• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    शिखर पावरको आईपीओ बाँडफाँड

    शिखर पावरको आईपीओ बाँडफाँड

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुलहाश्रममा धार्मिक पर्यटन पूर्वाधार थपिँदै : रावण पार्क निर्माण अन्तिम चरणमा

metakhabar by metakhabar
२ भदौ २०८२,
0
पुलहाश्रममा धार्मिक पर्यटन पूर्वाधार थपिँदै : रावण पार्क निर्माण अन्तिम चरणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी (म्याग्दी), २ भदौ : ऋषिहरूले तपस्या गरेको पवित्र तीर्थस्थलको रूपमा परिचित म्याग्दीको पुलस्त्य पुलहाश्रम क्षेत्रमा धार्मिक पर्यटन पूर्वाधार थपिँदै गएको छ । बेनी नगरपालिका–५ पछैमा अवस्थित पुलहाश्रममा रहेको मन्दिर परिसरमा प्रतिक्षालय, प्रवेशद्वार, पदमार्ग, घेरावार लगायतका पूर्वाधार निर्माण भएका छन् ।

पौराणिक ऋषि पुलत्स्य र पुलह ऋषिले तपस्या गरेको पवित्र तपोभूमि भएकाले यस क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि पर्यटन पूर्वाधार निर्माणलाई जोड दिइएको छ । श्रीमद्भागवत महापुराणको पञ्चमस्कन्ध आठौँ अध्यायमा यस क्षेत्रमा पुलस्त्य र पुलह ऋषिले तपस्या गरेको उल्लेख छ ।

पछैमा रहेको हवनकुण्डमा हवन गरेर शेष रहेको चरु अझै पाइने भएकाले पुलस्त्य र पुलह ऋषिले पहिलो पटक होम गरेको ऐतिहासिक तपोभूमिको रूपमा यस क्षेत्रको महत्व रहेको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । पुलहाश्रमसँगै यस क्षेत्रमा अन्य ओझेलमा परेका र पत्ता लगाउन नसकिएका थुप्रै तीर्थस्थल रहेकाले यसको अन्वेषण गरी महत्व र महिमालाई बाहिर ल्याउनुपर्ने उहाँको भनाइ रहेको छ ।

पछैमा रहेको हवन कुण्डमा रहेको चरुलाई हावाले नष्ट नगरोस् भन्ने उद्देश्यले ऋषिहरूले विशाल शिलाले त्यसलाई सुरक्षित गरेको किम्बदन्ती रहेको पुलस्त्य पुलहाश्रम क्षेत्र विकास समितिका उपाध्यक्ष तेजप्रकाश बानियाँले बताउनुभयो । उहाँका अनुसार धार्मिक, ऐतिहासिक महत्व बोकेको र प्राकृतिक रूपमा मनोरम ठाउँ भएकाले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचार प्रसारमार्फत पर्यटन विकासमा जोड दिइएको छ । ऐतिहासिक महत्व बोकेको पुलहाश्रम क्षेत्रको धार्मिक पर्यटन विकासका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको छ । पछिल्लो पटक पछैमा मन्दिर पुननिर्माण पश्चात प्रवेशद्वार, मौलिक पदमार्ग, घेरावार, प्रतिक्षालयलगायत भौतिक संरचना निर्माण गरिएको छ ।

समुन्द्री सतहबाट एक हजार सात सय मिटरको उचाइमा अवस्थित यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न नेपालमै पहिलो ‘रावण पार्क’ निर्माण गरिएको छ । पुलहाश्रममा तपस्या गरेका पुलस्त्य ऋषिका नाती रावणको जन्म यसै ठाउँमा भएको किम्बदन्तीको आधारमा बेनी नगरपालिकाले रावणको मूर्ति राखेर पार्क निर्माण गरेको हो । चार रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माण र दुवो रोपेर संरचना तयार गरिएको छ भने ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिमा १० वटा टाउको जोड्ने र मूर्तिमा जनै राख्ने लगायतका काम बाँकी रहेको छ ।

रावणको नाभी गाढेको ढुङ्गा, रावण खेलेको मैदान लगायतका किम्बदन्तीको आधारमा विसं २०७८ असोज १७ गते ठेक्का सम्झौता गरी सुरू भएको रावण पार्क निर्माण योजना ठेकेदारको ढिलासुस्ती र अदालतमा मुद्दा परेर अलपत्र बनेको अवस्थामा नगरपालिकाको पहलमा योजनालाई अघि बढाएर अन्तिम चरणमा पुगेको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

‘‘अघिल्लो कार्यकालको कार्यपालिकाले अघि बढाएको रावण पार्क बनाउने योजना अलपत्र परेको थियो, हामीले निर्माण कम्पनीलाई ताकेता गरेर योजनालाई अघि बढाएका थियौँ, अहिले पार्कमा रावणको मूर्ति राख्ने र पूर्वाधार बनाउने काम अन्तिम चरणमा पुगेको छ”, केसीले भन्नुभयो ।

प्राकृतिक दृश्यावलोकन स्थलको रूपमा रहेको पुलहाश्रममा निर्माण भएको रावण पार्कले नेपालका साथै दक्षिण भारतीय र श्रीलङ्काका धार्मिक पर्यटकलाई यस क्षेत्रमा भित्र्याउन भूमिका खेल्ने प्रमुख केसीको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारी रहने गरी रु एक करोड ७६ लाख ७७ हजार पाँच सय ६३ मा ठेक्का सम्झौता भएको रावण पार्क निर्माण योजनामा नगरपालिकाको तर्फबाट हुनुपर्ने भुक्तानी भए पनि मन्त्रालयको तर्फबाट हुनुपर्ने लागत साझेदारीको रकम भुक्तानी हुन नसकेको नगरपालिकाले जनाएको छ ।

पार्क निर्माणसम्बन्धी अदालतमा परेको मुद्दामा पार्कमा रावणसँगै राम र सीताको मूर्ति राख्न निर्देशनात्मक आदेश भएकाले नगरपालिकाले रावण पार्कको योजना सम्पन्न भएपछि राम र सिताको मुर्तीसमेत पार्कमा राख्ने जनाएको छ ।

सदरमुकाम बेनीदेखि पुलाचौरसम्मको सडक कालोपत्र भइरहेको र पुलाचौरको चनौटेदेखि पुलहाश्रम सम्मको सडकलाई स्तरोन्नती गरी पर्यटकको आगमनलाई सहज बनाउने पहल थालिएको बेनी–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो । प्राकृतिक रूपमा मनोरम रहेको, धार्मिक र पौराणिक महत्व बोकेको यस क्षेत्रको महत्व, महिमा र सुन्दरताको प्रचार प्रसार गर्न सकेमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

पुलहाश्रम क्षेत्रबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ«े, निलगिरीलगायत मनोरम हिमश्रृखलाका साथै चर्चित धार्मिकस्थल पञ्चकोट, ज्यामरुकोट, बेनीबजारसँगै कालीगण्डकी नदी र आसपासका दर्जनौँ गाउँ बस्तीहरूको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । सदरमुकाम बेनीदेखि करिब दुई घण्टाको पैदलयात्रा तथा ३० मिनेटको सवारीसाधनको यात्रामा पुहलाश्रम सजिलै पुग्न सकिन्छ ।

Previous Post

भिजेको चना खाँदा अद्भुत फाइदा, आजैदेखि खान सुरु गर्नुहोस्

Next Post

रुचाइयो ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
शिखर पावरको आईपीओ बाँडफाँड
समाचार

शिखर पावरको आईपीओ बाँडफाँड

३ चैत्र २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
समाचार

समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

३ चैत्र २०८२,
Load More
Next Post
रुचाइयो ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’

रुचाइयो ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In