• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एयर इन्डियाले ग्राउण्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल एयरलाइन्सलाई दिने

metakhabar by metakhabar
२० भदौ २०८२,
0
एयर इन्डियाले ग्राउण्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल एयरलाइन्सलाई दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको एयर इन्डियाले नेपालमा सञ्चालन सुरु गरेदेखि आफैंले गर्दै आएको ग्राउण्ड ह्यान्डलिङ जिम्मेवारी अब राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स कर्पोरेसनलाई दिने भएको छ ।

यस व्यवस्थाअन्तर्गत एयर इन्डियाले ग्राउण्ड ह्यान्डलिङ सेवा सिधै नेपाल एयरलाइन्सलाई हस्तान्तरण तयारी गरेको छ । एयर इन्डियाले ग्राउण्ड ह्यान्डलिङको जिम्मेपारी नेपाल एयरलाइन्सलाई दिएपनि प्राविधिक सहयोग भने जारी राख्नेछ ।

ग्राउण्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सहकार्य र सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता सुबास डंगोलका अनुसार एयर इन्डिया अब नेपाल एयरलाइन्सलाई ग्राउण्ड ह्यान्डलिङ जिम्मेवारी हस्तान्तरण गर्न तयार छ । ‘यसको लागि दुबै एयरलाइन्सबीच औपचारिक सम्झौता छिट्टै हुनेछ’, डंगोलले भने ।

सम्झौता कहिले हुने निश्चित नभएपनि एयर इन्डियाद्वारा प्रदान गरिने सेवाहरू लिन नेपाल एयरलाइन्सले सहमति जनाइ सकेको छ ।

यसअघि थाई एयरवेजले पनि २९ अक्टोबर २०२३ मा सम्झौता गरेर आफ्नो ग्राउण्ड ह्यान्डलिङ सेवा नेपाल एयरलाइन्सलाई हस्तान्तरण गरिसकेको छ ।

नेपाल एयरलाइन्सले ग्राउण्ड ह्यान्डलिङ सेवा सुरु गरेपछि थाई एयरवेजले ८० युनिट ग्राउण्ड सपोर्ट उपकरण नेपाल एयरलाइन्सलाई हस्तान्तरण गरेको छ । थाई एयरवेजको सेवा ह्यान्डल गरेपछि नेपाल एयरलाइन्सको वार्षिक कारोबार ३ अर्ब रुपैयाँले बढेको छ ।

प्रवक्ता डंगोलकाअनुसार नेपाल एयरलाइन्सले एयर इन्डिया र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ सेवा प्रदान गरेसँगै यसको आम्दानी आधार फराकिलो हुनेछ र निगम अझ विश्वसनीय बन्नेछ ।

हाल, नेपाल एयरलाइन्सले वार्षिक करिब ४ अर्ब रुपैयाँ ग्राउण्ड ह्यान्डलिङ सेवाबाट कमाइरहेको छ । थाई एयरवेज पहिले नै समावेश भइसकेको र थप अन्तर्राष्ट्रिय उडानहरू बढ्दै गर्दा यस वर्ष नेपाल एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ आम्दानी ४.५ देखि ५ अर्ब रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारले नेपाल एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ सेवामा रहेको एकाधिकार हटाउने उड्डयन नीति पनि तयार गरिरहेको छ ।

नेपाल एयरलाइन्सले भने प्रतिस्पर्धा केवल सेवाको गुणस्तर सुनिश्चित गर्न मात्र हुनुपर्ने र यसको लामो समयदेखि रहेको जिम्मेवारी लिन नहुने तर्क गर्दै आएको छ ।

पर्यटन मन्त्रालयले तयार गरेको मसौदा उड्डयन नीतिमा नेपाल एयरलाइन्सको एकाधिकारमा रहेको ग्राउण्ड ह्यान्डलिङ सेवा गुणस्तरीय र प्रतिस्पर्धात्मक बनाउने उल्लेख छ ।

स्थापनाकालदेखि नेपाल एयरलाइन्सले ग्राउण्ड ह्यान्डलिङ सेवामा एकाधिकार राखेको छ । जसमा यात्रु र कार्गोको टर्मिनल र विमानबीचको ढुवानी समावेश छ । नयाँ व्यवस्थाअनुसार प्राधिकरणसँग नेपाल एयरलाइन्सबाट यो अधिकार लिन सक्ने छन् ।

यसअघि प्राधिकरणले नेपाल एयरलाइन्सको विरोधका कारण विफल भएका प्रयासहरूलाई पुनः नेपाल एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ सेवा लिन खोजेको हो ।

सुरुमा प्राधिरकणले हिमालय एयरलाइन्सलाई नेपालबाट ३५ साप्ताहिक अन्तर्राष्ट्रिय उडानको लागि ग्राउण्ड ह्यान्डलिङ अनुमति दिन खोजेको थियो तर नेपाल एयरलाइन्सका कर्मचारीहरूको विरोधका कारण योजना असफल भएको थियो ।

मे २०२४ (जेठ २०८१) मा प्राधिकरणले भैरहवा विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङमा प्रतिस्पर्धा अनुमति दिने निर्णय गरेको थियो । जसमा नेपाल एयरलाइन्ससँगै हिमालय एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स र यती एयरलाइन्स समावेश गरिएको छ ।

Previous Post

प्रतिनिधि सभामा अवरोध र बहिष्कारमा रास्वपाको नयाँ रेकर्ड

Next Post

भोजपुरका होम्ताङवासी नाङ्लो बिक्रीबाट आम्दानी

metakhabar

metakhabar

सम्बन्धित खबर

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
आवाज

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
Load More
Next Post
भोजपुरका होम्ताङवासी नाङ्लो बिक्रीबाट आम्दानी

भोजपुरका होम्ताङवासी नाङ्लो बिक्रीबाट आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In