थामा छ?, कस्तो औषधि सेवन गर्नेजस्ता जानकारीबिना आफूखुसी पेनकिलर, एन्टिबायोटिक औषधिको सेवन गर्नाले मुटु, मिर्गौला, कलेजो लगायतका संवेदनशील अङ्हरूलाई असर पुगी नियमित कार्य गर्न सक्दैनन् । त्यसैले चिकित्सकको परामर्शबिना आपूmखुसी यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुदैन ।

कतिपय बिरामीहरूले चिकित्सकले दिएको एन्टिबायोटिक औषधिसमेत नियमपूर्वक सेवन गरेका हुदैनन् । औषधि सेवन गर्ने क्रममा आराम महसुस हुनासाथ बढी औषधि किन सेवन गर्ने भन्ने ठानी आपूmखुसी औषधि सेवनमा रोक लगाउने गर्दछन् । ब्याक्टेरिया तथा भाइरसलाई पूर्णरूपमा मार्न सेवन गरिने त्यस्ता औषधि मात्रा पूरा नगरी छोड्नाले फेरि सक्रिय भई सङ्ज्ञक्रमण गर्नसक्ने भएकाले एन्टिबायोटिकको पूरा मात्रा सेवन गर्नुपर्दछ ।

घाँटीको सङ्क्रमणले निम्त्याउने खतरा घाँटीको सङ्क्रमण भएको समयमा यसलाई हेलाचेक्र्याइ गरेको खण्डमा यसले निकै खतरा निम्त्याउने भएकाले समयमै उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् ।

घाँटी दुख्ने, निल्न गाह्रो हुने, ज्वरो आउने, घाँटीभित्र रातो देखिने, टन्सिलाइटिस हुनेजस्ता लक्षण घाँटीकाङ्क्रमण हुन् । यस्ता कुनै लक्षण देखापरेमा तुरुन्त सम्बन्धित चिकित्सक तथा स्वास्थ्य संस्थामा गई जचाइहाल्नुपर्छ । समयमै उपचार नभएमा बारम्बार टन्सिलाइटिस भई पीप जम्ने, रगतको माध्यमबाट सङ्क्रमणका जिवाणु मुटुको भल्वमा पुगेर भल्वलाई बन्द गरी भल्व फेर्नुपर्ने अवस्थासमेत आउनसक्छ । घाँटीमा पीप जमेर बसिरहँदा शल्यक्रिया गरेर जम्मा भएको पीपलाई निकाल्नुपर्ने हुन्छ ।

Previous Post

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

Next Post

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ४ गतेका लागि सारियो

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ४ गतेका लागि सारियो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ४ गतेका लागि सारियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In