• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्यालय पुग्न दुई घण्टा पैदल

metakhabar by metakhabar
७ अशोज २०८२,
0
विद्यालय पुग्न दुई घण्टा पैदल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर।भीमदत्त नगरपालिका-९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन्। यहाँ माध्यमिक तहको विद्यालय नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर ब्रह्मदेवस्थित सिद्धबैजाथ विद्यालय पुग्ने गरेका छन्।

ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरिता बोहरा वर्षात्को समयमा विद्यालय आवतजावत गर्न निकै सास्ती खेप्नुपरेको बताउँछिन्। ‘गाउँमा कक्षा ८ सम्मको मात्रै विद्याललय छ त्यसपछि हामीले अध्ययनका लागि दुई घण्टा पैदल हिँडेर ब्रह्मदेव पुग्नुपर्छ’, उनले भनिन्, ‘वर्षात्को समयमा विद्यालय जान पाउँदैनौँ, बाढीपहिराले सडक बन्द हुन्छ।’ विद्यालय टाढा भएकै कारण आफ्ना धेरै साथीहरु विद्यालय छाड्न बाध्य भएको बोहराले बताए।

उनले भनिन्, ‘एक्लै आवतजावत गर्न सकिँदैन । धेरैपटक त बाटोमा खोला तर्न नसकेर घर फर्केका छौँ।’ महाकाली नदी किनार जंगलको बाटो हिँड्नुपर्ने भएकाले यहाँका विद्यार्थी समूह बनाएर विद्यालय आउने जाने गर्छन्। उक्त बस्तीदेखि विद्यालयसम्म पुग्न १३ खोला तर्नुपर्छ। हिउँदमा अटोरिक्सा र मोटरसाइकल चले पनि बर्खाको समयमा बाढीपहिराले पूर्ण रूपमा सडक बन्द हुँदा यहाँका विद्यार्थी पढ्नबाट वञ्चित हुने गरेका छन्।

सिद्धनाथ मावि ब्रह्मदेवमा १० कक्षामा अध्ययनरत सपना ठकुल्लाले विद्यालय पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको सुनाइन्। ‘आठ किलोमिटरको जोखिमपूर्ण बाटो भएर विद्यालय आवतजावत गर्नुपर्छ, घरमा पढाइ गर्न बिजुली बत्ती छैन’, उनले भनिन्, ‘मसँगैका तीन साथी पढ्न छाडेर मजदुरी गर्न भारत गइसकेका छन्।’ जंगलको बाटो बर्खाका बेला पहिरो र चट्याङको समेत डर रहन्छ।

भौगोलिक रूपले विकट मानिएको यहाँको बस्ती सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा विद्यार्थी आठ किलोमिरट टाढा पैदल विद्यालय जान बाध्य छन्। ‘चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भए पनि अध्ययनका लागि यहाँका बालबालिका हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि पुग्ने गरेका छन्’, टुँडिखेलका लोकबहादुर थापामगरले भने, ‘बाटोकै समस्याले धेरैले विद्यालय छाडेका छन्।’

मौसमको अवस्था हेरेर विद्यालय जानुपर्ने बाध्यता छ । ‘मेरो नातिनि पनि कक्षा ९ मा पढ्छिन्, यहाँ विद्यालय जान धेरै समस्या भएकाले मैले लम्कीमा बस्ने भाइको घरमा अध्ययनका लागि पठाएको छु’, उनले भने, ‘यहाँबाट ४०-५० विद्यार्थी हिँडेरै ब्रह्मदेव जान्छन, यहाँ कक्षा ८ सम्म मात्र पढाइ हुन्छ।’

टाढाको विद्यालय जान यहाँका विद्यार्थीले दुःख झेल्नुपर्ने भएकाले गाउँमै माध्यमीक तहको पढाइ हुनुपर्ने स्थानीयको माग छ । यहाँ रहेको सरस्वती मावि टुँडिखेलमा कक्षा ४ सम्म पढाइ हुने गरेको छ भने बैजनाथ मावि टुँडिखेलमा ६ कक्षासम्म पढाइ हुन्छ । भीम स्मृति मावि खल्लामा कक्षा ८ सम्म पढाइ हुने गरेको छ।

गाउँमा आर्थिक रूपले विपन्न नागरिकको बसोबास भएकाले पनि थुप्रै विद्यार्थीले पढाइ छाडेर भारत जानुपरेको हो । खल्ला मसेट्टी र टुँडिखेलमा गरी करिब पाँच सय परिवारको बसोबास छ। यहाँका बासिन्दाले महाकाली नदीको बगरमा बालुवा र गिट्टी छानेर आय आर्जन गर्छन् । यहाँका अधिकांश पुरुष भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेका छन्।

Previous Post

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

Next Post

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In