• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मखमली फूलले आत्मनिर्भर बन्दै महिला

metakhabar by metakhabar
२७ अशोज २०८२,
0
मखमली फूलले आत्मनिर्भर बन्दै महिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, २६ असोजः सूर्यविनायक–७ गण्डुका टोलटोल तथा घरघरमा ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँ नै उज्यालो बनेको छ । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर गाउँ ढकमक्क हुँदा गाउँ नै राताम्मे बनेको छ । यसले नजिकिदो तिहारको झल्को दिइरहेको छ ।

व्यवसायीक फूल खेतीमा रमाएका यहाँका महिलालाई आँगनदेखि बारीभरी लहरै झुलेका मखमली फूल टिपेर माला गाँस्न यतिखेर भ्याइनभ्याई भएको छ । बिहान ६ बजे बारी पुगेका महिलालाई फूल टिपेर डोको, डालो र बोरामा फूल लिएर घर आउने बित्तिकै खाना खाएर फेरी दिनभरि माला गाँस्न र गाउँमै आएका व्यापारीलाई माला बिक्री गर्न भ्याइनभ्याई हुन्छ ।

तिहार नजिकिँदै आएपछि व्यवसायीक रूपमा फूल खेती गरेको यहाँका किसानलाई भने यतिखेर मखमली फूल टिपेर माला उन्न र सयपत्री फूल टिपेर मुठा पार्न भ्याइनभ्याई भएको छ । स्थानीय पुष्प व्यवसायी एवं राष्ट्रिय कृषक समूह महासङ्घकी केन्द्रीय उपाध्यक्ष अनिता बस्नेत यतिखेर किसानलाई फूल टिप्न भ्याइनभ्याई भएको बताउनु हुन्छ । गुण्डुमा मात्रै करिब ७०० रोपनी जग्गामा मखमली र ३०० रोपनी जग्गामा सयपत्री लगाएका छन् । पछिल्लो समय मखमली फूलको मालाले उचित मूल्य नपाउँदा किसान मारमा परेको उहाँ बताउनुहुन्छ ।

किसानले भन्दा बिचौलियाले बढी मूल्य लिने गरेको बताउदै बस्नेतले भन्नुभयो, “मखमली फूलको माला किन्न व्यापारी घरघर आउन थालेका छन् । किसानबाट एउटा माला रु २१ देखि रु २३ सम्ममा खरिद गर्छन् तर बजारमा रु ६० भन्दा बढीमा बिक्री गर्छन् । मालाको मूल्य निर्धारण नहुँदा किसान मारमा परेका छन् ।”

राज्यले मखमली फूलको मालामा एकरूपता ल्याउन लम्बाई र गुास्तर हेरेर मूल्य निर्धारण गर्नु पर्ने बताउदै बस्नेतले फूलखेतीबाट यहाँका महिलाले मनग्य आम्दानी गरेको बताउनुभयो । फूलखेतीबाट महिला आफ्नो घरखर्च गर्नदेखि बचत गर्न सक्ने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ ।

गुण्डुकी उर्मिला नगरकोटीले आफ्ना बुबाले ४० वर्षअघिदेखि गर्दै आउनु भएको फूल खेतीलाई निरन्तरता दिँदै आएको बताउनुभयो । बिहान आफ्ना दुई भाई मदनकृष्ण र कविराज नगरकोटीसँगै बारीमा मखमली फूल टिप्दै गर्नुभएकी उर्मिलाले मखमली फूल उत्पादन पनि गाह्रो भएको तर आम्दानी चित्त बुझ्दो रहेको बताउनुभयो ।

मखमली फूलमा व्यापक किरा लाग्ने र फूल टिप्ने बित्तिकै भिटामिन हाल्नु पर्ने गरेको बताउदै उहाँले एक रोपनी जग्गामा केही वर्ष अगाडिसम्म चार हजार माला बुन्ने गरेकामा अहिले उत्पादन घटेर तीन हजार माला मात्र बनाउने फूल उत्पादन हुने गरेको बताउनुभयो ।

एक रोपनी जग्गामा करिब रु ७० हजार आम्दानी हुने गरेको नगरकोटीले बताउनुभयो । उहाँले हरेक वर्ष मालाको मूल्य घट्दै गएको बताउनुभयो । यद्यपी धानभन्दा १०औँ गुण बढी आम्दानी हुने भएपछि यहाँका किसान यसतर्फ आकर्षित भएका छन् ।

नगरकोटीले भन्नुभयोे, “फूलखेतीबाट भएको आम्दानीबाट खर्च टरेको छ, चाडबाड खर्च पनि यहीबाट चलको छ । बचत भएको भएको छ । महिलाले मात्रै होइन घरका पुरुषले पनि फूलखेतीमा सहयोग गर्छन् । आम्दानीको श्रोत बनेको छ ।”

गुण्डुकी ७० वर्षीया सानुमैया नगरकोटीले मखमली फूलको माला उन्दै माला गाँस्न भ्याइनभ्याई भएको बताउनुभयो । घरका सबै परिवार माला गाँस्नमा व्यस्त रहँदै गर्दा उहाँले भन्नुभयो, “माला गाँस्न र थन्क्याउन व्यस्त छौँ, हामी मखमली फूलखेतीबाट खुसी छौँ ।”

परिवारले मात्रै माला गाँस्न नभ्याए पछि एउटा माला गाँसेको चार रुपैयाँ ज्याला तिरेर माला गाँस्न लगाउने गरेको नगरकोटीले बताउनुभयो । व्यापारी माला किन्न घरघरमै आउाने गरेकाले माला बिक्री गर्न बजार जानुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं–७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले गुण्डुका ५५० परिवारलाई ७५ हजार फूलका बिरुवा अनुदानमा दिएको बताउनुभयो । किसानलाई तालिम र प्राविधिक सहयोग नगरपालिकाले उपलब्ध गराउँदै आएको छ । फूलखेतीबाट पर्याप्त आम्दानी हुने गरेको र यहाँ उत्पादन भएको फूल नेपालमा मात्रै नभई विदेशमा समेत बिक्री गर्न निर्यात हुने गरेको उहाँले बताउनुभयो ।

Previous Post

साइकलबाटै वारपार गर्न मिल्ने गरी आकाशेपुल निर्माण सुरु

Next Post

आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In