• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    तीन वटा फर्मलाई जरिवाना

    तीन वटा फर्मलाई जरिवाना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    तीन वटा फर्मलाई जरिवाना

    तीन वटा फर्मलाई जरिवाना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मध्यपुर थिमिको नगदेशमा १२ वर्षपछि तान्त्रिक भैलः प्याखँ आजदेखि प्रदर्शन हुने

metakhabar by metakhabar
२६ साउन २०८२,
0
मध्यपुर थिमिको नगदेशमा १२ वर्षपछि तान्त्रिक भैलः प्याखँ आजदेखि प्रदर्शन हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मध्यपुर थिमि–७, नगदेशमा १२ वर्षपछि तान्त्रिक भैलः प्याखँ (भैरव नाच) आज रातिदेखि प्रदर्शन हुने भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीयां) देखि पञ्चमीसम्म चार रात मध्यपुर थिमिमा भैरव, महाकालीलगायत देवीदेवताका नाच प्रदर्शन गर्ने परम्पराबमोजिम यस वर्ष नगदेशमा तान्त्रिक विधिविधानयुक्त भैलः प्याखँ प्रदर्शन गर्न लागिएको हो ।

भैलः प्याखँमा न्हापाँ र लिपाँ गरी दुई जना भैलः, न्हापाँ र लिपाँ गरी दुई जना दाँगी र एक जनाज्यापुंगको भेषमा नाचिन्छ भने धाँ, मुहालीलगायतका वाद्यवादक, एवं सहयोगीहरूसमेत गरी १०० जनाको समूह सक्रिय रूपमा सहभागी हुन्छन् । श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैलः पुचःले आयोजना गरेको भैलः प्याखँमा यस वर्ष श्रीष घजुले न्हापाँ (पहिलो) भैलःको भूमिका निर्वाह गर्दैछन् अर्थात् भलैःका रूपमा श्रीष घजु रहेका छन् । उनले भैलः गुरु कृष्णभक्त घजुका छोरा छन् ।

यस्तै, लिपाँ (पछिल्लो) भैलैःका रूपमा दीपेश वाडे, न्हापाँ दाँगी रोनिश साहु, लिपाँ दाँगी अपिक घजु र ज्यापुंग विराज दुगु रहेको भैलः प्याखँका गुरु रवि घजुले जानकारी दिनुभयो । प्याखँलाई रवि घजुका साथै धां गुरु भक्तबहादुर दुगु र भैलःका अर्को गुरु कृष्णभक्त घजुलगायतले प्रशिक्षण दिएका छन् । प्याखँको प्रशिक्षण विधिवत् रूपमा गत असार २६ गते गुरूपूर्णिमाको दिनदेखि सुरू भएको थियो ।

भैलः प्याखँको प्रशिक्षण नगदेशको पुखुसीमा गरिएको छ । प्याखँ प्रदर्शनका लागि प्रशिक्षणस्थलमा विशेष रूपमा नासःद्यो (नाट्यश्वरी)को पूजाआराधना गरी द्यो तालमा नासःद्योको साधना गर्दछन् । नासःद्योको साधनापछि सिद्धि गणेशको प्राङ्गणमा पुगेर गणेशको साधना गरी प्याखँ प्रदर्शन गरिन्छ । त्यसपछि वैशाखमा हुने बिस्काः जात्राका सिद्धि गणेशको खट नगर परिक्रमा गराउने प्रदक्षिणा मार्ग (रुट) अनुसार छ्वासः त्वागा, लाछि, लाय्कु, कुमालाछिलगायतका नगदेशको विभिन्न टोलमा भैलः प्याखँ प्रदर्शन गरिने गुरु घजुले बताए । यो क्रम प्रत्येक दिन साँझ चार राति निरन्तर चल्दछ ।

नगदेश प्राचीन मानव बस्ती भएको क्षेत्र हो । धार्मिक ग्रन्थहरूअनुसार नगदेश बासुकी नागको बासस्थान हो । बासुकी नागको बासस्थान भएका कारण नागदेशका रूपमा रहेको यो क्षेत्र पछि नगदेशले परिचित भएको वडाअध्यक्ष कृष्णकुमार प्रजापतिले बताए । यस्तै पाटनको रातो मच्छिन्द्रनाथलाई आसामको कामाख्याबाट नेपाल मण्डलमा ल्याउनका लागि नगदेशमा साधना गरेको जनश्रुति रहेको भैलः गुरु राजु घजुले बताए । यही आधारमा नगदेश प्राचीन बस्ती भएको र प्राचीनकालमा नगदेशका सुखः शान्ति र दानवी शक्तिको नाशका लागि भैलः, महाकालीलगायत देवीदेवताको नाच विकास भएको घजुले बताए ।

गुरु घजुले भैलः प्याखँ प्रदर्शन गर्न आधिकारिक रूपमा कुनै गुठी र स्थायी रूपमा कुनै आर्थिक स्रोत नभएको बताए । यसका लागि स्थानीय नगदेशवासी सबै एकजुट भई निकाल्ने परम्परा रहेको छ । उहाँका अनुसार प्याखँ निकाल्ने सामूहिक निर्णय भएपछि नेवारी परम्पराअनुसार ‘थ्वकी’ उठाइन्छ । थ्वकी उठाउने भनेको कुनै सामूहिक कार्य वा गुठीको भोजमा सहभागिता निश्चित गर्न घरघरबाट निश्चित परिणाममा चामल उठाउने कार्य हो । सोही अनुसार भैलः प्याखँलाई यस वर्ष एक व्यक्ति बराबर एक सय रुपैयाँ थ्वकी उठाएको घजुले जानकारी दिए । यस वर्ष थ्वकी दिनेको सङ्ख्या करिब एक हजार रहेको छ ।

प्याखँको परम्पराअनुसार थ्वकी दिने सबै प्याखँमा सहभागी भई भोज खाने गरिन्छ । चार दिन प्याखँ निकाल्न एक महिनाअघि सुरू हुने प्रशिक्षणदेखि प्याखँ सम्पन्न नभएसम्मको सम्पूर्ण खर्च थ्वकी दिनेहरूबाट दामासाहीले व्यहोर्ने प्रचलन रहेको उनले बताए । यसका साथै यो वर्ष विभिन्न सङ्घसंस्था, मनकारी व्यक्तिहरूले पनि आर्थिक एवम् भौतिक सहयोग गरिरहेको घजुले बताए । सोही अनुसार नगदेश सांस्कृतिक पुचः दुईवटा, न्हुछे झो भजन खलःले दुई वटा, कुम्हालाछी बासुरी खलःले एक वटा र न्हापाङ्गु बासुरी खलःले एक वटा धा बाजा सहयोग गरेको घजुले जानकारी दिए । नगदेश तान्त्रिक भैलःका लागि नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने अपेक्षा रहेको घजुले बताए ।

नगरपालिकाले नगरभित्र प्रदर्शन गरिने ऐतिहासिक, धार्मिक महत्वका विभिन्न देवीदेवताका प्याखँहरू मात्र होइन जात्रा पर्वहरूको संरक्षण गर्ने र नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लैजान उद्देश्यका साथ आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । सोही अनुसार नगरपालिकाले १२ वर्षपछि नगदेशमा प्रदर्शनमा आएको तान्त्रिक भैलः प्याखँलाई नगरकार्यपालिका बैठकबाट उचित आर्थिक सहयोग हुने उनले बताए ।

Previous Post

तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

Next Post

वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

११ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

११ चैत्र २०८२,
मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय
फिचर-ब्यानर

मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

११ चैत्र २०८२,
शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक
आवाज

शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

११ चैत्र २०८२,
चौध वर्षमुनिका २७ जनामा क्षयरोग
समाचार

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

११ चैत्र २०८२,
तीन वटा फर्मलाई जरिवाना
समाचार

तीन वटा फर्मलाई जरिवाना

११ चैत्र २०८२,
Load More
Next Post
वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति

वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In