• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

metakhabar by metakhabar
१५ कार्तिक २०८२,
0
बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बेमौसमी वर्षापछि हिमाली क्षेत्रमा कात्तिक महिनामै अचानक हिमपात भएपछि सरोकारवालाले यसले हिमालको सौन्दर्य बढाउन सहयोग पुग्ने बताएका छन्।

जलवायु परिवर्तनका कारण सेता हिमाल कालापत्थरमा परिणत हुँदै गर्दा चिन्ता र चासो व्यक्त गर्ने हिमालवासीहरु हिमपातपछि भने यसबाट हिमालमा सकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिए।

मुख्य पर्यटकीय याममा परेको हिउँले तत्कालका लागि पर्यटक व्यवस्थापन तथा उद्धारमा समस्या भए पनि दीर्घकालीन रुपमा भने यो सकारात्मक भएको उनीहरूको भनाइ छ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जेन शेर्पाले हिउँ परेपछि अहिले हिमाल बल्ल हिमाल जस्तो देखिएको भन्दै खुसी व्यक्त गरे। ‘गत वर्ष यो समयमा हिउँ नै परेन, यसपाली अक्टोबरमै हिउँ परेको छ, हिउँ परेपछि हिमाल हेर्न लायक भएका छन्, हिमालमा हिउँ देख्न पाउँदा खुसी लागेको छ‘, उनले भने, ‘जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लनेक्रम बढेको थियो, हिमपातले हिमाललाई राम्रो गरेको छ।‘

उनले आफूहरु सानो छँदा प्रशस्त हिउँ पर्ने गरेको भए पनि विगतका वर्षमा मङ्सिर, पुस र माघसम्म पनि हिउँ पर्न छाडेको उल्लेख गरे। ‘हिमालमा हिउँ पर्न थालेपछि नदीमा पानीको बहाव बढ्छ, यसले जलविद्युत् आयोजनलाई पनि सहज हुन्छ, हिउँ नपर्दा हिमनदीमा पानीको सतह कम थियो‘, उनले भने।

अध्यक्ष शेर्पाले हिमपातले हिमाली क्षेत्रमा रहेका टे«किङ गाइड र आरोही, पदयात्री केही असहज भएको उल्लेख गरे। ‘अहिले हिमाली क्षेत्रमा हवाई उडान ठप्प भएको छ, पर्यटकहरु रोकिएको अवस्था छ, पर्यटनका दृष्टिले तत्कालका लागि असहज भए पनि दीर्घकालका लागि भने यसको सकारात्मक प्रभाव पर्नेछ‘, उनले भने।

उनले यो हिमपातले कृषि क्षेत्र, चाँैरी र भेडापालनमा खासै असर नगर्ने बताए। हिउँ पर्न सुरु भएसँगै चौँरी र भेडालाई सुरक्षित स्थानमा राखिएकाले समस्या नहुने उनको भनाइ छ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित खुम्जुङ खुन्दे खानेपानी उपभोक्ता समितिका अध्यक्ष पेम्बा छिरिङ शेर्पाले अहिले तेङबुचेभन्दा माथि हिउँ परेको बताए।

‘हामी सानो छँदा दसैँपछि पानी पर्दथ्यो, दसैँमा भएको काटमार त्यसपछि परेको पानीले पखाल्छ भन्ने मान्यता थियो, यो समयमा परेको हिउँले गाईबस्तुमा खासै असर गर्दैन, हिमाललाई राम्रो भएको छ‘, उनले भने।

उनका अनुसार यो याम पर्यटक आउने समय हो। अधिकांश पर्यटकहरु पदयात्राका लागि उक्त क्षेत्रमा आउँछन्। ‘यहाँ ९५ प्रतिशत बासिन्दा पर्यटन व्यवसायमा आश्रित छन्, अहिलेको हिमपात यहाँको पर्यटन क्षेत्रको विकासका लागि राम्रो भएको छ‘, उनले भने, ‘नाम्चेमा दैनिक औसतमा ५०० पर्यटक आउने समय हो, तत्काल व्यवसायमा असर परेपनि हिमाल सेताम्मे देख्दा खुसी लागेको छ।‘ उनका अनुसार अहिले सुरु भएको हिमपात नोभेम्बर १५ सम्म चल्छ।

नाम्चे बजारका होटल व्यवसायी पेम्बा ग्याल्जेन शेर्पाले पनि हिमपातपछि हवाई उडान प्रभावित भएको बताए। ‘यहाँ आउने पर्यटक प्रभावित भएका छन्, यद्यपि नाम्चे बजारमा भने समस्या छैन, बेमौसमी हिउँ पर्दा पर्यटनका लागि राम्रो भएका छ‘, उनले भने।

विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असरको विषय उठान भइरहेका बेलामा हिमाल हिउँले ढकमक्क हुँदा सौन्दर्य बढेको उहाँको भनाइ छ। ‘यो हिमपातले कृषि र पशुपालनमा पनि राम्रो गर्छ, पर्यटन क्षेत्रका लागि पनि राम्रो छ, समयमै सतर्कता अपनाइएकाले सबैजना सुरक्षित हुनुहुन्छ, होटल भरिभराउ छन्‘, उनले भने।

Previous Post

केन्यामा खडेरी : गाईको सट्टा उँट पालनतर्फ झुकाव

Next Post

जाडोमा तौल घटाउन पिउनुहोस् यी सुप

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
जाडोमा तौल घटाउन पिउनुहोस् यी सुप

जाडोमा तौल घटाउन पिउनुहोस् यी सुप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In