• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

metakhabar by metakhabar
७ भदौ २०८२,
0
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक- विसं २०८१ असोज दोस्रो साताको बाढीपहिराले बिपी राजमार्गअन्तर्गत भकुण्डे–सिन्धुली सडकखण्ड क्षतविक्षत बन्यो । सयौँ सवारीसाधनका हजारौँ यात्रीलगायत अलपत्रमा परे । राजमार्गको विभिन्न स्थानमा बाढीपहिराले सडक अवरुद्ध हुँदा सडकखण्डका बीचमा अलपल परेका यात्रीलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको पहलमा हवाई उद्धार गर्नुपरेको थियो ।

उक्त राजमार्गमा राखिएको आकस्मिक सूचना प्रणाली (इआइएस) बोर्डमा सूचना अद्यावधिक गरिएको भए भने त्यति ठूलो सङ्ख्यामा यात्री अलपत्र पर्ने थिएनन् । सिन्धुलीबाट काठमाडौँतर्फ आउने र काठमाडौँबाट त्यसतर्फ जाने यात्रीलाई सडक अवरुद्ध एवं जोखिमपूर्ण रहेको सूचना दिएको भए हजारौँ यात्रीले त्यसबेला सास्ती खेप्नुपर्ने पनि थिएन । सङ्घीय राजधानी काठमाडौँलाई मध्यपहाडसँगै पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गमा इआइएस बोर्डमा करिब पाँच वर्षदेखि आवश्यक सूचना अद्यावधिक गरिएको छैन ।

तीन वर्षअघि उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तात्कालिक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेललगायत सिन्धुलीको बर्दिबाससम्म पाँच स्थानमा दशकअघि सडक हस्तान्तरणलगत्तै विभिन्न स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो । राजमार्ग प्रवेशस्थल काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बोर्डमा पनि मौसमअनुसारको सूचना अद्यावधिक गर्न नसकेको जनाइएको छ । उक्त बोर्डमा तीन वर्षअघिसम्म सामान्य सूचना डिस्प्ले हुँदै आएको थियो ।

सडक हस्तान्तरणपछि कन्सल्ट्यान्टद्वारा ब्यवस्थित गरिएको इआइएसको समयावधि सकिएपछि केही समय सञ्चालन भएपछि अपडेटसहित निरन्तरता दिन नसकिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार यस वर्ष मर्मत गरी उक्त प्रणाीलाई सञ्चालन गरिनेछ । “इआइएस् मर्मत र सञ्चालन निकै चुनौतीपूर्ण छ, जनशक्ति र आवश्यक बजेटसहित यस वर्ष सञ्चालन गर्ने प्रयास गर्नेछौँ”, योगेशले भने । बिपी राजमार्ग अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलबाट दायाँतर्फबाट सुरु हुन्छ ।

इआइएस व्यवस्थित गरिएको सात वर्षपछि विसं २०७९ मा सञ्चालनमा चासो राखेको विभागले पनि बजेट र जनशक्ति अभावका कारण उक्त राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई निरन्तरता दिन नसकेको जनाएको थियो । दुई वर्षअघिसम्म धुलिखेल र खुर्कोटको डिजिटल बोर्डमा ‘सवारी चलाउँदा सचेत रहनुस्’, ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता सामान्य सूचनाबाहेक ‘डिस्प्ले’ हुने गर्दथे । हाल यी बोर्ड राखिएको स्थानमा सरसफाईसमेत नुहँदा घाँस र रुख उम्रिएर बोर्ड छोपिने अवस्थामा पुग्दैछ ।

उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन सडक विभागले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को एक्सपोर्ट टिमलाई अध्ययन स्वीकृति दिएको थियो । उसको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइए पनि बजेट र जनशक्ति नहुँदा मर्मत गरी सञ्चालन गर्न नसकिएको विभागले जनायो । विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समयपश्चात उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको जनाउँदै आएको छ । उक्त मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले जनाएको थियो ।

यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण गर्न सकिने अपेक्षा गरिएको थियो । बिपी राजमार्गलक्षित सङ्घीय राजधानी काठमाडौँबाट अरनिको राजमार्ग प्रवेशक्षेत्र कोटेश्वरमा समेत एउटा सूचना बोर्ड राखिएको थियो । यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिस्टम’ले निरन्तर रूपमा वर्षात्को मापन गरेर सडक विभागस्थित ‘डाटा सेन्टर’मा सूचना पठाउँछ । उक्त प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरण जिपीआरएस मोडेममार्फत मोबाइल, वेभसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरणहरू ‘एलइडी डिस्प्ले’ बोर्डहरूमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबिसै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार)मार्फत विद्युत् आपूर्ति हुने व्यवस्था पनि मिलाइएको थियो ।

यस्तै राजमर्गामा वर्षा, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो । यही जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्कोट, सिन्धुली र बर्दिबासमा रहको डिजिटल सूचना बोर्डमा पनि हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो । राजमार्गको अवस्थाबारे मोबाइल तथा वेबसाइटमा जानकारी लिनसक्ने गरी १० वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचना प्रविधिका भौतिक पूर्वाधारलगाययत संरचना निर्माण तथा व्यवस्थापन गरिएको हो ।

यस्तै वेबसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तय गर्न सकिने योजनासमेत बनाइएको थियो । त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मतसम्भारका लागि स्थापित उपआयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो । विभागका अनुसार एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेशनसहित वेबसाइट र इआइएसलाई इञ्जिनियररिङ सफ्टवेयर कम्पनीले ‘प्रणाली’समेत तयार पारिसकेको थियो ।

काभ्रेपलाञ्चोकको धुलिखेलबाट २०५४ सालबाट बनेपा–सिन्धुली बर्दिबास एक सय ६० किलोमिटर सडक विस्तार गरिएको थियो । चार खण्डखण्ड विभाजन गरी २०७२ साल असारमा निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

Previous Post

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी, फोहर विसर्जनमा समस्या

Next Post

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

metakhabar

metakhabar

सम्बन्धित खबर

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
जीवन शैली

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

२० चैत्र २०८२,
खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !
फिचर-ब्यानर

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

२० चैत्र २०८२,
Load More
Next Post
जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In