• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतको मिग–२१ लडाकू विमान छ दशकपछि सेवानिवृत्त

metakhabar by metakhabar
११ अशोज २०८२,
0
भारतको मिग–२१ लडाकू विमान छ दशकपछि सेवानिवृत्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतले शुक्रबार सोभियत युगको मिग–२१ लडाकू जेटलाई आधिकारिक रूपमा अवकाश दिएको छ ।

एक समय वीरता र युद्धकौशलका लागि प्रशंसित यो विमान ६० वर्षभन्दा बढी सेवा पश्चात अन्ततः बिदाइ गरिँदा यसको नामसँग जोडिएको ‘फ्लाइङ कफिन’ को उपनाम पनि इतिहासमा सीमित भएको छ ।

भारतीय वायुसेनाले चीन र पाकिस्तानबाट दुई मोर्चामा सम्भावित सुरक्षा चुनौतीको सामना गर्न आफ्नो फ्लीटलाई विस्तार र आधुनिक बनाउनुपर्ने आवश्यकता औँल्याउँदै मिग–२१ सेवामुक्त भएको घोषणा गरेको हो ।

यो कदमसँगै वायुसेना हाल २९ स्क्वाड्रनमा सीमित भएको छ । यो सरकारद्वारा अनुमोदित ४२ स्क्वाड्रनभन्दा कम हो । हरेक स्क्वाड्रनमा १६ देखि १८ लडाकू जेट हुन्छन् ।

रक्षा विश्लेषक एन.सी. बिपिन्द्राले चेतावनी दिँदै भन्नुभयो, “यदि फ्लीटमा आएको गिरावटलाई तुरुन्तै रोकिएन भने भारतका छिमेकी विरोधीहरूसँग आधुनिक युद्धमा प्रतिस्पर्धा गर्न गाह्रो हुनेछ ।”

भारतले हाल फ्रान्स निर्मित राफेल र मिराज २०००, रूसी सु–३० र मिग–२९ का साथै स्वदेशी तेजस जेटहरू सञ्चालन गरिरहेको छ । तेजस कार्यक्रमलाई छिटो अघि बढाउन भारतले हालै ठूलो सङ्ख्यामा नयाँ अर्डर दिएको छ ।

– ऐतिहासिक पृष्ठभूमि र योगदान –

सन् १९६० को दशकमा वायुसेनामा भित्र्याइएको मिग–२१ ले पाकिस्तान र चीनसँगका युद्धमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । सुई–जस्तो नाक भएको सुपरसोनिक यो विमान एक समय भारतको वायु शक्ति मेरुदण्ड बनेको थियो । तर प्राविधिक कमजोरी र पुरानो प्रविधिका कारण लगातार दुर्घटनामा परेपछि यसलाई ‘फ्लाइङ कफिन’ भनियो ।

आधिकारिक तथ्याङ्कअनुसार भारतले सन् १९६६ देखि सन् १९८० को बीचमा विभिन्न मोडेलका आठ सय ७२ मिग खरिद गरेको थियो । यसले भारतलाई विश्वकै ठूलो अपरेटर बनायो । तर १९७१ देखि सन् २०१२ सम्म चार सय ८२ दुर्घटनामा एक सय ७१ पाइलट, ३९ नागरिक, आठ सेवा सदस्य र एक एयरक्रूको मृत्यु भएको थियो । मानवीय त्रुटि र प्राविधिक समस्या मुख्य कारण ठहरिएका थिए ।

सन् २००६ मा मिग–२१ दुर्घटनामा पाइलटको मृत्युबाट प्रेरित बलिउड फिल्म ‘रङ्ग दे बसन्ती’ ले पनि यस विमानलाई जनचेतनामा गहिरो छाप छाड्यो ।

– अन्तिम सलामी –

शुक्रबार चण्डीगढस्थित उत्तरी एयरबेसमा रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा एयर मार्शल ए.पी. सिंहले नेतृत्व गरेको अन्तिम उडानसँगै मिग–२१ लाई रङ्गीन बिदाइ दिइयो । अवतरणपछि विमानलाई वाटर क्यानन सलामी दिइएको थियो ।

“मिग–२१ ले भारतीय फाइटर पाइलटहरूको पुस्तालाई प्रशिक्षित गर्‍यो । यसले मलाई आजको पाइलट बनायो”, वायु सेनाका ग्रुप क्याप्टेन इन्द्रनील नन्दीले भावुक हुँदै भन्नुभयो ।

– भविष्यतर्फ –

भारतले स्वदेशी क्षमता बढाउन हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) बाट ८७ वटा तेजस खरिद गर्ने सम्झौता गरेको छ । तर अमेरिकी इन्जिन आपूर्तिमा ढिलाइका कारण वितरण प्रभावित भएको छ । यसैबीच, बिहीबार मात्र थप ९७ तेजस खरिद गर्ने नयाँ सम्झौता भएको छ । यिनीहरूको डेलिभरी २०२७ देखि सुरु हुने अपेक्षा छ ।

साथै, वायुसेना फ्रान्सेली कम्पनी डसल्ट एभिएसनसँग साझेदारीमा स्थानीय रूपमा राफेल निर्माण गर्ने प्रस्तावमाथि विचार गरिरहेको छ । अमेरिकाले पनि भारतलाई एफ–३५ स्टेल्थ फाइटर आपूर्ति गर्ने इच्छा देखाएको छ, तर नयाँदिल्लीले अझै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने स्पष्ट सङ्केत दिएको छ ।

आज पनि क्युबा, सिरिया, यमन, उत्तर कोरिया र केही अफ्रिकी राष्ट्रहरूले मिग–२१ का अद्यावधिक संस्करण उडाइरहेका छन् । तर भारतमा यसको लामो यात्राको औपचारिक समापनसँगै यो सुप्रसिद्ध तर विवादास्पद लडाकू अब केवल इतिहासका पानामा बाँकी रहनेछ ।

Previous Post

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान

Next Post

ट्राफिक व्यवस्थापनमा सघाउँदै महानगर

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै

ट्राफिक व्यवस्थापनमा सघाउँदै महानगर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In