• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मानव पुर्खा लुसीको युरोपमा प्रदर्शन

metakhabar by metakhabar
९ भदौ २०८२,
0
मानव पुर्खा लुसीको युरोपमा प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलोपटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन्। यी हड्डीका टुक्राहरू विरलै इथियोपियाबाहिर लैजाने गरिन्छन्।

अस्ट्रेलोपिथेकस अफारेन्सिस प्रजातिका यी प्राचीन अवशेषहरू सन् १९७४ मा इथियोपियामा फेला परेका थिए। त्यो खोज त्यतिबेला अहिलेसम्मकै सबैभन्दा पूर्ण जीवाश्म थियो र यसले मानव पुर्खासम्बन्धी बुझाइमा क्रान्ति ल्याएको छ।

लुसीका अवशेषसँगै सेलाम नाम दिइएको अर्को जीवाश्म पनि प्रस्तुत गरिनेछ। सेलाम लुसीभन्दा झण्डै एक लाख वर्ष पहिले बाँचेको दुई वर्ष सात महिनाको बच्चा अस्ट्रेलोपिथेकस हो। यसको जीवाश्म लुसी फेला परेको २५ वर्षपछि सोही क्षेत्रमा पाइएको हो।

लुसी पत्ता लगाउने डोनाल्ड जोहानसन र सेलाम पत्ता लगाउने जेरिसेने अलेम्सेगेड दुवै प्रागमा हुने उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्।

‘सेलामलाई अहिलेसम्म कहिल्यै इथियोपियाबाहिर प्रदर्शन गरिएको छैन र लुसीलाई केवल एक पटक मात्र संयुक्त राज्य अमेरिकामा देखाइएको थियो’, राष्ट्रिय सङ्ग्रहालयका निर्देशक माइकल लुकेसले भने।  अगस्ट १५ मा अवशेषहरू प्राग आइपुगेपछि उनले यसलाई ‘विश्वकै सबैभन्दा बहुमूल्य र प्राचीन पुरातात्त्विक प्रदर्शनीमध्ये एक’ भनेर वर्णन गरे।

आदीस अबाबामा रहेको इथियोपियाको राष्ट्रिय सङ्ग्रहालयले उधारो दिएको ५२ टुक्रा अवशेषहरू ‘मानव उत्पत्ति र जीवाश्म’ प्रदर्शनीअन्तर्गत ६० दिनका लागि प्रदर्शनीमा राखिनेछन्। इथियोपियाली हेरिटेज अथोरिटीका निर्देशक अबेबाव अयाल्यु गेल्लाले यो प्रदर्शनीले ‘इथियोपियालाई मानव मूलको भूमिका रूपमा प्रवर्द्धन गर्ने’ बताए।

उनलेले भने, ‘लुसीले मानव पुर्खाको अध्ययनमा क्रान्ति ल्यायो—पहिलो त यसको पूर्णताका कारण र दोस्रो यसको उमेरका कारण। सेलाम आफ्नो युगकै लागि अद्वितीय जीवाश्म हो… यो दुई वर्ष सात महिनाको उमेरमा मरेको बालकको जीवाश्म हो।’

बिटल्सबाट प्रेरित नाम 

हाल लुसीका जीवाश्म अवशेषमा दन्त टुक्रा, खोपडीका भाग, नितम्बको भाग र तिघ्राको हाडका अंश समावेश छन्। एक दशमलव एक मिटर अग्लो (३ फिट ७ इन्च) र २९ किलोग्राम (६४ पाउन्ड) तौलकी लुसीको कङ्काल अन्तिमपटक इथियोपियाबाहिर सन् २००७ देखि २०१३ सम्म अमेरिकी सङ्ग्रहालयहरूको भ्रमणमा देखाइएको थियो।

उनी पत्ता लाग्दा टोलीले द बिटल्सको ‘लुसी इन द स्काई विथ डायमन्ड्स’ गीत सुनेका कारण उनको नाम लुसी राखिएको हो। लुसी दुई खुट्टामा हिँड्थिन् र ११ देखि १३ वर्षको उमेरमा मृत्यु भएको अनुमान गरिन्छ। यो उमेरमा यो प्रजातिका लागि वयस्क मानिन्थ्यो।

पहिले लामो समयसम्म सबैभन्दा पुरानो मानव पुर्खा मानिएकी लुसीलाई सन् १९९४ मा फेला परेको अर्को जीवाश्मले त्यस स्थानबाट हटायो। त्यो थियो अर्डी—अर्डिपिथेकस रामिडस प्रजातिकी महिला। यिनले करिब ४५ लाख वर्षअघि इथियोपियामा जीवन बिताएकी थिइन्। सन् २००१ मा चाडमा ‘तौमाई’ नाम दिइएको ६/७ लाख वर्ष पुरानो खोपडी फेला पर्‍यो, जसले मानव परिवार अझ पुरानो हुनसक्ने सङ्केत दियो।

सन् २०१६ को एक अध्ययनले लुसीको माथिल्लो हात असामान्य रूपमा बलियो भएको देखायो। अध्ययनले उनी नियमित रूपमा रूख चढ्ने र रातमा हाँगामा गुँड बनाएर बस्ने गर्थिन् भन्ने सुझाव दियो।

तर उनको खुट्टा भने कमजोर थिए, जसले उक्लनमा खासै भूमिका खेल्दैन र हिँड्नमा पनि प्रभावकारी थिएन भन्ने नतिजा आयो। त्यसैगरी, उनको एउटा हड्डीमा भेटिएको फ्र्याक्चरको अध्ययनले लुसी सम्भवतः अग्लो रूखबाट खस्दा मृत्यु भएको थियो भन्ने सङ्केत दिएको छ।

Previous Post

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेट

Next Post

इम्बोस्ड नम्बर प्लेट अनिवार्यतामा विवाद : सरकारको निर्णय फेरि आलोचनाको घेरामा

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
इम्बोस्ड नम्बर प्लेट अनिवार्यतामा विवाद : सरकारको निर्णय फेरि आलोचनाको घेरामा

इम्बोस्ड नम्बर प्लेट अनिवार्यतामा विवाद : सरकारको निर्णय फेरि आलोचनाको घेरामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In