• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्कियो’

metakhabar by metakhabar
२६ अशोज २०८२,
0
‘बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्कियो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २६ असोज : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्किने बताउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २२औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ र भाषा साहित्य समितिको सहकार्यमा यहाँ आयोजित ‘साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रममा साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले नेपालका सबै भाषाको प्रतिनिधित्वसहित गरिएको सिर्जना वाचनले नेपाली समाजको मौलिक अनुहार प्रतिबिम्बित भएको बताउनुभयो । उहाँले संसारभरि छरिएर रहेका नेपालीले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई विस्तारित गरेको उल्लेख गर्नुभयो ।

“यसबाट बहुभाषिक देश नेपाललाई समान रूपमा समृद्ध बनाउन सकिन्छ”, कुलपति राईले भन्नुभयो । प्रज्ञा–प्रतिष्ठानको संरचना विगतको जस्तो एकल भाषी नभई बहुभाषिक प्राज्ञिक केन्द्रको रूपमा अघि बढेको उहाँको भनाइ थियोे ।

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले नेपाली भाषा र साहित्यको विकासमा गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्दै अघि बढ्न सकिने बताउनुभयोे । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले मुलुक चलाउन नेपालमा बोलिने सबै तहतप्का र समुदायका भाषालाई प्रवद्र्धन गर्दै राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीका सन्तानलाई नेपाली भाषा, साहित्य, संस्कृतिप्रति आकर्षित गर्दै आफ्नो मौलिकताको संरक्षण गर्नुपर्ने बताउनुभयो । भाषा जोगाएनौँ, संस्कृति बचाएनौँ र साहित्य सिर्जना गरेनौँ भने सभ्यता तथा इतिहास नामेट हुने खतरा रहने उहाँको भनाइ थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व महासचिव जानकी गुरुङले आफूहरू जहाँ रहे पनि नेपालप्रतिको अगाध स्नेह, माया र ममतामा कुनै कमी नआउने बताउनुभयोे । नेपाली भाषा प्रवासमा रहेका नेपालीका सन्तानलाई समयमै सिकाएर आफ्नो मातृभाषा जोगाउन सके मात्रै पहिचान बाँच्ने उहाँले बताउनुभयोे ।

कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घकी महिला संयोजक रश्मीकाली थापा, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा भाषा, साहित्य समितिका संयोजक विश्वासदीप तिगेला, एनआरएनए भाषा साहित्य समितिका सदस्य कथा कवि अमित थेबेलगायतले नेपाल बहुभाषिक देश भएकाले सबै भाषाको उत्तिकै समान हैसियत कायम गर्न बहुभाषिक सिर्जना वाचन महत्त्वपूर्ण हुने बताउनुभयोे ।

बहुभाषिक सिर्जना वाचन कार्यक्रममा नेपाली भाषा, विभिन्न मातृभाषा र अङग्रेजी भाषामा गरी ५९ कविले आफ्ना कविता वाचन गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले नेपाली भाषा र अर्का प्राज्ञसभा सदस्य जनक रसिकले डोट्याली भाषामा कविता वाचन गर्नुभएको थियोे । कविगोष्ठीमा प्रा डा गोविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, रमेश पौडेल, विमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, जनार्दन अधिकारी धड्कन, तीर्थराज भट्ट, सङ्गीता काली, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, निरन्ती तुम्बापोलगायतले नेपाली भाषामा आ–आफ्ना कविता वाचन गर्नुभएको थियोे ।

मातृभाषाका कवि अञ्जु राजवंशी, ओमकृष्ण श्रेष्ठ, जगत् वशिष्ठ, गणेश वाम्बुले राई, डम्बर थामी, निशेष आङ्देम्बे, पदम बालाहाङ राई, पेम्बा गेलु शेर्पा, भूमिका थारु, राकेशबहादुर बुढा मगर, आलोक तिवारी, शर्मिला राना थारु, शोभा सुनुवार, रचना मोक्तान तामाङ, स्नेहा झा, मनु ठाडा मगर, रितेश त्रिपाठी, प्रगति राई, विमला गुरुङ, प्रकृति थारू, शिलाखा वाम्बुले राई, निरा श्रेष्ठलगायतले कविता वाचन गर्नुभएको थियोे ।

Previous Post

‘साझा मानवीय मूल्यको माध्यमबाट एसिया क्षेत्रलाई शान्त र एकताबद्ध बनाउन सकिन्छ’

Next Post

अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In