• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

    विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परारष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता

metakhabar by metakhabar
७ भदौ २०८२,
0
परारष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ भदौः समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुभएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गर्नुभएको हो ।

सो भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरुमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राख्नुभयो ।

मन्त्री डा राणले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिनुभयो । उहाँले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताउनुभयो ।

पछिल्ला वर्षहरुमा नेपाल र भियतनामका पर्यटकहरुको सङ्ख्या उल्लेखनीय रुपमा बृद्धि भएको जानकारी दिँदै मन्त्री डा राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुयो ।

मन्त्री डा राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गर्नुभएको थियो । त्यसैगरी उहाँले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गर्नुृभएको थियो ।

भेटमा मन्त्री डा राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै दक्षिण-दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा सो भेटमा छलफल भएको थियो ।

जी ७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम)का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरुको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको सो अवसरमा उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री डा राणाले बताउनुभएको थियो ।

Previous Post

दिव्य पशुपतिनाथ सफाइमा प्रहरी वरिष्ठ अधिकारीसहित सयौँ सहभागी

Next Post

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

metakhabar

metakhabar

सम्बन्धित खबर

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी
समाचार

विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

१७ बैशाख २०८३,
आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
समाचार

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

१७ बैशाख २०८३,
Load More
Next Post
सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि वीरगञ्ज नाकामा सतर्कता अपनाइँदै

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In