• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ऐतिहासिक नाच्नेडाँडामा गुञ्जिए तीजका भाका

metakhabar by metakhabar
११ भदौ २०८२,
0
ऐतिहासिक नाच्नेडाँडामा गुञ्जिए तीजका भाका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १० भदौ : तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् । विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले नाच्नेडाँडाको ऐतिहासिक महत्व पुष्टि हुन्छ । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडा तीजको पर्याय नै बनेको छ । तीज आयो कि यहाँको रौनक फेरिइहाल्छ ।

तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो । यहाँ बर्सेनि तीजमा मेला लाग्छ । यसपालि पनि दुई दिनसम्म मेला चल्यो । कुनैताका स्वतःस्फूर्त ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ ।

सोमबार तीजको दर खाने दिन थियो । गाउँका छोरीचेली नाच्नेडाँडामा भेला भएर सामूहिक दर खाए । तीजका गीतमा छमछमी नाचे । कूर्चीदौडलगायत खेलमा रमाए । मङ्गलबार तीज गीत तथा नृत्य प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम भए । कलाकारले प्रस्तुति दिए ।

प्रतियोगितामा ११ समूहले भाग लिएको मेला आयोजक नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले जानकारी दिनुभयो । मेलाका अवसरमा ज्येष्ठ महिला टुल्की दर्जी र सामाजिक अभियानकर्मी ललिता थापालाई सम्मान गरिएको उहाँले बताउनुभयो । तीज गीत तथा नृत्य प्रतियोगितामा न्यू लाइफ इङ्गलिस बोर्डिङ स्कूलको समूह प्रथम भई रू २५ हजार पुरस्कार प्राप्त गर्यो । दोस्रो स्थान हासिल गरेको जनहित माध्यमिक विद्यालयले रू २० हजार, तेस्रो हुने टोल सुधार आमा समूह, हरिचौरले रू १५ हजार, गलकोट बोर्डिङ स्कूल र गोल्डेन फ्यूचर बोर्डिङ स्कूलले सान्त्वना स्थान प्राप्त गरी रू पाँच हजारका दरले पुरस्कार हात पारे ।

प्रतियोगितामा सहभागीले मौलिक सृजनामा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारले तीजका पुराना भाकामा महिलाका दुःख, बेदनासहित सामाजिक विषयवस्तुलाई उठाएका थिए ।

मेलाको उद्घाटनका क्रममा गण्डकी प्रदेशसभा सदस्य दिलमाया पौवीले तीज पर्वको मौलिकतालाई जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति संरक्षणसँगै महिला सशक्तीकरण र अधिकारको रक्षाका दृष्टिले पनि तीजलाई हेर्नुपर्ने बताउनुभयो । उहाँले सिद्धेश्वर शिवालय मन्दिरलगायत नाच्नेडाँडामा आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गलकोट–७ का वडाध्यक्ष राज थापाले विसं २०५० देखि तीज गीत तथा नृत्यलाई प्रतियोगितात्मक रुपमा सञ्चालन गर्न थालिएको बताउनुभयो । “त्योभन्दा पहिले स्वतःस्र्फूत रुपमा तीज मेला लाग्थ्यो, परम्परागत रुपमा त्यो चलेको थियो, विसं २०५० पछि मेला व्यवस्थित र संस्थागत गरिएको हो”, उहाँले भन्नुभयो, “नाच्नेडाँडा गलकोट क्षेत्रकै ऐतिहासिक थलो हो, यसको संरक्षण र विकासमा स्थानीय समुदायको ठूलो योगदान छ ।”

दशकौँ पुरानो नाच्नेडाँडाको तीज मेला हेर्न गलकोट र बाहिरबाटसमेत आगन्तुक आउने गरेका छन् । सोही ठाउँमा अवस्थित दुई सय ७२ वर्ष पुरानो सिद्देश्वर शिवालय मन्दिरले पनि तीज पर्व र नाच्नेडाँडाको महिमा बढाएको हो ।

तीजमा महादेवको व्रत बस्ने र पूजाआजा गर्ने महिलाको त्यहाँ उत्तिकै भीड लाग्छ । तीज लगत्तै पर्ने ऋषिपञ्चमीमा पनि शिवालयमा चहलपहल हुन्छ । पहिलेपहिले टाढा–टाढाबाट माइतीघर आएका चेलीबेटी भेट हुने, दुःख–सुख साट्ने, रमाउने ठाउँ नै यहीँ नाच्नेडाँडा हुन्थ्यो । समय बदलिए पनि यो ठाउँको पहिचानलाई कायमै राख्न स्थानीय समुदाय लागिपरेका छन् । गलकोट क्षेत्रकै पुरानो शिवालय पनि यहीँ भएकाले यो ठाउँको विशेष महत्व रहेको छ ।

अहिलेको पुस्ताले नयाँ स्वरुपमा भएपनि तीज मेलालाई निरन्तरता दिएका छन् । बर्सेनि मेलामा खुला तीज गीत तथा नृत्य प्रतियोगिता, सामूहिक दर खाने कार्यक्रम, कुर्चीदौड, घैँटोफोडलगायतका कार्यक्रम आयोजना गर्ने गरिन्छ । मेलाले तीजको पुरानो परम्परालाई जोगाउन मद्दत पुगेको समाजका सचिव कोपिला थापाले बताउनुभयो । मौलिक तीज गीत, नृत्य, दर खाने कार्यक्रम आदिले नयाँ संस्कृतिको पुस्तान्तरणमा पनि सघाउने उहाँको भनाइ छ ।

तीजमा आउने व्रतालु महिला र अरु भक्तजनका लागि सिद्धेश्वर शिवालयमा पूजाआजाका लागि पनि विशेष प्रबन्ध मिलाउने गरिएको छ । मन्दिर परिसरमा १०८ शिवलिङ्ग मण्डप निर्माण गरिएको छ ।

यस क्षेत्रमै पहिलोपटक शिवलिङ्ग मण्डप बनेपछि पछिल्लो समय शिवालय मन्दिरमा भक्तजनको आकर्षण बढेको हो । झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ । शिवालयमा नित्य पूजाआजासमेत हुने गरेको छ । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यहाँ बस्न थालेपछि शिवालय स्थापना गरिएको गाउँका अगुवा बताउँछन् ।

उक्त मन्दिर अहिले जीर्ण अवस्थामा छ । समितिले मन्दिरको पुनःनिर्माणसहित वृहत्तर विकास योजना अघि बढाएको छ । पुरातात्विक कलाकौशल झल्कने गरी मन्दिर पुनःनिर्माण गरिने जनाइएको छ । मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना यहाँ बन्नेछन् ।

Previous Post

दमौलीमा ‘साम्बा’ सम्मानित

Next Post

जम्मु-कश्मीरको डोडा जिल्लामा आकस्मिक बाढी, जनजीवन प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
जम्मु-कश्मीरको डोडा जिल्लामा आकस्मिक बाढी, जनजीवन प्रभावित

जम्मु-कश्मीरको डोडा जिल्लामा आकस्मिक बाढी, जनजीवन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In