• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा जङ्गल सफारी खुला

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

    निकुञ्जमा जिप सफारी सुरु

    ‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

    हराउन थाले दसैँका परम्परागत पिङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा जङ्गल सफारी खुला

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

    निकुञ्जमा जिप सफारी सुरु

    ‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

    हराउन थाले दसैँका परम्परागत पिङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

खेवाङले दिए गाउँलेलाई ‘भ्यू-टावर’ उपहार

metakhabar by metakhabar
२९ अशोज २०८२,
0
खेवाङले दिए गाउँलेलाई ‘भ्यू-टावर’ उपहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँचथर, २९ असोज: पाँचथरको याङवरक गाउँपालिका-६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू-टावर निर्माण गरी गाउँलाई उपहार दिनुभएको छ ।

बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त हुनुभएका खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आउनुभएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू-भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू-टावर निर्माण गर्नुभएको हो ।

व्यक्तिगत रु १५ लाखको लागतमा निर्माण गरिएको भ्यू-टावरको सोमबार खेवाङ र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले उद्घाटन गर्नुभयो ।

खेवाङको ९७औँ जन्मदिनको अवसर पारेर याङवरक गाउँपालिका-६ को कार्यालय र स्थानीयवासीले भ्यू-टावरको उद्घाटन तथा खेवाङलाई शुभकामना दिने कार्यक्रम आयोजना गरेका थिए ।

खेवाले गाउँमा आइपर्ने सबै समस्यामा आर्थिक र नैतिक सहयोग गरेर ठूलो योगदान दिएका कारण जन्मदिनको अवसरमा सम्मान गरिएको याङवरक-६ का वडाध्यक्ष अमृतबहादुर योङहाङले वताउनुभयो । खेवाङले कमजोर आर्थिक अवस्थाका गाउँलेहरुको स्वास्थ्योपचार, काजकिरिया, सामाजिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आउनुभएको वडाध्यक्ष योङहाङले वताउनुभयो ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले वयोवृद्ध खेवाङले बेलायतमै बस्ने अवसर भए पनि त्यसलाई छोडेर गाउँको सेवामा ५० वर्षदेखि क्रियाशिल हुनु समग्र गाउँपालिकाका लागि भाग्यको कुरा भएको बताउनुभयो । “उहाँले गाउँका हरेक क्षेत्रका योगदान दिनुभएको छ”, उपाध्यक्ष मेन्याङ्बोले भन्नुभयो, “उहाँको आफ्नो जीवनशैली पनि उदाहरण र प्रेरणादायी छ ।”

खेवाङका दुई छोराहरु गणेशबहादुर र दलबहादुर पनि बेलायती सेनामै काम गरी क्रमशः लेफ्टिनेन्ट र गोरखा मेजर पदबाट सेवा निवृत्त हुनुभएको छ । विसं १९८६ असोज २७ गते ताप्लेजुङको थिङलाबूमा जन्मनुभएका खेवाङको परिवार विसं २००५ देखि पाँचथरको चित्तोकमा बस्न थालेको थियो । सोही वर्ष खेवाङ भारतको दार्जिलिङस्थित जलपहाड बेलायती सेनामा भर्ना हुनुभएको थियो । विसं २०३२ मा सेवा निवृत्त भएपछि खेवाङ परेवाडाँडामा आइ बसोबास गर्दै आउनुभएको छ ।

खेवाङको परिवारका कतिपय सदस्य बेलायतमै छन् । आफू पटक–पटक घुम्न बेलायत गए पनि बस्न मन नलागेको उहाँको भनाइ छ । “मलाई यहाँ गाउँमै बस्न, गाउँले जीवनशैलीमा रमाउन मन लाग्छ”, खेवाङले भन्नुभयो, “मलाई मेरा ब्याजीहरुले धरान, काठमाडौँ, दार्जिलिङलगायत ठाउँमा बसौँ भनेका थिए । तर मलाई यहाँ (परेवाडाँडा) मै बस्ने सहज लागेर बसेको हुँ ।”

आफूले गाउँका लागि सक्दो सहयोग गर्ने गरेको र यसमा सबै गाउँलेहरु खुसी भएको उहाँको भनाइ छ । खेवाङले भन्नुभयो, “परेवाडाँडाबाट धेरै ठाउँको दृश्य राम्रो देखिने भएकाले भ्यू–टावर बनाइदिएको हुँ ।” भ्यू-टावरमा विश्रामस्थल, मोबाइल चार्ज गर्ने व्यवस्थासमेत मिलाइएको छ । भ्यू-टावरबाट तेह्रथुमको आठराई, ताप्लेजुङका दर्जनौँ गाउँहरु तथा पाँचथरतर्फ नेपाल-भारत सीमा चिवाभञ्ज्याङसम्मका दृश्य देख्न सकिने स्थानीयको भनाइ छ ।

Previous Post

अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट

Next Post

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

२६ अशोज २०८३,
गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान
अन्तर्राष्ट्रिय

गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

२६ अशोज २०८३,
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
आर्थिक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

२६ अशोज २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

२६ अशोज २०८३,
असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द
आर्थिक

निकुञ्जमा जिप सफारी सुरु

२६ अशोज २०८३,
‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’
जीवन शैली

हराउन थाले दसैँका परम्परागत पिङ

२६ अशोज २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In