• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इम्बोस्ड नम्बर प्लेट अनिवार्यतामा विवाद : सरकारको निर्णय फेरि आलोचनाको घेरामा

metakhabar by metakhabar
९ भदौ २०८२,
0
इम्बोस्ड नम्बर प्लेट अनिवार्यतामा विवाद : सरकारको निर्णय फेरि आलोचनाको घेरामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि पनि कच्चा निर्णय गरेको भन्दै आलोचना बढेको छ । सामाजिक सञ्जालदेखि मुख्यधारका सञ्चारमाध्यमसम्म चर्को प्रतिकृया आउन थालेपछि इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय सरकारलाई फिर्ता लिनुपर्ने अवस्था आउने अनुमान गरिँदैछ ।

२०७८ कात्तिक २२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले नयाँ सवारी दर्ता, नामसारी र नवीकरणमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गर्ने व्यवस्था गरेको थियो । २०७९ कात्तिक २८ देखि सरकारी सवारीमा यो नियम लागू भए पनि कार्यान्वयन ढिलो हुँदै आएको हो । तर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा साउन अन्तिम साता बसेको बैठकले आगामी असोज १ गतेदेखि मंसिर ११ गतेसम्म सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सक्नुपर्ने निर्णय गरेपछि विवाद थप चुलिएको छ ।

नेपालमा हाल करिब ६० लाख सवारी साधन चलिरहेका छन् । तीमध्ये ९० हजार मात्रमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । बाँकी लाखौँ सवारी धनीलाई तोकिएको छोटो अवधिमा यो अनिवार्य गर्ने निर्णय कार्यान्वयन असम्भवप्रायः देखिएको विज्ञहरूको भनाइ छ । कतिपयले सरकारले यस्तो नियम कार्यान्वयन गर्नेभन्दा पहिले तत्कालै उपलब्ध हुने पूर्वाधार, जनशक्ति र स्रोतसाधन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

विशेष गरी बेरोजगार युवाले रोजगारीको विकल्पका रूपमा राइड सेयरिङ व्यवसायमा प्रयोग गरिरहेका मोटरसाइकललाई पनि यो निर्णयले प्रत्यक्ष असर गर्ने देखिन्छ । यस्ता युवामध्ये धेरैले पहिले लाइनमा बस्नुपर्ने स्थिति आउने अनुमान गरिन्छ । तर सरकारी प्रणालीले तत्कालीन माग धान्न नसक्ने हो भने ठूलो अव्यवस्था सिर्जना हुने चेतावनी दिइएको छ ।

अर्कोतर्फ, इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा लेखिएको भन्दै त्यसलाई देवनागरीमै अनिवार्य गर्नुपर्ने माग पनि चर्को छ । यसअघि सर्वोच्च अदालतले अंग्रेजी प्रयोगलाई मान्यता दिए पनि सामाजिक रूपमा नेपाली लिपिमा लेख्नुपर्ने माग बलियो बनेको छ । यस्तो अवस्थामा पहिले नै अंग्रेजीमा नम्बर प्लेट लिएका सवारीको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को प्रश्न उब्जिएको छ ।

स्मार्ट लाइसेन्स र राष्ट्रिय परिचयपत्र वितरणमै सरकार असफल देखिएको बेला इम्बोस्ड नम्बर प्लेटलाई अचानक अनिवार्य बनाउने निर्णय गर्नुले झन् अविश्वास बढाएको छ । आलोचकहरूले यसलाई ‘जनताको समस्या बुझ्न असफल भएको नीतिगत हतारो’ भन्दै सरकारप्रति प्रश्न उठाएका छन् ।

के हो इम्बोस्ड नम्बर प्लेट ?
यो प्रविधिमा रेडियो फ्रिक्वेन्सी आइडेण्टिफिकेशन चिप जडान गरिन्छ, जसले सवारीसाधनको निगरानी र ट्रयाकिङ गर्न सहज हुन्छ । सरकारी दाबीअनुसार यसले चोरी नियन्त्रण, कर छली रोकथाम तथा आपराधिक गतिविधि नियन्त्रणमा मद्दत पुर्‍याउँछ । तर, कार्यान्वयन पूर्वाधार अभावका कारण प्रभावकारी हुन नसकेको अनुभव भइरहेको छ ।

Previous Post

मानव पुर्खा लुसीको युरोपमा प्रदर्शन

Next Post

वासिङ्टन डीसीमा गस्ती गर्न नेसनल गार्डलाई ट्रम्पको आदेश

metakhabar

metakhabar

सम्बन्धित खबर

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
Load More
Next Post
हमाससँग युद्ध अन्त्य गर्न इराजरायलाई ट्रम्पको दबाव

वासिङ्टन डीसीमा गस्ती गर्न नेसनल गार्डलाई ट्रम्पको आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In