• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

    वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

    जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

    जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

    पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

    पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

    राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

    बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित

    बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक

metakhabar by metakhabar
२७ कार्तिक २०८२,
0
स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी। पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन । यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो । ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधारसमेत मानिन्छ । प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका रुपमा पनि परिचित छ ।

प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्मका साहसिक खेल गतिविधिले पोखराको पर्यटनमा बेग्लै आकर्षण थपेका छन् । बर्सेनि ठूलो संख्यामा देशीविदेशी पर्यटक साहसिक र रोमाञ्चक खेलको अनुभव बटुल्न पोखरा आउँछन् । एरियल स्पोटर्स विधामा पर्ने स्काइडाइभिङ यतिबेला पोखरामा सञ्चालन भइरहेको छ ।

विसं २०६७ मा पोखरामा पहिलोपटक परीक्षण उडान गरिएको स्काइडाइभिङ त्यसयता वर्षको एक/दुई याममा आयोजना हुँदै आएको छ । विशेष गरी असोज/कात्तिक र चैत/वैशाखको पर्यटकीय याममा स्काइडाइभिङका लागि आउनेको सङ्ख्या बढी हुन्छ । यस याममा यही नोभेम्बर १ देखि सुरु भएको स्काइडाइभिङ शनिबारसम्म सञ्चालन हुनेछ ।

हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयरसँग मिलेर इनस्काइ स्काइडाइभ कम्पनीले पोखरामा स्काइडाइभिङ गराइरहेको हो । पोखरा महानगरपालिका–२३ पामे, लौराकमा रहेको एभिया क्लबको हवाई खेलकुद अभ्यास मैदानमा स्काइडाइभिङ भइरहेको कम्पनीका सञ्चालक निर्मल पाण्डेले जानकारी दिए । पोखराको पुरानो विमास्थलबाट गएको हेलिकप्टर लौराकबाट १३ हजार फिटको उचाइमा पुगेपछि प्रशिक्षकहरुले पर्यटकलाई स्काइडाइभिङ गराउने गरेका छन् ।

उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीलाई एकपटकमा जम्मा १५ दिनका लागि मात्र स्काइडाइभिङको अनुमति दिँदै आएको छ । “यो अवधिमा ५२ विदेशी र नेपालीले स्काइडाइभिङ गर्दै हुनुहुन्छ”, पाण्डेले भने, “स्काइडाइभिङका लागि १२ रसियन स्पोर्टस् जम्पर्स पोखरा आउँदैछन्, यसलाई नियमित रुपमा चलाउन सके धेरै विदेशी पर्यटकलाई पोखरामा ल्याउन सकिन्छ ।”

प्राधिकरणले स्काइडाइभिङका लागि पटके रुपमा नभई नियमित सञ्चालनको अनुमति दिएमा नेपालको पर्यटन क्षेत्रले ठूलो लाभ लिने उनले बताए । स्काइडाइभिङ कम्पनीहरुले मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र ‘आरएओसी’ दिन प्राधिकरणसँग माग गर्दै आएको पाण्डेले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मनोरञ्जनात्मक उड्डयन सेवा सञ्चालनका लागि इजाजतपत्र दिए पनि प्राधिकरणबाट ‘आरएओसी’ नपाएका कारण कम्पनीहरुले आफै स्काइडाइभिङ सञ्चालन गर्न सकेका छैनन् । कम्पनीहरुले हेलिकप्टर कम्पनीसँग छुट्टै सम्झौता गरी स्काइडाइभिङ गराउँदै आएका छन् ।

“एक पटकमा १५ दिनलाई मात्र अनुमति दिँदा स्काइडाइभिङको बजार प्रवद्र्धन र दिगो व्यवस्थापनमा चुनौती छ, अनुमति लिने प्रक्रिया पनि लामो र झञ्झटिलो भएकाले समस्या भइरहेको छ”, सञ्चालक पाण्डेले भने, “प्राधिकरणले ‘आरएओसी’ दिएमा कम्पनीहरु स्काइडाइभिङमा लगानी गर्न तयार छन्, यसबाट राज्यको आम्दानी पनि बढ्छ, रोजगारी पनि सिर्जना हुन्छ ।”

अहिले तालिमप्राप्त र अनुभवी नेपाली प्रशिक्षकबाटै स्काइडाइभिङ गराइएको उनको भनाइ छ । केही वर्ष अघिसम्म पोखरामा विदेशीले मात्र स्काइडाइभिङ गराउँथे । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पोखरा स्काइडाइभिङका लागि उपयुक्त गन्तव्य रहेको बताए ।

“पोखरा र सगरमाथा क्षेत्रको स्याङबोचेलाई स्काइडाइभिङको गन्तव्यस्थल बनाउने गरी तयारी भइरहेको छ”, उनले भने, “पटक–पटक गरिएको स्काइडाइभिङको सफल उडान र अवतरणले पनि यी दुवै ठाउँको सम्भाव्यता उजागर गरेको छ ।”

प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्ने स्काइडाइभिङ कम्पनीलाई मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र ‘आरएओसी’ दिने प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी भुलले बताए । “केही कम्पनीहरु सम्पर्कमा आइरहनुभएको छ, सकेसम्म यही आर्थिक वर्षदेखि नभए अर्को वर्षदेखि ‘आरएओसी’ दिन्छौँ”, उनले भने, “मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र पाउने कम्पनीले जुनसुकै समयमा स्काइडाइभिङ गराउन पाउँछन्, अहिले जस्तो पटके अनुमतिपत्र लिनुपर्ने अवस्था रहँदैन ।”

उक्त सञ्चालन प्रमाणपत्र लिन स्काइडाइभिङ कम्पनीहरुसँग आफ्नै वायुयान (हेलिकप्टर÷जहाज) हुनुहुर्ने नत्र हेलिकप्टर सेवा प्रदायकसँगको पाँच वर्षे सम्झौता चाहिने सूचना अधिकारीले भुलले बताए । स्काइडाइभिङ गराउन चाहने कम्पनीका लागि छुट्टै आधारस्थल र एयर स्पेस पनि निर्धारण हुनुपर्ने उनको भनाइ छ ।

“स्थलगत प्राविधिक अध्ययनपछि मापदण्ड पूरा गर्ने कम्पनीलाई मात्र ‘आरएओसी’ दिन्छौँ”, उनले भने, “कम्पनीहरुसँग स्काइडाइभिङ गराउने आफ्नै प्रशिक्षकसमेत हुनुपर्ने प्रावधान छ ।”

इनस्काइ स्काइडाइभ कम्पनीका सञ्चालक पाण्डेले आफ्नो कम्पनीमार्फत अहिले नेपाली प्रशिक्षकले नै स्काइडाइभिङ गराइरहेको बताए । चीन, थाइल्याण्ड र दुबईमा तालिम लिएका अनुभवी प्रशिक्षक एलिस थापाले पोखरामा अहिले तीन प्याकेजमा स्काइडाइभिङ गराउँदै आएको बताए । नेपालीका लागि डिलक्स प्याकेजको मूल्य ९५ हजार छ । भिआइपी प्योकजको रु एक लाख १५ हजार र डायमण्ड प्याकेजका लागि एक लाख ५० हजार तोकिएको छ ।

विदेशीका लागि क्रमशः ७५०, ९०० र एक हजार २०० डलर कायम गरिएको प्रशिक्षक थापाले बताए । उनीसहित सुवास थापा, मनिष हिराचन र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसी थापाले पोखरामा स्काइडाइभिङ गराउँदै आएका छन् । “तालिमप्राप्त र अनुभवी विदेशी नागरिकहरु एकल (सोलो) स्काइडाइभिङका लागि पोखरा आउन रुचाउँछन्, पछिल्लो समय नेपालीहरुमा पनि स्काइडाइभिङको आकर्षण बढेको छ”, प्रशिक्षक थापाले भने, “अधिकांश पाइलटसहित (टेण्डम) उडान गर्नेहरु हुन्छन् ।”

तेह« हजार फिटमाथि रहेको हेलिकप्टरबाट हाम फालेर प्यारासुटको सहायतामा अवतरण गर्ने गरिएको उनले बताए । हेलिकप्टरबाट हाम फालेको ५० सेकेन्डपछि प्यारासुट खुल्ने र त्यसपछि सातदेखि आठ मिनेटसम्म आकाशमा उडान हुने उनको भनाइ छ । “स्काइडाइभिङ गर्ने साहसिक पर्यटकलाई पोखराका हिमाल र प्राकृतिक सौन्दर्यले लोभ्याउने गर्छ, उडानका बेला उनीहरु धेरै रोमाञ्चक बन्छन्”, प्रशिक्षक थापाले भने, “पोखरामा स्काइडाइभिङ गर्ने जोकोहीलाई जीवनकै अभूतपूर्व क्षणको अनुभव हुन्छ ।”

उनले स्काइडाइभिङलाई नेपालमा व्यावसायिक रुपमा अगाडि बढाउने सोचले आफूले विदेशमा गएर तालिम हासिल गरेको बताए । “पोखरालाई स्काइडाइभिङलगायत साहसिक खेलको केन्द्र बनाउन सकिन्छ, यसले रोजगारी सिर्जनादेखि देशको अर्थतन्त्रमा पनि ठूलो मद्दत पुग्छ”, प्रशिक्षक थापाले भनने, “नागरिक उड्डयन प्राधिकरणले छिट्टै कम्पीहरुलाई ‘आरएओसी’ दिएर स्काइडाइभिङलाई नियमत सञ्चानल गर्ने वातावरण बन्नेमा हामी आशावादी छौँ ।”

Previous Post

कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

Next Post

राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

metakhabar

metakhabar

सम्बन्धित खबर

वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था
फिचर-ब्यानर

वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

१ फाल्गुन २०८२,
जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु
फिचर-ब्यानर

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

१ फाल्गुन २०८२,
पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
फिचर-ब्यानर

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

१ फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१ फाल्गुन २०८२,
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
समाचार

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

१ फाल्गुन २०८२,
बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
समाचार

बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित

१ फाल्गुन २०८२,
Load More
Next Post
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In