• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ

metakhabar by metakhabar
१६ कार्तिक २०८२,
0
गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तेह्रथुम, १६ कात्तिकः नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खासगरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन् ।

वैदेशिक रोजगारी र बसाइँसराइले गाउँका कैयौँ खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यद्यपि, तेह्रथुमको म्याङलुङ नगरपालिका–६ मेक्चानाका तिलबहादुर श्रेष्ठ र कुष्णकुमार श्रेष्ठको कृषिकर्म भने जिल्लामै उदाहरणीय छ । पछिल्लो समय गाउँमा सम्भावना छैन भन्दै विदेश पलायन हुने र गाउँघर छाडेर सहर बजार क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दा खेतीयोग्य जमिन बाँझिँदै गएका छन् ।

म्याङलुङ नगरपालिका–६ मेक्चानाका ५३ वर्षीय कृष्णकुमार र ५६ वर्षीय तिलबहादुर श्रेष्ठले कृषि पेसा अँगालेर गाउँमै लोभलाग्दो आम्दानी गरिरहनुभएको छ । श्रेष्ठ कृषि फार्म खोलेर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका तिलबहादुर श्रेष्ठले वार्षिक लाखौँ आम्दानी गर्ने बताउनुभयो । लगानी र आफ्नो निमेक काटेर वार्षिक रु ११ लाख बच्ने गरेको उहाँले सुनाउनुुभयो ।

‘गर्नेलाई जहीँतहीँ, नगर्नेलाई कहीँ न कहीँ’ भनेझैँ गाउँकै जमिनमा व्यावसायिक रूपले तरकारीखेती गरेर श्रेष्ठले मनग्य आर्थिक उपार्जन गरिरहनुभएको हो । उहाँले आफ्नै ३० रोपनी र भाडामा लिएको गरी ४२ रोपनीमा तरकारीखेती गर्दैआउनुभएको छ । उहाँले बारीमा मौसम र बेमौसमका सागसब्जी लगाउने गरेको बताउनुभयो । यसमा काक्रा, घिरौला, बैगुन, स्क्वास फर्सी, करेला, सिमी, क्याप्सिकन, आलु, अकबरे खुर्सानीलगायतका तरकारी बाली छन् ।

करिब डेढ दशकअघि तिलबहादुरले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारीखेती गर्दै आउनुभएको हो । उहाँ मौसमी र बेमौसमी दुवै किसिमको तरकारीखेती गर्नुहुन्छ । उहाँको कृषि फार्म विशेषतः अकबरे खुर्सानीका लागि प्रख्यात छ । बट्टामा अकबरे खुर्सानीको अचारसमेत बिक्री गर्ने उहाँले यस वर्ष ११ रोपनीमा अकबरे खुर्सानीमात्र लगाउनुभयो भने आगामी वर्ष त्यसलाई बढाएर ३० रोपनी पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।

“यो वर्ष अकबरे ३० क्विन्टल बेचिसकेँ, अब मङ्सिरको पहिलो सातासम्ममा १० क्विन्टल जति निस्किन्छ”, आलु रोप्न खेतालासँगै बारीमा माटो तयार गरिरहेका तिलबहादुरले भन्नुभयो ।

तिलबहादुरसँगै छिमेकी कृष्णकुमार श्रेष्ठले पनि कृषि कर्मबाट पर्याप्त आम्दानी गर्दै आउनुभएको छ । परम्परागत खाद्यान्न बालीसँगै व्यावसायिक पशुपालन र कृषि पेसामा रमाइरहनुभएका कृष्णकुमारले गत वर्ष रु २५ लाख आम्दानी भएको बताउनुभयो । विसं २०६९ मा रङ्गेली कृषि फार्म दर्ता गरी ३२ रोपनी क्षेत्रफलमा तरकारीखेतीमात्र लगाउनुभएका उहाँले पनि अकबरे खुर्सानीलाई विशेष प्राथमिकता दिनुभएको छ ।

यो याममा हालसम्ममा एक हजार दुई सय किलो अकबरे खुर्सानी बेचिसक्नुभएका उहाँले पछिल्लो याममा रोपेको अकबरेले अहिले फल दिइरहेको बताउनुभयो । वैशाखमा रोपिएका लोकल र इलामे लोकल जातको अकबरे खुर्सानी बेचिसकिएको र साउनमा रोपिएका बिरुवाले अब मङ्सिरसम्म उत्पादन दिने श्रेष्ठले बताउनुभयो ।

नातामा दाजुभाइ पर्ने श्रेष्ठद्वयले उत्पादित कृषि उपज करिब चार किलोमिटरको दूरीमा रहेको तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको शुक्रबारे र मङ्गलबारे हटिया अनि एक किलोमिटरको दूरीमा रहेको जिरी बजारको सोमबारे हटियामा बेच्दै आउनुभएको छ । कतिपय व्यापारी र ग्राहक घरैमा समेत पुग्ने गरेका छन् । अकबरे खुर्सानी धरान, इटहरीलगायत तराईका बजारसम्म पनि खपत हुने गरेको कृष्णकुमारले बताउनुभयो ।

श्रेष्ठद्वयले मल्चिङ प्लाष्टिकको प्रयोग गरेर तरकारीखेती गर्दै आएका छन् । मल्चिङ प्लाष्टिकको प्रयोगले लागत घटाउने उहाँहरूको अनुभव छ । बेमौसमी तरकारीका लागि भने टनेलको प्रयोग गर्नुपर्ने उहाँहरूले बताउनुभयो । पशुपालन तथा तरकारीखेतीलाई एकैसाथ बढाउँदा मलखादको व्यवस्थापन गर्न सहज भएको उहाँहरूले सुनाउनुभयो । यो क्षेत्रकै अगुवा किसानका रूपमा श्रेष्ठद्वयलाई कृषि ज्ञान केन्द्र, नगरपालिका, घरेलु तथा सानो उद्योग कार्यालयले समेत अनुदान, उपकरण र तालिमलगायतका सहयोग प्रदान गर्दैआएको छ ।

तिलबहादुरको श्रेष्ठ कृषि फार्म र कृष्णकुमारको रङ्गेली कृषि फार्मलाई कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा तरकारी बालीमा नमूना फार्म स्थापनाका लागि रु तीन–तीन लाख अनुदान प्रदान गरेको केन्द्रका निमित्त प्रमुख विशाल राईले बताउनुभयो । उहाँका अनुसार कृषि ज्ञान केन्द्रको धनकुटा तेह्रथुम कार्यक्षेत्र रहेका बेलामा समेत धनकुटाबाट पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उहाँहरूको तरकारी बालीको ब्लक विकास सञ्चालन गरिएको थियो । कृष्णकुमार र तिलबहादुरको लामो समयदेखि जिल्लामा ताजा तरकारी उत्पादनमा योगदान रहेकाले उहाँहरुले तत्कालीन कृषि विकास कार्यालयमार्फत पनि विभिन्न अनुदान प्रदान गरिएको देखिएको प्रमुख राईले बताउनुभयो ।

परम्परागत कृषिखेती गरिरहनुभएका श्रेष्ठद्वयले २०५८ सालमा खोलाखेत बाढीले बगाएपछि तत्कालीन गाउँ विकास समितिबाट राहतमा पाएको काक्रो, भिन्डी, लौका, स्क्वास फर्सीको थोरै बीउबिजनबाट तरकारीखेतीमा हात हालेका थिए । एउटा गरा बारीबाट सुरु भएको उहाँहरुको तरकारीखेती थुप्रै रोपनीमा विस्तार भई लाखौँ आम्दानी दिन सफल हुँदा तिलबहादुर र कृष्णकुमार खुसी हुनुहुन्छ । पौरख गर्न सके गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ गर्न सकिने उदाहरण बन्नुभएका उहाँहरू बेरोजगार युवालाई इलम गरेर स्वरोजगार बन्न आग्रह गर्नुहुन्छ ।

Previous Post

आजका लागि विदेशी मुद्राको विनिमयदर

Next Post

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
अख्तियारको अनुसन्धानपछि भिजिट भिसामा विदेशिने नेपालीको संख्या ३१प्रतिशतले घट्यो

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In