• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    रूस–युक्रेन तनाव बढ्दै,ड्रोन आक्रमण र प्रतिकार जारी

    विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

    विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी

    अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

    अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    सैँतिस जिल्लामा आज रास्वपाको अधिवेशन

    तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ

    वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भेडापालनमा भविष्य खोज्दै आस्मन

metakhabar by metakhabar
१८ कार्तिक २०८२,
0
भेडापालनमा भविष्य खोज्दै आस्मन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी (बेनी), १८ कात्तिकः यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिनुहुन्छ । हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उहाँको दैनिकी हो । केही वर्षअघिसम्म रोजगारीको खोजीमा शहरमा भौतारिनुभएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहनुभएको छ ।

बुबा मनलाल र आमा फिस्टीका सात भाइ छोरा र एक छोरीमध्ये कान्छो आस्मनले कक्षा ९ सम्म मात्रै पढ्नुभयो । उहाँले पोखरा, नयाँपुल र बेनीमा रेष्टुरेन्टमा पनि काम गर्नुभयो । ती सबै काम छाडेर उहाँ गाउँमै भेडापालन गर्न फर्कनुभएको हो ।

“आफ्नै माटोमासम्भावना छन् भन्ने लागेर भेडापालन सुरु गरेको हुँ, मेरो स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई आर्थिक लगानीको जरुरी थियो, त्यही बेला कोरियामा रहनुभएका साथी अनिल पाइजाले साथ दिनुभयो र यो सम्भव भएको हो,” पुर्जाले भन्नुभयो । किसानी मावि बिममा पढ्ताका सहपाठी अनिलले भेडापालनका लागि सुरुआती लगानी गरिदिएपछि आफ्नो भेडापालन गर्ने सपना पूरा भएको उहाँले बताउनुभयो ।

भेडापालनमा करिब रु १३ लाख लगानी गर्नुभएका पुर्जालाई साथी अनिलले मात्रै करिब रु ६ लाख सापटी दिनुभएको छभने बाँकी रकम पुर्जा आफैँले जुटाउनुभएको छ । उहाँका गोठमा हाल करिब १०० भेडा छन् । भेडीगोठमा भेडाको सङ्ख्या थपिने क्रम जारी छ । यही याममा मात्र उहाँका करिब २५ भेडा ब्याउने तयारीमा छन् । निकट भविष्यमा भेडाको सङ्ख्या बढाएर भेडीगोठलाई आम्दानीको स्रोत बनाउने पुर्जाको योजना छ ।

जेठदेखि असोजसम्म जिरबाङ पिक, बुकी र मूलखर्कका हरियालीमा राखिने भेडीगोठलाई हिउँद लागेपछि भने सिङकोस गाउँ वरपर झारिन्छ । स्थानीय बासिन्दाले देवीदेवताको भाकल पूरा गर्न साँढले पूजा गर्ने चलन भएकाले भेडीगोठमा उत्पादन भएका साँढका लागि बजारको अभाव छैन । खसी भने मासुका लागि गाउँलेहरुले गोठमै पुगेर खरिद गर्छन् ।

“बुबाले पनि घुम्तीगोठमा भैँसीपालन गर्नुभएको हो, सानोमा पनि म दाइहरुसँग गोठमा बसेको थिए, आफ्नै पुर्खाको माटोमा पसिना बगाउन पाइरहेको छु,” उहाँले भन्नुभयो ।

पुर्जाको भेडापालनले युवाहरुले विदेशमा गएर मात्र सम्भावना खोज्नु पर्दैन, आफ्नै गाउँमा पनि अवसरहरू छन् भन्ने सन्देश दिएको स्थानीयवासी बताउँछन् । पुर्जाको बुबा ७१ वर्षीय मनलालले अझै चोयाको डोको, डालो बुन्नुहुन्छ । उहाँका दुई छोराले बाख्रापालन, एक छोराले गोठमा भैँसीपालन गर्दै आउनुभएको छ । एक छोराले जिप चलाउँछन् । दुई छोराले गाउँमा च्याउ, टुसालगायत बिक्री गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ ।

Previous Post

बाढी पहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

Next Post

सरसफाइमा लापरवाही देखिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
अन्तर्राष्ट्रिय

रूस–युक्रेन तनाव बढ्दै,ड्रोन आक्रमण र प्रतिकार जारी

२३ जेष्ठ २०८३,
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
आर्थिक

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

२३ जेष्ठ २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी

२३ जेष्ठ २०८३,
अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’
फिचर-ब्यानर

अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

२३ जेष्ठ २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

सैँतिस जिल्लामा आज रास्वपाको अधिवेशन

२३ जेष्ठ २०८३,
तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

२३ जेष्ठ २०८३,
Load More
Next Post
सरसफाइमा लापरवाही देखिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द

सरसफाइमा लापरवाही देखिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In