• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

metakhabar by metakhabar
२६ अशोज २०८२,
0
जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तेल अभिव । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ ।

गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि हुनुहुन्छ । उहाँलाई जीवित रहेको विश्वास गरिएको छ ।

चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुग्नुभएको थियो । उहाँ कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत हुनुहुन्थ्यो ।

कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा पर्नुभएको थियो ।

विपीनका परिवारका अनुसार उहाँ गाजामा जीवित रहनुभएको हुनसक्छ भन्ने विश्वास अझै बलियो छ । उहाँकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहनुभएको छ ।

अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उहाँ पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक हप्ता काठमाडौँ आउन आठ–आठ घण्टाको बस यात्रा गर्नुभयो ।

गत अगस्टमा जोशी परिवारले राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पनि जोशीको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् ।

विपीन जोशी अहिले पनि गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले राखेका छन् । उहाँका साथीहरूले विपीन अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका युवा रहेको बताएका छन् । विपीनले आफ्नो भविष्य कृषि विकासमा योगदान गर्ने सपनासँग इजरायल यात्रा गर्नुभएको थियो ।

इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ ।

विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ । परिवारका अनुसार ‘विपिन फर्किनुभयो भने त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ ।’

इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकहरूको नामावली यस्तो छ :

मातान एङ्ग्रेस्ट (२२), गली बर्मन (२८), जिव बर्मन (२८), एल्काना बोबोट (३६), रोम ब्रास्लावस्की (२१), निम्रोद कोहेन (२१), अरिएल कुनियो (२८), डेविड कुनियो (३५), एव्यातार डेविड (२४), गाइ गिलबोआ–दलाल (२४), मक्सिम हार्किन (३७), इटन होर्न (३८), विपीन जोशी (२४), सेगेव काल्फोन (२७), बार कुपरस्टीन (२३), ओमरी मिरान (४८), एटान मोर (२५), तामिर निमरोदी (२०), योसेफ–चेइम ओहाना (२५), एलोन ओहेल (२४), अविनातन ओर (३२) र मातान जाङ्गाउकर (२५) ।

Previous Post

अफगानिस्तानद्वारा पाकिस्तानी सीमा चौकीमाथि आक्रमण, तनाव चर्कियो

Next Post

बेलायतका पूर्वप्रधानमन्त्री सुनक माइक्रोसफ्टको सल्लाहकार नियुक्त

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
बेलायतका पूर्वप्रधानमन्त्री सुनक माइक्रोसफ्टको सल्लाहकार नियुक्त

बेलायतका पूर्वप्रधानमन्त्री सुनक माइक्रोसफ्टको सल्लाहकार नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In