• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

metakhabar by metakhabar
२४ अशोज २०८२,
0
एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन । “विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो”, उनले भने , “मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन् ।”

उनका अनुसार यस वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण १६४ र गत वर्ष ८६ जनामा देखिएको थियो । खोप शाखा प्रमुख डा गौतमले खोप लगाएकामा विस्तारै खोपले काम गर्न छाडेपछि पनि सङ्क्रमणले गर्दा मृत्यु भइरहेको बताए । जापनिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ ।

“विगतको तथ्याङ्क हेर्दा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गइरहेको छ”, उनले भने , “लामखुट्टे सक्रिय भएर हो कि, सुँगुर वा हाँसको पालनले गर्दा हो त्यसको अध्ययन हामीले गरिरहेका छौँ ।” उनका अनुसार यस वर्ष कोशी प्रदेशमा चार, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा पाँच, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई गरी ३१ जनाको मृत्यु भएको छ ।

इन्सेफ्लाइटिसबाट २८ जिल्ला उच्च जोखिमका रहेका छन् । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको छ । नेपालमा सन् १९९८ देखि वर्ष मुनिका बालबालिकालाई नियमित जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइँदै आइएको छ । नेपालमा सन् १९७८ मा पहिलो पटक रुपेन्देहीमा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको हो । जापानमा भने सन् १८६१ मा देखिएको थियो ।

खोपशाखा प्रमुख डा गौतमले जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण सन् १९९० देखि धेरै नै देखिने थालेको बताए । त्यसपछि सरकारले राष्ट्रिय खोपमा इन्सेफ्लाइटिसविरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई प्रत्येक वर्ष नियमित दिँदै आएको हो ।

Previous Post

शवदाह भवनसहितका आयोजना भरतपुर महानगरलाई हस्तान्तरण

Next Post

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

metakhabar

metakhabar

सम्बन्धित खबर

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
आवाज

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

२२ अशोज २०८३,
तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस
समाचार

तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

२२ अशोज २०८३,
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
समाचार

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

२२ अशोज २०८३,
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
समाचार

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

२२ अशोज २०८३,
असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति
समाचार

असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

२२ अशोज २०८३,
Load More
Next Post
यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In