• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

metakhabar by metakhabar
१० कार्तिक २०८२,
0
यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १० कात्तिक : कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ ।

बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

व्रतविधि

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ ।

षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा स्थापित भएको छ ।

Previous Post

देशमा पश्चिमी वायूको र न्यून चापीय प्रणालीको प्रभाव : मौसम पूर्वानुमान महाशाखा

Next Post

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
फिचर-ब्यानर

कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२१ अशोज २०८३,
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In