• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

metakhabar by metakhabar
८ कार्तिक २०८२,
0
युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा – हमास र इजरायलबीच गाजामा युद्धविराम भएपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको विश्व स्वास्थ्य सङ्गठनले बिहीबार जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयबाट अनलाइन पत्रकार सम्मेलनमा भने, “जे प्रवेश गरिरहेको छ, त्यो पर्याप्त छैन। स्थिति अझै भयावह छ।”“अमेरिकी मध्यस्थतामा इजरायल र हमासबीच अक्टोबर १० देखि युद्धविराम लागू भएपनि गाजामा भोकमरीको अवस्थामा कुनै कमी आएको छैन किनकि त्यहाँ पर्याप्त खाना छैन,” उनले भने ।

इजरायलले युद्धको क्रममा गाजा पट्टीलाई दिने सहायता बारम्बार बन्द गर्दा गम्भीर मानवीय अवस्थालाई अझ खराब बनाएको थियो। संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनको केही भागमा भोकमरीको अवस्था रहेको जनाएको छ ।

सन् २०२५ को सुरुदेखि गाजामा कुपोषणको प्रभावबाट ४११ जनाको मृत्यु भएको र यसमध्ये १०९ बालबालिका रहेका प्यालेस्टाइन क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले पत्रकारहरूसँग भने ।

“यी सबै मृत्युहरू रोक्न सकिने थिए,” डब्ल्यूएचओको मानवीय र विपद् कार्यका लागि एकाइ प्रमुख टेरेसा जकारियाले भने।

“गाजामा छ लाखभन्दा बढी मानिसहरूले हाल ‘खाद्य असुरक्षाको विनाशकारी स्तर’ को सामना गरिरहेका छन्,” उनले भने। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको सम्झौताले प्रति दिन ६०० ट्रकहरू खाद्यान्नलगायत अति आवश्यकीय सामग्री लिएर प्रवेश गर्ने प्रावधान गरेको भएपनि अहिले पनि दैनिक २०० देखि ३०० ट्रकहरू मात्र प्रवेश गरिरहेका छन्।

“व्यावसायिक ट्रकहरूको ठूलो सङ्ख्या गाजामा भित्रिएको छ तर यस क्षेत्रका धेरै मानिसहरूसँग सामान किन्न कुनै स्रोत छैन,” उनले भने ।

पन्ध्र हजार व्यक्ति उपचारको पर्खाइमा

डब्ल्यूएचओ प्रमुखले उल्लङ्घनका बाबजुद युद्धविराम कायम रहेको तथ्यको प्रशंसा गरे । उनले भने, “सङ्कटको निधान धेरै टाढा छ र आवश्यकताहरू अझै धेरै छन्।”

हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै विश्व स्वास्थ्य सङ्गठनका स्वास्थ्य आपतकालीन घटना व्यवस्थापक नबिल तब्बालले युद्धविरामपछि ८९ जनाको मृत्यु भएको र ३१७ जना घाइते भएको जानकारी दिए ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको घातक आक्रमणपछि प्यालेस्टाइन क्षेत्रमा इजरायलको दुई वर्षे युद्धको क्रममा गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको छ। टेड्रोसले गाजाको स्वास्थ्य प्रणालीको पुनर्निर्माणका लागि कम्तीमा सात अर्ब डलर खर्च हुने चेतावनी दिएका छन् ।

टेड्रोसले भने, “गाजामा पूर्ण रूपमा काम गर्ने अस्पतालहरू छैनन् । गाजामा भएका ३६ मध्ये १४ वटा अस्पतालबाट पूर्ण क्षमतामा नभएपनि उपचार कार्य भइरहेको छ। त्यहाँ अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको चरम अभाव छ।”

डक्ल्युएचओका अनुसार गाजामा एक लाख ७० हजारभन्दा बढी मानिसहरू घाइते भएका छन् भने योमध्ये पाँचहजार भन्दा बढी अङ्गभङ्ग भएका र तीन हजार ६०० मानिसहरू गम्भीर रूपमा जलेको अवस्थामा छन्।

उनले भने, “युद्धविराम लागू भएदेखि नै डब्लुएचओले थप स्वास्थ्य सामग्री अस्पतालहरूमा पठाउँदै आएको छ, थप आपतकालीन मेडिकल टोली तैनाथ गरिरहेको छ र स्वास्थ्य उद्धार बढाउन प्रयास गरिरहेको छ।”

विश्व स्वास्थ्य सङ्गठनले बुधबार ४१ बिरामी र १४५ साथीलाई उद्धार गर्न सहजीकरण गरेको थियो । उनले भने , “गाजा बाहिर लगेर उपचारको आवश्यकता भएका अझै पनि १५ हजार बिरामीहरू छन् र तीमध्ये चार हजार विरामी बालबालिका रहेका छन् ।”

टेड्रोसले गाजाबाट विशेष हेरचाहका लागि बिरामीहरू लैजान थप देशहरूलाई आग्रह गर्नुभयो । उहाँले इजरायललाई ‘इजिप्टमा थप बिरामीहरूको उपचार गर्न अनुमति दिन र सहायताको मात्रा बढाउन सक्षम बनाउन सबै सीमा नाकाहरू खोल्न अनुमति दिन आग्रह गरे ।

“विशेष गरी केही बिरामीहरूको लागि चिकित्सा सामग्रीको निकासीमा ढिलाइ हुनुले उनीहरूले उपचारको प्रतीक्षा गर्दा गर्दै मृत्यु हुन सक्ने अवस्था आउन सक्छ,” उनले चेतावनी दिए ।

Previous Post

रुकुम पश्चिममा जिप दुर्घटना : ७ जनाको मृत्यु १० घाइते (नामावली)

Next Post

जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द

जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In