• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री ओली राष्ट्रसंघीय महासभामा भाग लिने, मोदी नजाने

metakhabar by metakhabar
२२ भदौ २०८२,
0
सरकारले थाल्यो प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ८०औँ महासभामा सहभागी हुने भएका छन् ।

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ५ गते (सेप्टेम्बर २१) मा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नेछन् । परराष्ट्र मन्त्रालय र न्यूयोर्कस्थित नेपालको स्थायी मिशनले प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणका लागि तयारी थालेका छन् ।

राष्ट्रसंघीय महासभा सेप्टेम्बर ९ मा सुरु हुने छ । तर उच्चस्तरीय साधारणसभा सेप्टेम्बर २३ देखि नै सुरु हुनेछ । सेप्टेम्बर २२ मा राष्ट्रसंघको ८०औँ वार्षिकोत्सव मनाउन उच्चस्तरीय बैठक आयोजना हुनेछ । यो बैठकमा सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरूले विगत आठ दशकका उपलब्धिहरूका विषयमा समीक्षा गर्ने र समावेशी तथा उत्तरदायी बहुपक्षीय प्रणालीको भविष्यबारे छलफल गर्नेछन् । प्रधानमन्त्री ओली उक्त कार्यक्रममा सहभागी हुनेछन् ।

ओलीले सेप्टेम्बर २३ मा हुने ८०औँ साधारण बहसको उद्घाटन सत्रमा पनि उपस्थित रहनेछन् । त्यसपछि सेप्टेम्बर २४ मा तय गरिएको जलवायु शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

त्यसै दिन प्रधानमन्त्री ओलीले दिगो, समावेशी र लचिलो विश्व अर्थतन्त्रका लागि पहिलो द्विवार्षिक शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।

यस्तै सेप्टेम्बर २५ मा आयोजना हुने गैरसंक्रामक रोगहरूको रोकथाम तथा नियन्त्रण र मानसिक स्वास्थ्य प्रवद्र्धनसम्बन्धी उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्रीको सहभागिता रहने छ । सोही दिन हुने विश्व युवा कार्यक्रमको ३०औँ वार्षिकोत्सवमा आयोजित उच्चस्तरीय बैठकमा पनि उनले सहभागी जनाउने छन् ।

प्रधानमन्त्री ओलीले असोज १० गते (सेप्टेम्बर २६) महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा ओलीले केही सरकार या राष्ट्र प्रमुखहरूसँग पनि भेट्ने कार्यक्रम छ । त्यसका लागि परराष्ट्र मन्त्रालयले पहल गरिरहेको छ । तर कुनकुन सरकार या राष्ट्र प्रमुखसँग भेट्ने अहिले तय भइसकेको छैन ।

प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री आरजु राणा जाने सम्भावना नरहेको मन्त्रालय स्रोतले जनाएको छ । यस वर्ष परम्परागत रूपमा हुने सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक महासभाको क्रममा हुने सम्भावना पनि नरहेको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

भारत–पाकिस्तानबीच हालै भएको युद्धले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को भविष्यलाई झन् अनिश्चित बनाएको छ ।

प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणअघि भारत जाने कार्यक्रम छ । भारतबाट निम्तो आएपनि औपचारिक मिति तय भएको छैन । प्रधानमन्त्री ओली भदौ ३१ गते दुई दिने भारत भ्रमणमा जाने अनौपचारिक मिति तय भएको छ । यद्यपी प्रधानमन्त्री भारत भ्रमण जाने समय ९ दिन बाँकी रहँदा औपचारिक रूपमा मिति तय भएको छैन ।

भारतले ओलीलाई यसपटक नयाँदिल्ली नभई बोधगया बोलाउँदै छ । जहाँ असोज १ गते दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ । तर नेपाल–भारतबीचको पछिल्लो सीमा विवादका कारण तोकिएको मितिमा भ्रमण नहुने सम्भावना पनि बढेको छ ।

लिपुलेकको विषयमा उत्पन्न पछिल्लो मतभेदका कारण प्रधानमन्त्रीको भारत भ्रमण पछि धकेलिने सम्भावना छ । तर मन्त्रालयका अधिकारीहरू यस विषय केही बताउन चाहेका छैनन् ।

भारत र चीनले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा हालै गरेको सहमतिप्रति नेपालले आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । चीन भ्रमणको क्रममा पनि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्तामा पनि उक्त सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

ओलीले चीनसँगको भेटमा यस विषयमा आपत्ति जनाएपछि भारत असन्तुष्ट बनेको छ ।

मोदी नजाने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी नहुने भएका छन् । तर प्रधानमन्त्री मोदी सहभागी हुने–नहुने बारे अझै अन्योल छ ।

भारतको परराष्ट्र मन्त्रालयले यसपटक भारतीय प्रतिनिधिमण्डलको नेतृत्व कसले गर्ने भन्ने पुष्टि गरेको छैन । टाइम्स अफ इन्डियाका अनुसार महासभामा सहभागी हुने प्रधानमन्त्री मोदीको सम्भावना कम छ । यदि प्रधानमन्त्री नगए विदेशमन्त्री एस जयशंकरले महासभामा भारतको प्रतिनिधित्व गर्नेछन् ।

अहिलेको प्रधानमन्त्रीको यात्रा तालिकामा न्यूयोर्क समावेश छैन । अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत टयारिफ विवादका कारण अहिले दुई देशबीच असमझदारी बढेको छ । हालै भारतीय प्रधानमन्त्रीको रुस र चीनका राष्ट्रपतिसँग चीनमा भएको भेटबाट अमेरिका झस्किएको छ ।

यदि मोदी न्यूयोर्क गए भने राष्ट्रपति ट्रम्पसँग द्विपक्षीय भेट गर्नुपर्ने या नपर्ने विषयमा पनि भारतको परराष्ट्र मन्त्रालय विभाजित छ ।

Previous Post

सुनको मूल्य इतिहासकै उच्च, चाँदी पनि बढ्यो

Next Post

निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

metakhabar

metakhabar

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In