• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिनदिनै नयाँ रेकर्ड राख्दै सुनकाे भाउ, किन बढीरहेको छ ?

metakhabar by metakhabar
६ अशोज २०८२,
0
दिनदिनै नयाँ रेकर्ड राख्दै सुनकाे भाउ, किन बढीरहेको छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ । दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ ।

सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको मूल्यवृद्धिले अर्थतन्त्रका विभिन्न तहमा असर पार्ने गर्दछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आइतबार तोलाको २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख कारणमध्ये एक विश्वबजारमै सुनको मूल्य बढ्नु हो । विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्दा,जस्तै अमेरिका–चीन व्यापार द्वन्द्व, युरोपेली बजारमा महँगी, वा मध्यपूर्वमा युद्धजस्ता घटनाले लगानीकर्तालाई सुरक्षित विकल्पतर्फ आकर्षित गर्छन् । सुनलाई ‘सेफ हेवन’ (सुरक्षित आश्रय) मानिने भएकाले यस्ता घटनामा यसको मूल्य आकस्मिक रूपमा बढ्छ ।

त्यसैगरी, नेपालले सुन आयात गर्ने क्रममा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्छ । डलर बलियो हुँदा रुपैयाँ कमजोर हुन्छ, जसको सीधा असर सुनको मूल्यमा पर्छ । पछिल्ला वर्षहरूमा रुपैयाँ कमजोर बन्दै गएकाले आयातित सुनको मूल्य बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ निर्धारण गरिएको छ । आजभन्दा एक वर्षअघि, यही दिन, अमेरिकी डलर एकको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ थियो ।

अमेरिकी सरकारले विभिन्न देशलाई लगाएको ट्यारिफ वा व्यापार युद्धले गर्दा पनि नेपालमा त्यसको प्रभाव पर्न गई सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसका साथै, विश्वका विकसित मुलुकहरूले नै अहिले अमेरिकी डलरलाई रिजर्भ करेन्सीबाट हटाएर विकल्प खोज्न थालेकाले त्यसको प्रत्यक्ष प्रभाव विश्व अर्थतन्त्रमा पर्न गई सुनको मूल्य निरन्तर उकालो लागेको महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन् ।

उनका अनुसार, नेपालमा शेयर बजार अस्थिर छ भने बैंकमा लगानी गर्दा ब्याजदर अपेक्षाकृत कम छ । यस्तो अवस्थामा सर्वसाधारणदेखि व्यवसायीहरूसम्म सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा रोज्छन् । यसले भित्री बजारमै माग बढाउँछ र मूल्य वृद्धि हुन्छ ।

Previous Post

मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा पूर्णरूपमा बन्द हुने

Next Post

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप

metakhabar

metakhabar

सम्बन्धित खबर

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आवाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

५ चैत्र २०८२,
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
आर्थिक

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

५ चैत्र २०८२,
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
समाचार

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
Load More
Next Post
भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In