• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अधिवक्ता स्वागत नेपालको आक्रोस् : वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि रोक किन लगाउन खोजेको ?

metakhabar by metakhabar
४ कार्तिक २०८२,
0
अधिवक्ता स्वागत नेपालको आक्रोस् : वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि रोक किन लगाउन खोजेको ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेपछि उठेका संवैधानिक र नैतिक बहसलाई लिएर अब कानुनी जगतमा नै तनाव देखिएको छ। अधिवक्ता स्वागत नेपालले सार्वजनिक रूपमा कार्कीको प्रधानमन्त्री पदमा नियुक्ति संविधानविपरीत भएको टिप्पणी गरेपछि प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गर्न खोजेको खबरले अभिव्यक्ति स्वतन्त्रताको सीमाबारे नयाँ बहस जन्माएको छ।

संविधानविपरीत नियुक्तिको आरोप

अधिवक्ता नेपालले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानन्यायाधीश कार्कीको प्रधानमन्त्री नियुक्तिलाई “संविधानको स्पष्ट उल्लंघन” भनेका छन्। उनका अनुसार, नेपालको संविधानको धारा ७६ ले गैरसांसदलाई प्रधानमन्त्री बन्ने अनुमति दिदैन भने धारा १३२(२०) ले पूर्वप्रधानन्यायाधीशलाई कुनै कार्यकारी सरकारी पदमा नियुक्त गर्न निषेध गरेको छ।नेपाल भन्छन्, “आफ्नै निर्णयविपरीत पूर्वप्रधानन्यायाधीश कार्यकारी प्रमुख बन्नु संसारकै अनैतिकता हो।”

नेपालका अनुसार प्रहरीको साइबर ब्युरोले उनलाई फोन गरी उपस्थित हुन भनेको थियो। उनले तिहारपछि पक्राउ गर्ने तयारी भइरहेको अनुमान गरेका छन्। उनको भनाइमा, “संविधानका कुरा उठाउँदा पक्राउ गर्ने तयारी हुनु अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो।” नेपालले थपे, “मैले सुशीला कार्की मात्रै होइन, अघिल्ला प्रधानमन्त्रीहरूको निर्णयबारे पनि आलोचना गरेको हुँ। तर अहिलेको सरकार आलोचना सहन नसक्ने प्रवृत्तितर्फ गइरहेको छ।”

नेपालले कार्कीको कदमलाई “नैतिकताको संकट र निरङ्कुशताको सुरुवात” को रूपमा व्याख्या गरेका छन्। उनले अघिल्ला वर्षमा कार्कीले नै सार्वजनिक रूपमा १० करोड घुस प्रकरण उठाएको प्रसङ्ग सम्झँदै अहिलेको परिस्थितिलाई विरोधाभासी बताएका छन्। “जो भ्रष्टाचारविरुद्ध आवाज उठाउँथिन्, आज आलोचना सुन्न नसक्ने अवस्थामा पुगेकी छन्,” उनले टिप्पणी गरे।

कानुनी विवादको केन्द्रमा कार्की

कार्की प्रधानमन्त्री बनेको घटनाले केवल राजनीतिक विवाद मात्र होइन, संवैधानिक व्याख्याको गम्भीर प्रश्न पनि उठाएको छ। संविधानले स्पष्ट रूपमा पूर्वप्रधानन्यायाधीशलाई कार्यकारी पदमा रोक लगाएको हुँदा यो नियुक्तिले न्यायपालिका र कार्यपालिकाबीचको सन्तुलनमै प्रश्न उठाएको कानुन व्यवसायीहरू बताउँछन्।

अधिवक्ता स्वागत नेपालमाथिको प्रहरीको कारबाही प्रयासले नेपालमा अभिव्यक्ति स्वतन्त्रता, कानुनी व्याख्या र सत्ता–नैतिकताको सम्बन्ध पुनः बहसको केन्द्रमा ल्याएको छ। यदि संविधानले निर्दिष्ट गरेको सीमा कार्यकारी तहले उल्लंघन गर्छ भने, त्यसको प्रतिवादलाई अपराध ठहरिनु लोकतन्त्रकै आत्माविरुद्धको कदम मान्न सकिन्छ।

सवाल अब एकजनामात्रको होइन—यो राज्यले संविधानको शब्दभन्दा पनि आत्मालाई कति सम्मान गर्छ भन्ने परीक्षणको घडी हो।

Previous Post

सरकारद्धारा ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा

Next Post

विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
Load More
Next Post
कुलमानको दाबी फेल, नेपाल विद्युत प्राधिकरण पाँच अर्ब २६ करोड घाटामा

विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In