• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

metakhabar by metakhabar
१ कार्तिक २०८२,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, १ कात्तिक : सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ ।

मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ समान जोडेर लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ पर्व मनाइने तयारी छ । सामान्यतया पाँच दिनको यो पर्व यसपालि तिथिको भोग घटबढले छ दिनको भएको छ । आज अपराह्न १३ः२३ पछि त्रयोदशी लाग्नेहुँदा यसै तिथिको साँझ आज ‘धनतेरस’ मनाइने भएको हो ।

आज अपराह्न १३ः२३ सम्म द्वादशी तिथिको भोग रहे पनि त्यसपछि त्रयोदशी तिथि सुरु हुने भएको हुँदा आजै धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ । ‘धनतेरस’ लक्ष्मीकै आराधना भएको र यो सन्ध्याकालदेखि गरिने मैथिल चलन छ ।

मिथिलामा चाडपर्व र तिथि प्रयोजनसँग जोडिने कार्यहरू विद्यापति र मिथिला पञ्चाङ्गका आधारमा निर्णय गर्ने चलन छ । अपराह्न नै त्रयोदशी सुरु भएर आजै ‘धनतेरस’ मनाइए पनि यसै तिथिको कागपूजा भने भोलि आइतबार नै हुनेछ । यसैगरी लक्ष्मीपूजा र गाईपूजा पनि एकदिन अघिपछि परेको छ । सामान्यतया दिवालीको पहिलो दिन त्रयोदशी तिथिमा कागपूजा र धनतेरस एबम् औँसीमा गाईपूजा र सन्ध्यापछि लक्ष्मीपूजा गरिने चलन हुन्छ । तर यसपालि रातको औँसी सोमबार नै परेको हुँदा सोही दिन लक्ष्मीपूजा गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित दिनेशकुमार झा बताउनुहुन्छ ।

यसपालि तिथिको भोग घटबढले फरकफरक दिन (एकदिन अघिपछि) यी पर्वविधि गरिन पर्ने भएको हो । धनतेरस आज र भैयादूज (भाइटीका) आउने बिहीबार परेको हुँदा पाँच दिनको भनिने ‘यमपञ्चक’ यसपालि एक दिन बढेर छ दिनको भएको हो ।

कात्तिक कृष्ण त्रयोदशीको रात्रिकाल भोगको (सूर्यास्तपछि) दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका समान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ । आज अपराह्न त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा नक्षत्रादीको भोगले सन्ध्याकालमा धातुका नयाँ सामान किन्न शुभ हुने पं. झाको भनाइ छ । घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिनेछ ।

मिथिलामा धनत्रयोदशी पनि भनिने ‘धनतेरस’ आज मनाइने भए पनि त्रयोदशी तिथिमै मनाइने धन्वन्तरी जयन्ती र काक पूजा भने भोलि आइतबार मनाइने छ । यसैगरी औँसीको रातमा गरिने लक्ष्मी पूजा सोमबार र यसै तिथिमा गरिने गाई पूजा भने मङ्गलबार गरिने छ । ‘धनतेरस’ र लक्ष्मीपूजा सन्ध्याकालसँगै सुरु गरेर रातभरि गरिन्छ । तर गाईपूजा भने दिनको उज्यालोमा गरिने चलनले यो मङ्गलबार बिहान गरिने झाले स्पष्ट पार्नुभयो ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुसी पार्न ‘धनतेरस’ पर्वको परम्परा चलेको पाका मैथिल बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीप प्रज्वलनसँगै ‘धनतेरस’ को पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ ।

पर्व विशेषका कारण तामा, पित्तल र काँस एवं सुनचाँदीका गहना बनाउने पसल एक दिन पहिलेदेखि नै झकीझकाउ बनाइएका छन् । मिथिलामा आज किनिएको समान शुभफल दिने, टिकाउ र नाफामूलक हुने जनविश्वास रहेको छ ।

Previous Post

धेर टुथपेस्टको प्रयोगले बालबालिकाको दाँत बिगार्न सक्छ !

Next Post

मोबाइल पानीमा खस्यो, अब के गर्ने ?

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३० फाल्गुन २०८२,
खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली
समाचार

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

३० फाल्गुन २०८२,
Load More
Next Post

मोबाइल पानीमा खस्यो, अब के गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In