• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज

metakhabar by metakhabar
१५ भदौ २०८२,
0
निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर । गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् ।

दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा पाइने निगुरो ठूला सहरहरुमा पुग्न थालेको छ । टेम्केमैयुङ-५ चोलन्ती, मझौले गाउँका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँलगायत सहरमा जाने गरेको टेम्केमैयुङ-५ का स्थानीय डम्बरबहादुर विष्टले बताए । विगतमा त्यत्तिकै वनपाखा, खोलाखोल्सीमा खेर गइरहेका निगुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उनको भनाइ छ । निगुरो लिनका लागि ठेकेदार गाडी लिएर नै गाउँघरमा पुग्ने गरेका छन् ।

“यहाँका वनपाखामा पाइने निगुरो बिक्री हुन थालेको छ”, उनले भने, “सडक विस्तार भएपछि बेचबिखन गर्न सहज छ । बर्सेनि यो याममा सङ्कलन गरेर बिक्री गर्दै आएका छौँ । निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज छ ।”

सङ्कलन गरिएको निगुरो प्रतिकेजी रु ४० सम्ममा घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । पात भएको भन्दा डाँठमात्र भएको निगुरोले राम्रो मूल्य पाउने स्थानीय लालबहादुर विष्टले बताए । निगुरो बिक्रीबाट परिवारको घरखर्च धान्न सहज भएको उनले जानकारी दिए । एक जनाले एक दिनमा एकदेखि दुई डोकोसम्म निगुरो सङ्कलन गर्ने उनको भनाइ छ ।

“खोलाखोल्सीको निगुरो सहरबजारमा जान थालेको छ”, उनले भने, “निगुरो हुर्किएपछि गाईवस्तुलाई सोतरका रूपमा प्रयोग गर्दै आएका थियौँ । अहिले त्यही निगुरोले मूल्य पाएको अवस्था छ । सङ्कलित निगुरो बिक्रीका लागि कुनै समस्या छैन ।”

उनीउ प्रजातिमा पर्ने निगुरो पहाड र तराई सबैतिरका वनजङ्गल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो । निगुरो पहाडी क्षेत्रमा बढी मात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयले भने कमैले मात्र खाने गरेका छन् । स्थानीयवासीले बर्खायाम सुरु भएपश्चात जेठ–असारबाट कात्तिक महिनासम्म निगुरो बेच्दै आएका छन् । वनजङ्गलमा सजिलै पाइने, निगुरो अग्र्यानिक हुने भएकाले सहरका मानिसको रोजाइमा पर्ने गरेको छ । तराईमा पाइने निगुरोभन्दा पहाडी क्षेत्रबाट जाने डाँठे निगुरोको बजारमा राम्रो माग छ ।

Previous Post

प्रधानमन्त्री ओलीबाट सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन

Next Post

साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In