• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसाय

metakhabar by metakhabar
२४ अशोज २०८२,
0
निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन भइरहेको हो ।

कोभिडअघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न भागमा लेयर्स कुखुरा पाल्दै आएका थिए । अहिले यो सङ्ख्या ६०० हाराहारीमा झरेको व्यवसायी बताउँछन् । नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल आठ वर्षअघि आफू केन्द्रीय अध्यक्ष हुँदा तीन हजारभन्दा बढी साना ठूला गरी लेयर्स कुखुरा पालक किसान रहेको बताउँछन्।

पछिल्लो समय नेपाल लेयर्स कुखुरा पालक सङ्घमार्फत् किसानलाई सङ्गठित गर्दै आएको समितिका सल्लाहकार कँडेल ८० प्रतिशत किसान विस्थापित भएको बताउँछन्। उनले भने, ‘साना किसान विस्थापित भए, जोखिम मोलेर आएका ठूला किसानले बजारको मागलाई धानिरहेका छन् ।’

कँडेलको भनाइमा युक्रेन युद्धपछि दानाको कच्चापदार्थको मूल्य झण्डै दोब्बर बढेको, कुखुरालाई खुवाउने औषधिको मूल्य अस्वाभाविक बढेको, बैंकको ब्याजदर उच्च रहेको भए पनि अण्डाको लागत मूल्यसमेत नपाउँदा धेरै किसान पेसा छाडेर बाहिरिएका हुन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेल आफूहरु पेसा छाड्ने वा सङ्घर्ष गर्ने दुई विकल्पमध्ये अन्तिम सङ्घर्षका लागि सङ्घ गठन गरेर देशव्यापी रुपमा बजारीकरणमा जुटेका कारण अण्डाको मूल्य पूर्ववत् अवस्थामा फर्किन थालेको बताउँछन्। व्यवसाय छाडेकालाई भन्दा रहेकालाई थप सङ्घर्ष गर्नुपरेको भन्दै उनी अहिले भइरहेका धेरै किसान बैंकको ठूलो ऋणको भार बोकेर व्यवसाय टिकाएको बताउँछन्। उनले भने, ‘अहिले पेशामा रहेका धेरैको सम्पत्तिले बैंकको ऋण पुग्दैन, तैपनि हामी संघर्ष गरिरहेका छौं ।’

देशलाई यो क्षेत्रमा आत्मनिर्भर बनाउन आफूहरु जुटिरहेको भए पनि राज्यले उचित सहयोग नगरेको उनको गुनासो छ । पछिल्लो समय अण्डाले लागत मूल्य पाए पनि कुखुरा पाल्नसक्ने अवस्थामा धेरै नरहेको उनी बताउँछन्।

पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछाने सरकारले नीतिगत सम्बोधन गर्नसकेमा र खुला सीमाबाट आयात हुने अवैध पोल्ट्रीजन्य पदार्थ नियन्त्रण गरेमा अहिलेसम्म टिकेका व्यवसायी अघि बढ्नसक्ने उनी बताउँछन्।

उनले भने, ‘सरकारले हाम्रा मागलाई सम्बोधन गर्नसक्यो भने आत्मनिर्भर बनाउन सक्छौँ ।’ नेपालमा अण्डा उत्पादन क्षेत्रमा निजी क्षेत्रको रु एक खर्ब बढी लगानी रहेको छ ।

अण्डा दिवसमा दुई लाखभन्दा बढी अण्डा वितरण गरिँदै

विश्व अण्डा दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रमा दुई लाख २५ हजारभन्दा बढी अण्डा वितरण गरेर मनाइँदै छ । दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा निःशुल्क अण्डा वितरण गर्न लागिएको हो ।

सन् २०२५ को विश्व अण्डा दिवस नेपाल लेयर्स कुखुरापालक सङ्घ र नेपाल भेटेरिनरी एशोसिएसनको संयुक्त आयोजना तथा नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशको सहआयोजना एवं युसेकको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसर पारेर बिहीबारदेखि देशका विभिन्न सामुदायिक विद्यालय, अस्पतालमा रहेका बिरामी र बिरामीका कुरुवा, आश्रयस्थलमा आश्रित लगायतलाई निःशुल्क अण्डा वितरण गरिने कार्यक्रम संयोजक त्रिलोचन कँडेलले बताए।

उनका अनुसार विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै अण्डा उत्पादकले सन् १९९६ मा विश्व अण्डा आयोग स्थापना भएको र प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्व अण्डा दिवस मनाउने गरिन्छ । आज चितवनको भरतपुरमा २९औँ विश्व अण्डा दिवसको औपचारिक कार्यक्रम आयोजना गरिने भएको छ । औपचारिक कार्यक्रम समापन भए पनि अण्डा वितरण कार्यक्रम भने एक सातासम्म निरन्तर सञ्चालन हुने कँडेलले जानकारी दिए ।

उनका अनुसार चितवन, नवलपरासी, दाङ, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ, सुनसरी, मकवानपुर, कास्की, पर्सालगायतका जिल्लामा कार्यक्रमको आयोजना गरी अण्डा वितरण गरिँदैछ । उनका अनुसार अहिलेको बजार मूल्यअनुसार रु ५० लाखभन्दा बढीको अण्डा वितरण गर्ने कार्यक्रम छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष पोखरेलका अनुसार दिवसका अवसरमा पोल्ट्री क्षेत्रका नीतिगत समस्याका बारेमा सरकारी र निजी क्षेत्रका व्यवसायीबीच अन्तरक्रिया तथा गोष्ठीको आयोजना गर्ने, पोल्ट्री व्यवसायका चुनौती र अवसरका बारेमा गोष्ठी गर्ने कार्यक्रम रहेको छ ।

उनले भने,’सरकारी निकायका प्रतिनिधिहरुसँग हामी समस्या राख्दैछौँ ।’

पछिल्ला वर्षमा कुखुरा पालन व्यवसाय धरासायी हुँदै गएको जनाउँदै उहाँले यो व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन यस्ता कार्यक्रम उपयोगी हुने बताए।

अहिलेको अवस्थामा अण्डाको महत्व र खपतको अवस्था, अण्डामा पाइने प्रोटिन, मानव स्वास्थमा प्रोटिनको महत्वबारेमा विज्ञ चिकित्सकमार्फत आमनागरिकमा सन्देश पुर्‍याउने उद्देश्य राखिएको छ । पोल्ट्री क्षेत्रले देशको कूल गार्हस्थ उत्पादनमा करिब तीन दशमलव पाँच प्रतिशत योगदान दिनुका साथै पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिँदै आएको उनको भनाइ छ । देशको एक आत्मनिर्भर व्यवसायका रुपमा स्थापित पोल्ट्री व्यवसाय हो । नेपालमा हाल दैनिक ४५ देखि ४६ लाख वटा अण्डा उत्पादन भइरहेको छ ।

नेपाल भेटेरीनरी एशोसिएसन बागमती प्रदेशका अध्यक्ष डा. निमेश खनालले मानव स्वास्थ्यका लागि आवश्यक प्रोटिन पाइने र कुनै पनि प्रकारको मिसावट गर्न नसकिने प्रोटिन तथा खनिज तत्वले भरीपूर्ण सबैभन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा भएको बताए। अण्डाको नियमित उपभोगबाट स्वास्थ्यका लागि अत्यावश्यक, पूर्ण पाचनशील, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो भण्डार भएको अण्डा बालकदेखि वृद्धवृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत भएको उनको भनाइ छ ।

अण्डामा एन्टी अक्सिडेन्ट पाइने जनाउँदै उनले अण्डाले बुढ्यौली र हृदयघातसमेत रोक्न मद्दत गर्ने बताए। उनले भने, ‘नियमित अण्डाको उपभोगले आँखाको शक्ति बढ्ने र मोतियाविन्दुको रोकथाम हुन्छ ।’

अण्डामा प्रशस्तमात्रामा पाइने क्याल्सियम फस्फोरसबाट हड्डी र दाँत मजबुत हुने डा खनाल बताउनुहुन्छ । उनले भने, ‘अण्डाले रक्त अल्पताबाट बचाउँछ, रोग प्रतिरोधी क्षमता बढाउँछ, जवानीपन र स्मरण शक्ति बढाउँछ ।’

तौललाई सन्तुलनमा राख्नसमेत अण्डाले भूमिका खेल्ने उनको भनाइ छ ।

Previous Post

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

Next Post

काठमाडौँमा -याली र प्रदर्शन गर्न कसैलाई पनि स्वीकृति नदिइने

metakhabar

metakhabar

सम्बन्धित खबर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

४ असार २०८३,
संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन
समाचार

संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

४ असार २०८३,
Load More
Next Post
काठमाडौँमा -याली र प्रदर्शन गर्न कसैलाई पनि स्वीकृति नदिइने

काठमाडौँमा -याली र प्रदर्शन गर्न कसैलाई पनि स्वीकृति नदिइने

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In