• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

असोज १२ देखि पोखराबाट भुटानको पारोमा सिधा उडान

metakhabar by metakhabar
१९ भदौ २०८२,
0
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब भुटानको लागि सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ।

असोज १२, १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय भइसकेको युटिटीका सञ्चालक परासर प्रसाईंले जानकारी दिए। भुटान एयरलायन्स १२६ सिट क्षमताको हो। ट्राभल्सले चार्टर उडानका सहित ट्राभल्स प्याकेज समेत बनाएको छ। सो प्याकेज चार रात र पाँच दिनको रहेको प्रसाईंको भनाई छ।

‘निरन्तर प्रयास भयो भने पोखराबाट अन्तरराष्ट्रिय उडान सम्भव छ । यसका लागि सरकारले एयरलाइन्सलाई उत्प्रेरित गर्नुपर्छ,’ उनल भने। पोखराबाट पारो अन्तरराष्ट्रिय उडान हुने भएसँगै यसबाट आगामी दिनमा नियमित उडानको ढोका खुल्ने विश्वास लिइएको छ।

पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन्।

‘पोखरालाई अन्तरराष्ट्रिय बजारसम्म जोड्न यसले महत्तवपूर्ण योगदान गर्ने विश्वास लिएका छौँ। यसको निरन्तरताका लागि सबैले आफ्नो ठाउँबाट पहल गरौँ’, उनले भने। प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणपछि नियमित उडानको ढोका खुल्ने विश्वास समेत उनले व्यक्त गरे।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–पारो अन्तरराष्ट्रिय चाटर्ड उडानको घोषणाले आफूहरूलाई उत्साहित बनाएको बताए।

तीनै तहका सरकारले नियमित उडानका लागि निरन्तर पहल गर्न आग्रह गर्दै उनले पोखराबाट पारोसहित अन्य गन्तव्यमा उडान भइरहँदा त्यसले सरकारको घोषित योजनाअनुसार भाडादर पनि सस्तो हुनुका साथै यहाँ आएका पर्यटकले प्राकृतिक सौन्दर्यताको भरपुर अनुभूति गर्न पाउने विश्वास व्यक्त गरे।

पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ। जसअनुसार यहाँबाट हुने अन्तरराष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ। नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नुपर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो।

सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो। यी दुई विमानस्थलको अन्तरराष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ।

यी दुवै विमानस्थलको अन्तरराष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट छ।

‘पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानको निरन्तरता भएसँगै यहाँका व्यवसायी होटेल रेष्टुरेन्टलगायत पर्यटन सम्बद्ध सबै क्षेत्रमा आकर्षक छुटका प्याकेजकोसमेत तयारी गरेका छौँ’, निवर्तमान अध्यक्ष श्रेष्ठले भने, ‘पोखराबाट विश्वका विभिन्न गन्तव्यमा अन्तरराष्ट्रिय उडान हुनुपर्छ भन्ने उद्देश्यका साथ हाम्रो निरन्तर प्रयास जारी छ।’

हाल भुटानबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, काठमाडौँमा भुटान एयरलायन्सले सातामा चार वटा उडान भर्दै आएको छ।

यसअघि गत असार ७ गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो। पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ। पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ। सिचुवानले एयरलाइन्सले छेन्दुहुँदै अस्ट्रेलिया उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ।

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । ६ असार २०८० मा उक्त एयरलाइन्सको एयरबस ‘ए’ ३१९ले पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो।

असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो। हाल हिमालय एयरलायन्सले ल्हासाको नियमित उडान गरिरहेको छ।

हिमालय एयरलाइन्सले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ। काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी हिमालयले उडान गरिरहेको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान थालेको थियो।

हिमालयका साथै सिचुवान र भुटान एयरलाइन्सको उडान भएमा यसबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थल चलायमान बन्ने र विश्वका विभिन्न गन्तव्य जाने यात्रुका लागि सहज हुने विश्वास लिइएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल १७ पुस २०७९ मा उद्घाटन गरिएको थियो।

कूल तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो। वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यस विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ।

Previous Post

सामाजिक सञ्जाल बन्द हुने एमाले महासचिव पोखरेलको संकेत

Next Post

पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा शम्भु ढकाल

metakhabar

metakhabar

सम्बन्धित खबर

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्कियो
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्कियो

७ चैत्र २०८२,
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
आर्थिक

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

७ चैत्र २०८२,
Load More
Next Post
पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा शम्भु ढकाल

पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा शम्भु ढकाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In