• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बेलुका ७ बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक

metakhabar by metakhabar
२ भदौ २०८२,
0
बेलुका ७ बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, २ भदौ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेलुका ७ बजेपछि धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक लगाएको छ ।

सौन्दर्यकरण गर्नेक्रममा झिलीमिली बत्तीसहित विभिन्न संरचना तयार गरिएसँगै राति अबेरसम्म मानिसहरुको भीडभाड तथा होहल्ला हुन थालेपछि नगरपालिकाले भदौ १ गतेबाट लागू हुने गरी बेलुका ७ बजेपछि भगवती मन्दिर तथा मझुवागढी प्रवेशमा रोक लगाएको हो ।

कालिका भगवती मन्दिर तथा मझुवागढीमा राति अबेरसम्म मानिसको भीडभाड तथा होहल्ला भएको गुनासो आएपछि शान्ति सुरक्षाको दृष्टिकोणले बेलुका ७ बजेपछि आवतजावतमा रोग लगाइएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

“धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा मझुवागढी प्रवेशका लागि निश्चित समय निर्धारण गर्नुपर्ने सुझाव आएको छ, जिल्ला सुरक्षा समिति तथा स्थानीयको सुभावको आधारमा हाटडाँडाको मुख्य प्रवेशद्वारबाट बेलुका ७ बजेपछि प्रवेश निषेध गरिएको छ”, उहाँले भन्नुभयो, “बेलुका ९ बजेपछि सम्पूर्ण बत्ती बन्द गरिन्छ, यदी कोही व्यक्ति तोकिएको समयभन्दा अगाडि नै प्रवेश गरेको भए राति ८ बजेभित्र प्रवेशद्धारभन्दा बाहिर निस्कनुपर्नेछ ।”

नगरपालिकाले रातको समयमा धार्मिक तथा पर्यटकीयस्थल प्रवेशमा रोक लगाएको बारेमा औपचारिक सूचनासमेत जारी गरेको छ । नगरपालिकाको निर्णयलाई बेवास्ता गरेको खण्डमा नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाइने वडा नं ५ लफ्याङका वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको कालिका भगवती मन्दिर तथा मझुवागढीलाई सौन्दर्यकरण गर्नका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकार (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) को ठूलो लगानी भइरहेको छ । दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल करिब ४५ मिनेट उकालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा मझुवागढी पुगिन्छ ।

माझकिरात भनेर चिनिने खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । हिन्दू र किरात धर्मावलम्बीको सङ्गमस्थल मझुवागढीलाई ‘फुलैफूलको पहाड’ बनाउने उद्देश्यसहित पदमार्गको दायाँबायाँ र विभिन्न प्रजातिका फूल रोपिएका छन् ।

नगरपालिकाले सुरु गरेको अभियानअन्तर्गत लालीगुराँस, सुनाखरी, चाँप, जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपीसल्ला, जाइफूल, कपुर, पुवाले, मसला, असारेफूल, गुलाबलगायतका बहुवर्षे फूलका बिरुवा रोपिएका छन् । किरात ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर तथा बुद्धेश्वर महादेव गुफा आसपासका आसपासका ठाउँमा बहुवर्षे फूलका बिरुवा रोपेर पर्यटकका लागि आकर्षक गन्तव्यस्थल सुरु गरिएको दिक्तेल नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने लगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै गढीको बीच भागमा मौली रहेको छ ।

उसबेला रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ रहेको छ भने गढी वरिपरि बम्करसमेत रहेको छ ।

मझुवागढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । मन्दिरमा दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ । मझुवागढीमा हरेक वर्षको उभौली र उधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा पूजा गर्दै साकेला नाच्ने गरिन्छ ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तीजलगायतका चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ । उच्च हिमश्रृङ्खला तथा तराईका समथर भू–भागको अवलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । मझुवागढी पर्यटकलाई लक्षित गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टीलट्रस तथा आराम गर्ने स्टीलको फलैँचा र प्यास लागेको समयमा पिउने पानीको व्यवस्था गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

बाह्रै महिना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत हुने स्थानीयवासीले बताएका छन् । मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी तथा पूर्वमा चुइचुम्मागढी र दक्षिणमा खाम्तेलगढी रहेको छ ।

चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानाकार बताउँछन् । समुद्री सतहबाट करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढी प्रस्ट देखिन्छ । तस्वीर उपलब्ध छ ।

Previous Post

क्यानडा नेपालको भरपर्दो मित्र होः राजदूत पौड्याल

Next Post

उच्च रक्तचापको औषधि किन फरक-फरक हुन्छ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
उच्च रक्तचापको औषधि किन फरक-फरक हुन्छ ?

उच्च रक्तचापको औषधि किन फरक-फरक हुन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In