• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चाडपर्व आयो, मन खुसी छैन

metakhabar by metakhabar
७ अशोज २०८२,
0
चाडपर्व आयो, मन खुसी छैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ असोज: आज बिहानै गोमा विष्ट शङ्खमूल पार्क छेउमा माटो र बालुवा खोज्दै गरेको भेटिनुभयो । उहाँले सोमबार घटस्थापनाको दिन जमरा राखेर दसँैको प्रारम्भ गर्नुभयो । पुजाको तयारी गर्नुभएका उहाँले भन्नुभयो, “दसैँ त आयो, तर, मन खुसी आएन ।”

गोमाले भन्नुभएझैँ, नजिकिएको दसैँमा विगतको जस्तै उत्साह देखिएको छैन । एक साताअघिको जेनजी प्रदर्शनको गहिरो प्रभाव अझै धेरैको मनबाट हटेको छैन । कतिपय सहिद तथा घाइते परिवार त झन् शोकमै छन् ।

उहाँले जेनजी प्रदर्शनमा ज्यान गुमाएका युवाहरूले न्याय पाउने आशासँगै देशमा शान्ति छाओस् भनी कामना गरेको सुनाउनुभयो ।

दसैँमा प्रायः काठमाडौँ सुनसान हुन्छ । बाहिर बस्नेहरू घर जाने भएपछि काठमाडौँ खाली हुन्छ । त्यो खालिपनमा यहाँका स्थानीयहरू शान्त भएर बस्न पाउने बताउँछन् । तर, पाटनका भक्तमान श्रेष्ठ भने यसपालिको दसैँमा सडक गल्ली शान्त भएपनि मन शान्त नहुने बताउनुहुन्छ ।

जेलबाट भागेका अपराधीहरू टोलभरि छन् । शान्त र सुरक्षित भएर कसरी दसैँ मनाउने ? उहाँको मनमा खड्किएको प्रश्न हो यो । उहाँ भन्नुहुन्छ, “प्रहरी कार्यालय जलेका छन्, अपराधीहरू बाहिरै घुमेका छन् । पर्वमा चोरी डकैती बढ्ने डर छ नि ।” उहाँका अनुसार यस पालिको दसैँमा एकातिर देशका होनहार युवा गुमाउनु परेको पीडा छभने अर्कोतिर राजनीतिक कारण निश्चिन्त भएर मनाउने अवस्था छैन ।

जेनजी प्रदर्शनमा स्वतःस्फूर्त होमिनुभएको थियो, बानेश्वरकी भवानी निरौला । उहाँसँगै आन्दोलनमा थुपै्र साथीहरू घाइते भएका छन् भने केहीले ज्यान गुमाए । “गोली लागेर साथी अस्पतालमा छ, दसैँमा कसरी खुसी हुन सकुँला र ?”, २० वर्षीया निरौला भन्नुहुन्छ ।

बानेश्वरस्थित फुटपाथ सस्तो बजारका व्यापारी विक्रम भट्टराईका अनुसार विगतमा जस्तो दसैँ किनमेलमा उत्साह छैन । एक साताअघि गोलीको बर्सा भएको अझै उहाँको कानमा गुन्जिन्छ ।

कोटेश्वर बस्ने टीका गौतम आज भृकुटीमण्डमा दसैँका लागि किनमेल गर्न पुग्नुभयो । घरमा आवश्यक सामान र बालबालिकालाई लत्ताकपडा किन्नुभयो । दसैँका लागि किनमेल गरिरहनुभएका उहाँले भन्नुभयो, “केटाकेटीलाई खुसी पार्नु पर्यो, आफ्नो मनमा भने दसैँको उत्सव त्यति छैन ।”

मनोविद् गोविन्द ढकालका अनुसार चाडपर्वले आफन्तमाझ खुसियाली आदानप्रदान गर्छ । यसले समाजमा सामाजिक सद्भाव सिर्जना गर्नाका साथै वर्षभरिको तनाव पिरमर्कालाई पखालेर हलुको बनाउन मद्दत गर्छ । तर, यस वर्ष देशको स्थिति अनुकूल नहुँदा उत्सवमय बन्न नसकेको उहाँको भनाइ छ । असुरक्षित समाज, राजनीतिक अस्थिरताका कारण समाजमा चाडपर्वलाई उत्साहजनक बनाउन कठिनाइ भएको उहाँले बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा ७० भन्दा बढी यवा वर्गाको मृत्यु भएको, घाइतेहरू अस्पतालमा छट्पटाइरहेका, क्षतिको आँकलन गर्न सक्ने अवस्था नरहेको, सार्वजनिक संरचना ध्वस्त भएको, सवारी साधन जलेका तथा कैयौँ लेटेराहरू जेलबाट भागेको अवस्थामा यस वर्षको बडादशैँ खुसी र अर्षाेल्लासका साथ मनाउने अवस्थामा नरहेका जेनजी पुस्ताका अगुवाहरू बताउनुहुन्छ । तर पनि आआफ्नो गच्छेअनुसार परापूर्वकालदेखि मानिआएको दसैँ पर्व मनाउँदै हाम्रो मौलिक धर्म, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने दायित्व हामी नेपालीकै भएकाले त्यसतर्फ ख्यान गर्न सम्बद्ध सबैसँग जेनजी पुस्ताका तर्फबाट अनुरोध गरिएको छ ।

Previous Post

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

Next Post

दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

metakhabar

metakhabar

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In