• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुख्यमन्त्री कार्यालयको सभाहलबाट प्रदेशसभाको बैठक

metakhabar by metakhabar
२७ अशोज २०८२,
0
मुख्यमन्त्री कार्यालयको सभाहलबाट प्रदेशसभाको बैठक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागमती।  बागमती प्रदेशसभाको बैठक हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको छ ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेश सभाहल र प्रदेशसभा सचिवालय भवन ध्वस्त भएपछि तत्कालका लागि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी थालेको हो । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

“अहिले सो भवनलाई मर्मत सम्भार, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ”, सचिव पौडेलले भन्नुभयो, “सो सभाहलमा रङ्ग लगाउने, फर्निचर व्यवस्थापनसँगै विद्युतीकरणको काम तीव्र रूपमा भइरहेको छ ।” सम्भवत छिट्टै काम सकिने र त्यसपछि बैठकमा बस्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

हाल सो सभाहलको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङ्गरोगन गरिरहेको छ । बैठक सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र अन्य प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको सचिव पौडेलले बताउनुभयो ।

आगजनीबाट जोगिएका केही ल्यापटप, डेक्सटप कम्प्युटरहरूबाट काम सुरु गरिएको उहाँको कथन छ ।

असोजको अन्तिमतिर प्रदेशसभा बस्ने तयारी

लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक यही असोजको अन्तिमतिर बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार दिपावली, तिहारभन्दा अघि नै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको केन्द्रीय तहमा बैठकहरू भइरहेकाले बैठकको मिति तय हुन नसकेको उहाँले बताउनुभयो ।

प्रदेश सरकार र प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले राजनीतिक दलका नेताहरूसँग परामर्श गरिरहनु भएको र उहाँसँगको परामर्शपश्चात प्रदेशसभाको बैठकको मिति तय हुने सचिव पौडेलको भनाइ छ ।

सभामुखमा सत्तारुढ र प्रतिपक्षको दाबी

बागमती प्रदेशसभाको सभामुख पदमा सत्तापक्ष र प्रतिपक्षले दाबी प्रस्तुत गर्ने भएको छ । जेनजी आन्दोलनको क्रममा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नुभएको थियो ।

असोज १ गते उपसभामुख अपसारा चापागाईंलाई राजीनामापत्र बुझाउनुभएको थियो । यद्यपी उहाँको राजीनामा स्वीकृत भइसकेको छैन । अब बस्ने प्रदेशसभाको बैठकले सभामुख पाठकको राजीनामा स्वीकृत गर्दै नयाँ सभामुख चयनको प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताउनुभयो ।

सभामुख चयनको प्रक्रिया सुरु हुने भएपछि सभामुखमा सत्तारुढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा प्रमुख प्रतिपक्ष दल नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दाबी प्रस्तुत गर्ने तयारी गरेको छ ।

केही दिनअघि बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले रिक्त सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो । अर्काे सत्तारुढ दल एमालेले सभामुखमा दाबी गर्ने बताएको छ । कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले सभामुख आफ्नो दलले पाउनुपर्ने तर्क एमालेका नेताहरूको छ ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले रिक्त रहेको बागमती प्रदेशसभाको सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार अहिले रिक्त रहेको सभामुख पदमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सशक्त दाबी प्रस्तुत गर्ने र त्यसका लागि प्रदेशसभाका प्रतिनिधित्व गर्ने सबै दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको छ ।

Previous Post

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

Next Post

संरक्षणका पखाइमा चुदारा पेसा

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
संरक्षणका पखाइमा चुदारा पेसा

संरक्षणका पखाइमा चुदारा पेसा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In