• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

metakhabar by metakhabar
१३ भदौ २०८२,
0
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्ष पूरा भएको अवसरमा अर्को हप्ता चीनमा आयोजना हुने विशाल सैन्य परेडमा भाग लिने हुनुभएको छ ।

परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ जना नेताहरू पनि सहभागी हुनुहुनेछ । परेडमा चीनले आफ्नो नवीनतम उपकरण र उच्च–टेक फाइटिङ गियर प्रदर्शन गर्नेछ र चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङको तियानमेन स्क्वायरमा सेनाको निरीक्षण गर्नुहुनेछ ।

सन् १९३०–४० को दशकमा जापानको शाही सरकारसँगको लामो युद्धमा लाखौँ चिनियाँ नागरिक मारिएका थिए । सन् १९४१ मा पर्ल हार्बर आक्रमणपछि यो द्वन्द्व विश्वव्यापी भएको थियो ।

बेइजिङको कम्युनिस्ट पार्टीले विगतका वर्षहरूमा युद्धकालीन प्रतिरोधको सम्झनामा शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले चीनलाई फेरि कहिल्यै घुँडा टेक्न नदिने वाचा गरेको छ ।

सेप्टेम्बर ३ मा हुने परेडमा स्थल सैनिक, बख्तरबन्द स्तम्भ, हवाई क्षेत्र र अन्य आधुनिक उपकरण प्रदर्शन गरिनेछ । चीनले यस परेडलाई अन्य देशहरूसँगको एकताको प्रदर्शनका रूपमा हेरेको छ ।

बेइजिङका विदेश मामिला सहायकमन्त्री होङ लेइले किमको उपस्थितिको घोषणा गर्दै भन्नुभयो, “चिनियाँ जनताले दोस्रो विश्वयुद्धको विजयको रक्षा गर्न सबै देशका जनतासँग हात मिलाउनेछन् । वर्तमान अन्तर्राष्ट्रिय स्थिति उथलपुथलपूर्ण छ र विश्व शान्तिमा क्षति बढ्दै गएको छ ।”

प्योङयाङको कोरियन सेन्ट्रल न्युज एजेन्सीले पनि किमलाई ‘कमरेड सी जिनपिङको निमन्त्रणामा’ अतिथि हुने घोषणा गरेको छ ।

– धम्की दिन सकिँदैन –

चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण सहयोगी हो । उनीहरूको सम्बन्ध सन् १९५० को दशकको कोरियाली युद्धबाट गाँसिएको थियो । चीनले उत्तर कोरियालाई कूटनीतिक, आर्थिक र राजनीतिक समर्थन प्रदान गर्दै आएको छ ।

किमको आगामी बेइजिङ भ्रमणको उद्देश्य दुई मुलुकबीचको सम्बन्धको ‘शक्ति’ देखाउनु रहेको सिङ्गापुरको नेसनल युनिभर्सिटीका राजनीति विज्ञानका एसोसिएट प्रोफेसर चोङ जा इयानले बताउनुभयो ।

“यो भ्रमणले संयुक्त राज्य अमेरिकाले उनीहरूलाई अधीनमा राख्न धम्की दिन सक्दैन भन्ने सङ्केत दिनेछ”, उहाँले भन्नुभयो ।

“बेइजिङको खर्चमा उत्तर कोरिया मस्कोको कक्षाको नजिक पुगेको कुरा पहिले नै भएको थियो । त्यो अझ खुल्न सक्छ तर मलाई के लाग्छ भने किमको भ्रमणले यो सम्बन्ध अझै बलियो हुँदै गएको छ भन्ने तथ्यलाई रेखाङ्कित गर्दछ”, सिङ्गापुरको नान्याङ टक्नोलोजिकल युनिभर्सिटीका सहायक प्राध्यापक डिलन लोहले भन्नुभयो, “यसले चीनको प्रभाव र तान्ने शक्तिलाई पनि प्रदर्शन गर्नेछ ।”

– परम्परागत मित्रता –

सहायक विदेशमन्त्री होङका अनुसार, चीन उत्तर कोरियासँग आदानप्रदान र सहयोगलाई बलियो बनाउन इच्छुक छ । “क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्न चीन नजिकबाट काम गर्न इच्छुक छ”, उहाँले भन्नुभयो ।

किमले अन्तिम पटक सन् २०१९ जनवरीमा चीनको भ्रमण गर्नुभएको थियो । बेइजिङको सन् २०१५ को परेडमा उहाँ सहभागी हुनुभएको थिएन ।

चीनका तेस्रो उच्च पदस्थ अधिकारी झाओ लेजीले गत वर्ष अप्रिलमा उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । त्यसबेला दुई देशले कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा गरेका थिए ।

कोभिड–१९ महामारीअघि चीनको सीमा खुला हुँदा चिनियाँ नागरिकहरू उत्तर कोरियामा ठूलो सङ्ख्यामा यात्रा र व्यापारका लागि आउने गर्थे ।

यसैबीच, उत्तर कोरियाले चीनसँगको सीमा नजिक गोप्य सैन्य आधार निर्माण गरेको छ । त्यहाँ प्योङयाङको नयाँ लामो दूरीको ब्यालेस्टिक मिसाइलहरू राखिएको हुनसक्ने अनुसन्धानले देखाएको छ ।

Previous Post

नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख शून्य

Next Post

नेपाल प्रहरीको नयाँ महानिरीक्षमा खापुङ नियुक्त

metakhabar

metakhabar

सम्बन्धित खबर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

२९ माघ २०८२,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
फिचर-ब्यानर

महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

२९ माघ २०८२,
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
Load More
Next Post
नेपाल प्रहरीको नयाँ महानिरीक्षमा खापुङ नियुक्त

नेपाल प्रहरीको नयाँ महानिरीक्षमा खापुङ नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In