• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास

metakhabar by metakhabar
१६ कार्तिक २०८२,
0
हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनाङ। लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ ।

हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल छ । यात्रा सहज बनाउने उद्देश्यले मनाङ जिल्ला प्रशासन, स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाई (एक्याप) मनाङ, पर्यटन व्यवसायीको संयुक्त सहमतिमा बाटो खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।

उनले भने, “हिमपात भएपछि यात्रा प्रभावित भएको छ, बाटो खुलाउने प्रयास भइरहेको छ ।” अहिले मौसम खुल्दै गएकाले पथपदर्शक भएका पर्यटकलाई तिलिचोको बाटो बनाउँदै जान दिने निर्णय भएको उनले बताए ।

“पथपदर्शकबिना आएका पर्यटकलाई माथिल्लो क्षेत्रतर्फ जान रोक लगाइएको छ”, प्रमुख जिल्ला अधिकारी पौड्यालले भने, “हिमपातपछि माथिल्लो क्षेत्रसँग सञ्चार हुन मुस्किल छ । जोखिमलाई मध्यनजर गरी पथपदर्शकबिना पदयात्रा रोक लगाइएको छ ।” मनाङका साथै मुस्ताङ र गोर्खाको प्रमुख जिल्ला अधिकारीबीच समन्वय गरी पदयात्रालाई निरन्तरता दिन लागिएको उनले जानकारी दिए ।

पर्यटकीय दृष्टिले असोजदेखि मङ्सिर पहिलो सातासम्मलाई अनुकूल मानिन्छ । यतिबेला पदयात्राको मुख्य सिजन चलिरहँदा हिमाली भेगमा परेको भारी हिमपातले रोकिएको पदयात्रालाई निरन्तरता दिन लागिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले भने, “तिलिचो आधार शिविरसम्म बाटो खोलिसकिएको छ । तिलिचो तालसम्म बाटो खुलाउने प्रयास गर्ने तयारी भएको छ । तलबाट पर्यटक माथिल्लो भेगतर्फ लागेका छन् । तर, हिउँ बाक्लो र बाटो पुरिएको छ । खुलाउने प्रयास जारी छ ।”

थोराङ्लातर्फ पर्यटक जानेक्रम पनि सुरु भएको उनले बताए । उनले भने, “इन्टरनेट तथा सञ्चारको पहुँच राम्रो छैन । माथिल्लो क्षेत्रसँग प्रत्यक्ष रुपमा सम्पर्क गर्न सकिएको छैन । माथिबाट फर्किएका पर्यटक तथा पोर्टरसँग जानकारी लिँदा गइरहेका छन् भन्ने पाइएको छ, थोराङ्लातर्फ आज मात्रै करिब २०० विदेशी पर्यटक हिँडेका छन् ।” पथप्रदर्शक नभएका पर्यटकलाई पथप्रदर्शक भएका पर्यटकको समूहमा मिलेर यात्रा गर्न आग्रह गरिएको एक्याप प्रमुख भुजेलले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले विदेशबाट अन्नपूर्ण पदमार्गमा यात्रा गर्नकै लागि पर्यटक आउने भएकाले सहज बनाउने उद्देश्यले बाटो खुलाउन स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, पर्यटन व्यवसायीले संयुक्त रुपमा बाटो खुलाउन लागिपरेको बताए । उनले भने, “साहसिक यात्रामा आउने पर्यटकलाई सुरक्षित यात्राको जानकारी दिएर यात्रालाई निरन्तरता दिनुपर्छ । रोकिएका पर्यटकलाई सहज बाटो बनाउनुपर्छ भनेर तिलिचो तालको बाटो खुलाउन लागिएको हो ।”

जिल्ला प्रशासनले हिमपात रोकिए पनि हिमपहिरो आउनसक्ने जोखिम रहेको भन्दै एक सातासम्म पदयात्रामा नजान रोक लगाइएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन हिउँ पन्छाएर सहज बनेको छ । तर, माथिल्लो क्षेत्रमा हिउँ बाक्लो नै रहेको छ । जोखिमलाई मध्यनजर गर्दै यात्रा गर्न सुझावसहित आजदेखि यात्रा खुला गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चार हजार मिटर उचाइ अवस्थित तिलिचो आधार शिविर (बेसक्याम्प) बाट तिलिचो पुग्न कम्तीमा पाँच घण्टा लाग्छ । विश्वकै अग्लो स्थान चार हजार ९१९ मिटर उचाइमा तिलिचो ताल अवस्थित छ । पर्यटकले मनाङगाउँबाट तीन दिनमा यात्रा पूरा गर्दछन् ।

त्यस्तै मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित पाँच हजार ४१६ मिटर उचाइमा थोराङ्ला भञ्ज्याङ अवस्थित छ । मनाङ र मुस्ताङ सिमाना थोराङ्ला भञ्ज्याङ मनाङगाउँबाट तीन दिनको अवधि पार गर्दछन् । यस पदमार्ग हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर सवारीसाधनका माध्यमबाट पर्यटक पोखरा पुग्ने गर्दछन् ।

Previous Post

निर्वाचन आयोगबाट हर्क साम्पाङको पार्टीले पायो मान्यता

Next Post

धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

metakhabar

metakhabar

सम्बन्धित खबर

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल
आवाज

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

३ चैत्र २०८२,
पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो
आवाज

पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

३ चैत्र २०८२,
शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
आवाज

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
Load More
Next Post
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In