• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युरोपेली र इरानी कूटनीतिज्ञबीच प्रतिबन्ध समयसीमा अघि अन्तिम समयमा आणविक वार्ता

metakhabar by metakhabar
११ भदौ २०८२,
0
युरोपेली र इरानी कूटनीतिज्ञबीच प्रतिबन्ध समयसीमा अघि अन्तिम समयमा आणविक वार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त रूपमा इ–थ्री राष्ट्र भनिने बेलायत, फ्रान्स र जर्मनीका प्रतिनिधिहरू मङ्गलबार जेनेभामा आफ्ना इरानी समकक्षीसँग अन्तिम समयमा वार्ता गर्न तयारी गर्दैछन् ।

यो वार्ता युरोपेलीहरूले तथाकथित स्न्यापब्याक संयन्त्र सक्रिय गरेर इरानमाथि प्रतिबन्ध पुनः लागू गर्ने द्रुत समयसीमा नजिकिँदै गर्दा आयोजना गरिएको हो ।

वार्ताबारे इरानी विदेश मन्त्रालयका प्रवक्ताले सोमबार घोषणा गरेका हुन् ।

यसअघि, जुलाई २५ मा इस्तानबुलमा युरोपेली र इरानी टोलीबीच बैठक भएको थियो । जुन महिनामा भएको १२ दिने इरान–इजरायल युद्धअघि नै इरानी आणविक कार्यक्रम ‘हतियार–स्तर’ नजिक युरेनियम संवर्धन गरिरहेको भन्दै युरोपेलीहरू चिन्तित बनेका थिए ।

इरान–इजरायल युद्धका क्रममा इरानका केही आणविक साइटहरूमा आक्रमण भएको थियो । त्यहीबेला तेहरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सबै सहयोग तोड्दा चिन्ता झन् गहिरिएको हो ।

यस कदमले अन्तर्राष्ट्रिय समुदायलाई इरानको आणविक कार्यक्रमबारे अझ अन्धकारमा धकेलेको छ । अहिले इरानसँग ६० प्रतिशत शुद्धतामा युरेनियम भण्डार रहेको बताइन्छ । यो स्तर हतियार–ग्रेड ९० प्रतिशतसम्म पुग्न प्राविधिक दृष्टिले छोटो दूरी मात्रै बाँकी छ ।

इरानले भने सधैँ आफ्नो आणविक कार्यक्रम ‘शान्तिपूर्ण’ भएको दाबी गर्दै आएको छ । तर त्यही स्तरको युरेनियम संवर्धन गर्ने इरान विश्वकै एक मात्र गैर–आणविक–सशस्त्र राष्ट्र हो । अमेरिका, आइएइए र अन्य स्रोतहरूले इरानसँग सन् २००३ सम्म आणविक हतियार कार्यक्रम रहेको बताउँदै आएका छन् ।

यसैबीच, युरोपेली राष्ट्रहरूले यस वर्षको सुरुमा अमेरिकासँग सहमति गर्दै इरानले केही शर्तहरू पूरा नगरेमा अगस्टको अन्त्यसम्म स्न्यापब्याक संयन्त्र लागू गर्ने समयसीमा तोकेका थिए । ती शर्तमध्ये अमेरिकासँग वार्ता पुनः सुरु गर्ने अनुमति दिनु पनि एक हो ।

सन् २०१५ को इरान आणविक सम्झौतामा रहेको स्न्यापब्याक प्रावधानअनुसार, कुनै पनि पक्षले इरानलाई आवश्यकताअनुसार अनुपालन नगरेको ठहर गरेमा प्रतिबन्धहरू स्वचालित रूपमा पुनः लागू गर्न सकिन्छ । यसरी लागू गरिने प्रतिबन्धलाई रूस वा चीनसहित संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का अन्य सदस्यहरूले भिटो गर्न सक्दैनन् ।

इरानले भने युरोपेलीहरूले स्न्यापब्याक प्रयोग गरेर राष्ट्रसङ्घीय प्रतिबन्ध पुनः लागू गर्ने कुनै कानूनी आधार नभएको दाबी गर्दै आएको छ ।

इरानको भनाइमा, सन् २०१८ मा अमेरिकाले सम्झौताबाट एकतर्फी रूपमा बाहिरिएपछि अन्य राष्ट्रहरूले सन् २०१५ को सम्झौतालाई पूरा समर्थन नगर्दा इरानलाई अपेक्षित आर्थिक लाभबाट वञ्चित बनायो ।

सन् २०१५ मा विश्व शक्तिहरू र इरानबीच भएको सम्झौताअनुसार, इरानले आणविक हतियार विकास गर्न नसकोस् भन्ने उद्देश्यले उसलाई केवल ‘ऊर्जाका लागि आवश्यक स्तर’ सम्म मात्र युरेनियम संवर्धन गर्न अनुमति दिइएको थियो ।

यसको बदलामा इरानमाथि लगाइएका कठोर आर्थिक प्रतिबन्ध हटाइएका थिए र राष्ट्रसङ्घीय निरीक्षकहरूलाई उक्त कार्यक्रमको निगरानी गर्ने जिम्मा दिइएको थियो ।

मूल सम्झौताअनुसार, इरानलाई तीन दशमलव छ शुद्धतासम्म मात्र युरेनियम संवर्धन गर्ने, अधिकतम तीन सय किलोग्राम युरेनियम भण्डार राख्ने र केवल आधारभूत आईआर–१ सेन्ट्रिफ्युज प्रयोग गर्ने अनुमति थियो । यी सेन्ट्रिफ्युजहरूले युरेनियम ग्यासलाई तीव्र गतिमा घुमाएर संवर्धन गर्ने काम गर्छन् ।

Previous Post

नागा बाबाको निर्वस्त्र उपस्थिति धार्मिक अभ्यास अनुकूल : सर्वोच्च अदालत

Next Post

छ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश दिने राष्ट्रपति ट्रम्पको घोषणा

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध

छ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश दिने राष्ट्रपति ट्रम्पको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In