• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लोपहुने अवस्थामा भोजपुरका पुस्तकालय

metakhabar by metakhabar
१६ भदौ २०८२,
0
लोपहुने अवस्थामा भोजपुरका पुस्तकालय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टक्सार । पछिल्लो समय आधुनिक प्रविधिको विकाससँगै पुस्तकालय सञ्चालनमा कमी हुँदै आएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बन्नुकासाथै प्रविधिको विकास हुनु, पठन संस्कृति लोप हुनुलगायत कारणले यहाँको श्रीराम अमर पुस्तकालयमा पठन संस्कृतिमा कमी हुँदै गएको हो ।

राणाकालमा स्थानीय नारदमणि थुलुङ, विचारीचन्द्र प्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटालगायत युवाद्वारा पुस्तक सङ्कलन गरी श्रीराम पुस्तकालय सञ्चालन गरिएको थियो । उक्त पुस्तकालयले तत्कालीन शासकबाट विसं २००५ देखि सञ्चालनको अनुमति प्राप्त गरेको स्थानीय नवीन सुवालले बताए।

राणाविरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर सहिदहरूको सम्झनामा विसं २०१० मा सदरमुकाममा अमर सहिद पुस्तकालय स्थापना भएको थियो । तत्कालीन वडा कार्यालयले विसं २०१२ माघ २२ गते धार्मिक तरिकाबाट पुस्तकालय सञ्चालन गर्न अनुमति दिएका पुस्तकालयका ज्ञाता एवं स्थानीय शेरबहादुर मोक्तानले बताए। उनले भवन अभाव, आर्थिक समस्या, प्रविधिको प्रयोग नहुनुलगायत कारणले यहाँका पुस्तकालय लोप हुने अवस्थामा पुगेका उल्लेख गरे ।

पुस्तकको अभाव, आर्थिक समस्या, स्थान अभावलगायत कारणले दुवै पुस्तकालय सञ्चालनमा समस्या भएपछि विसं २०२३ माघ १६ गते श्री राम अमर सहिद नाममा रूपान्तरण गरी दुवै पुस्तकालय संयुक्त रूपमा सञ्चालन गर्न थालिएको पुस्तकालयका संरक्षकसमेत रहनुभएका मोक्तानले जानकारी दिए।

विभिन्न चाडपर्व, देउसी, भैली, लाखे जात्रा प्रदर्शन तथा विभिन्न अवसरमा देखाइने नाटक, एकाङ्की प्रदर्शन तथा मञ्चनमार्फत भएको आम्दानी बचत गर्नुका साथै तत्कालीन जिल्ला पञ्चायतबाट आर्थिक सहयोगबाट आफ्नै भवन निर्माण गरिएको उनले बताए। विसं २०४० भदौमा १ लाख १४ हजार रुपैयाँ लागतमा भवन निर्माण भएको थियो ।

जिल्ला प्रशासन कार्यालय, भोजपुरमा ‘संस्था दर्ता ऐन, २०३४’ अनुसार विसं २०३८ साउन ६ गते २ नं मा दर्ता भएको यो पुस्तकालय समाज कल्याण परिषद्मा ‘समाज कल्याण ऐन, २०४९’ अन्तर्गत दर्ता भएर प्रमाणपत्र प्राप्त गरेको छ ।

विसं २०७२ को भूकम्पले क्षति पुर्याएको पुस्तकालयको भवन पुनःनिर्माण नहुँदा नियमित सञ्चालनमा समस्या भइरहेको सञ्चालक समितिका अध्यक्ष सिरोज श्रेष्ठले बताउनुभयो । जीर्ण बनेको भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा ऐतिहासिक पुस्तकालय लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

पुस्तकालयमा ‘इ–लाइब्रेरी’ सञ्चालनका लागि काठमाडौँस्थित पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिरले दुई थान कम्प्युटर हस्तान्तरण गरे पनि भवन नहुँदा आधुनिक प्रविधिको प्रयोग गर्न नसकिएको अध्यक्ष श्रेष्ठले बताए।

तत्कालीन समयमा पुस्तकालयले विगतमा राजा वीरेन्द्रको शुभजन्मोत्सव विषेशाङ्क, पिखुवाको सुसेलीलगायत केही फुटकर साहित्यिक पुस्तक प्रकाशन गरिसकेको छ । विगतमा भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती, सहिद दिवस, पुस्तकालय वार्षिकोत्सवलगायत अवसरमा साहित्यिक भेला, कविता गोष्ठीलाई पुस्तकालयले सञ्चालन गर्दै आइरहेको स्थानीय प्रविण सुवालले बताए।

पुस्तकालयले सांस्कृतिक पर्वहरूको जगेर्ना गर्न तथा परम्परा कायम राख्न प्रत्येक वर्ष नागपञ्चमीदेखि सुरु हुने लाखेजात्रा पर्वमा लाखे नाच, गाई जात्रा, कृष्णअष्टमी जात्रा, रथ यात्राको प्रदर्शन गर्नुका साथै नेपाल सम्वत्, ल्होसार चण्डीनाचको आयोजना गर्न सहयोग जनाउँदै आएको छ ।

पुस्तकालयलाई व्यवस्थित रूपमा आधुनिक प्रविधिअनुसार सञ्चालनमा ल्याएमा स्थानीयका साथै विद्यालय र क्याम्पसका विद्यार्थी प्रत्यक्ष लाभान्वित बन्ने स्थानीय पुस्तक व्यवसायी जीवन श्रेष्ठले बताए। “विगतमा अन्य ठाउँमा नपाइने पुस्तक यहाँ पढ्न पाइन्थ्यो । यहाँ हरेक किसिमका पुस्तक र पत्रपत्रिकाहरू पाइन्थ्यो ।”

अहिले पुस्तकालयमा साहित्य, व्याकरण, उपन्यास नेपाली हिन्दी, कथा, कविता नाटक, निबन्ध, इतिहाससम्बन्धी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका पुस्तक, हास्यसम्बन्धी, भूगोल, अर्थशास्त्र, अङ्ग्रेजीलगायत विभिन्न विधाका ६ हजार बढी पुस्तक रहेका पुस्तकालयका संरक्षक मोक्तानले जानकारी दिए।

साथै विसं २०१२ मा स्थापना भएको भोजपुर नगरपालिका–४, सिद्धेश्वरस्थित जनहित पुस्तकालय अहिले बन्द भएको छ । आधुनिकतासँगै पुस्तक पढ्न आउने पाठनको कमी हुँदा पुस्तकालय नियमित रूपमा सञ्चालन गर्न नसकिएको शिक्षक गणेश श्रेष्ठले बताए। उनले भने, “पुस्तक र भवन पनि छ, तर पाठकको अभावका कारण नियमित सञ्चालनमा छैन, यसलाई इ–लाइब्रेरीका रूपमा विकास गर्न जरुरी छ ।” यहाँ करिब चार हजार पुस्तक छन् ।

जिल्लाको दक्षिण हतुपागढी गाउँपालिकामा सञ्चालनमा रहेको हतुवागढी सार्वजनिक पुस्तकालय व्यवस्थापनका लागि ‘पठन संस्कृतिमा सरोकारवालाः अवसर र चुनौती’ विषयमा आइतबार छलफल भएको थियो । पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठानको आयोजना र गाउँपालिकाको सहयोगमा उक्त छलफल आयोजना गरिएको हो ।

Previous Post

फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

Next Post

बेपत्ता परिवारका सदस्य भन्छन् : अझै आशा मरेको छैन

metakhabar

metakhabar

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
बेपत्ता परिवारका सदस्य भन्छन् : अझै आशा मरेको छैन

बेपत्ता परिवारका सदस्य भन्छन् : अझै आशा मरेको छैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In