• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किष्ट अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव, प्रहरीको लाठीचार्ज र अश्रुग्यास

metakhabar by metakhabar
१० कार्तिक २०८२,
0
किष्ट अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव, प्रहरीको लाठीचार्ज र अश्रुग्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पताल सुत्केरीको मृत्युको घटनापछि दुई दिनदेखि तनावग्रस्त बनेको छ। शुक्रबार राति सुत्केरी मिनाश्री राईको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक र अस्पताल प्रशासनमाथि चरम लापरबाहीको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शन उग्र बन्दै गएपछि शनिबार प्रहरीले भीड नियन्त्रणका लागि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। घटनामा केही व्यक्ति घाइते भएका छन्।

परिवारको आरोप : ‘इन्टर्न डाक्टरको लापरबाहीले ज्यान गयो’

मृतककी दाजु देवेन्द्र राईका अनुसार मिनाश्रीले शुक्रबार बिहान ९ बजे अस्पताल पुगेकी थिइन्।
तर राति साढे ९ बजेतिर इन्टर्न चिकित्सकले सीनियर चिकित्सकको सल्लाहबिना नर्मल डेलिभरी गराउँदा अत्यधिक रगत बगेर उनको ज्यान गएको उनले दाबी गरे। देवेन्द्रले भने, “हामीले अपरेसन गर्न अनुमति दिएका थियौं, तर अस्पतालले ढिलाइ गर्‍यो र झुक्याउने नाटक गर्‍यो। यो स्पष्ट लापरबाही हो।”

अस्पतालमा तोडफोड र प्रहरी हस्तक्षेप

मृतकका आफन्त र स्थानीयले “किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्रीलाई न्याय दे” लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। आक्रोशित भीडले अस्पतालको गेट तोडफोड गर्दै ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेर भीड तितरबितर गरेको हो। स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी र सशस्त्र फौज परिचालन गरिएको छ।

स्थानीयको आक्रोश र अस्पतालको प्रतिक्रिया

स्थानीयवासीले अस्पताल परिसरमै अश्रुग्यास हानिएको भन्दै आक्रोश प्रकट गरेका छन्।
परिवारजनले भने अस्पताल प्रशासनले वार्ताको सट्टा प्रहरी परिचालन गरेर पीडितमाथि नै दमन गरेको आरोप लगाएका छन्।

अस्पताल प्रशासनले भने घटनाबारे आफन्तसँग संवाद भइरहेको र सत्यतथ्य पत्ता लगाउन आन्तरिक छानबिन अघि बढाइएको जनाएको छ। यस घटनाले स्वास्थ्य क्षेत्रको उत्तरदायित्व, चिकित्सकीय लापरबाही र पीडित परिवारको न्यायका सवालमा पुनः गम्भीर प्रश्न उठाएको छ।

Previous Post

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री घिसिङ भारत प्रस्थान

Next Post

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

metakhabar

metakhabar

सम्बन्धित खबर

बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
Load More
Next Post
राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In