• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    शिखर पावरको आईपीओ बाँडफाँड

    शिखर पावरको आईपीओ बाँडफाँड

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’

metakhabar by metakhabar
५ भदौ २०८२,
0
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ५ भदौः रङ्गमञ्चबाट कथा भनिरहनुभएका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गर्नुभएको चलचित्र ‘ताराहरू’ को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ । बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो ।

रङ्गमञ्चमा मञ्चन हुने नाटकमा निर्देशक र अभिनेतासँगै प्राविधिक पाटोसमेत सम्हाल्नुभएका कलाकार शर्माले यसपटक एउटा नाटकलाई नै ठूलो पर्दामा ल्याउनुभएको बताउनुभयो । रङ्मञ्चबाट भनिएको ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुनः चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उहाँको भनाइ छ ।

“नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रङ्गकर्मीले सुझाव दिनुभयो । केहीले ‘युट्युब’मा राख्नसमेत सुझाउनु भयो, तर नेपालभर नाटक लिएर यात्रा गर्न सम्भव थिएन । नाटकका कलाकार सबैको समय मिलिरहेको थिएन, युट्युबमा ल्याउँदा मलाई मर्म मर्छ भन्ने लाग्यो”, शर्माले भन्नुभयो,“त्यसै कारण ‘साथी, साथी आइदेऊ न’ नाटकको कथा धेरैसम्म पुग्नुपर्छ भन्ने सोचका कारण नै मैले यसलाई चलचित्रको माध्यममा ल्याएँको हुँ ।”

रङ्गमञ्च मै रमाउने कलाकार शर्मा यसपटक निर्देशकसँगै अभिनेता बन्नुभएको छ । पहिलोपटक चलचित्रमा मुख्य अभिनेता बन्नुको कारणका रूपमा उहाँ पात्रप्रतिको न्यायलाई लिनुहुन्छ । आफूले जीवन्त बनाएको पात्रलाई अन्यले के कसरी निर्वाह गर्ला भन्ने चिन्ताले नै निर्देशक र मुख्य अभिनेता बनाएको शर्माको भनाइ छ ।

“मैले एउटा भूमिकामा मात्र आफूलाई प्रस्तुत गरेको भएँ, अहिलेको भन्दा राम्रो काम गर्न सक्थे भन्ने लाग्छ, तर त्यो कथालाई अन्य निर्देशकले कसरी प्रस्तुत गर्नुहोला भन्ने डरले आफैँ निर्देशक बनेको हुँ”, उहाँले भन्नुभयो,“ अन्य केही प्रसिद्ध कलाकारलाई पनि अभिनयगर्न दिउँ भन्ने लागेर केही संवाद पनि गरेको थिएँ, तर ती कलाकारको लोकप्रियताले मैले सिर्जना गरेको पात्र र कथाको मर्मलाई ओझेलमा पार्ने हो कि भन्ने डर लाग्यो । सोही कारण म आफैँ यसमा दोहोरो भूमिकामा आएँ ।”

किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको चलचित्र ‘ताराहरू’ मा आत्महत्याको मार्गमा हिँडेकी एक किशोरीको भेट एक अर्धबैँसे पुरुषसँग हुन्छ । उनीहरू साथी बन्छन् । मृत्यु कल्पेर हिँडेकी किशोरीको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई चलचित्रको विषय बनाइएको छ ।

रङ्गमञ्चमा मात्र देखाई रहँदा कथाले न्याय नपाएको महसुस गर्नुभएका कलाकार शर्माले चलचित्र हेर्ने दर्शकले विभिन्न कोणबाट समीक्षा गर्नेमा विश्वस्त हुनहुन्छ । “व्यावसायिक रूपमा हामीले यो चलचित्रको प्रचारप्रसार गर्नसकेका छैनौँ, तर चलचित्र हेर्ने दर्शकले यसलाई प्रचार गरेर हेर्न आग्रह गरिदिनुहुन्छ भन्ने मलाई लागेको छ । हामी रङ्गमञ्चका कलाकारले इमान्दार भएर सिर्जना गर्न सक्छौँ, तर हालको समयमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । हाम्रो विषय र कथाले नै प्रतिस्पर्धा गर्नेछ”, उहाँले भन्नुभयो ।

मध्यमवर्गीय परिवारमा जन्मेको पुरुषले सपना र चाहना पूरा गर्न कति सङ्घर्ष गर्छ ? समाजले उसबारे के सोच्छ ? अनि उसले समाजबारे के सोच्छ ? भन्ने प्रश्नको जवाफ खोज्दै कथा बुनिएको कलाकार शर्माले बताउनुभयो ।

उक्त चलचित्रमा कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

Previous Post

पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि

Next Post

प्रविधिमैत्री पाठ्यक्रम बनाऊ, शिक्षकलाई अवसर देऊ : चन्द्र भण्डारी

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
शिखर पावरको आईपीओ बाँडफाँड
समाचार

शिखर पावरको आईपीओ बाँडफाँड

३ चैत्र २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
समाचार

समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

३ चैत्र २०८२,
Load More
Next Post
प्रविधिमैत्री पाठ्यक्रम बनाऊ, शिक्षकलाई अवसर देऊ : चन्द्र भण्डारी

प्रविधिमैत्री पाठ्यक्रम बनाऊ, शिक्षकलाई अवसर देऊ : चन्द्र भण्डारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In