• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि रुसमाथि थप ‘दबाब’ दिन युरोपेली नेताहरूको आग्रह

metakhabar by metakhabar
२६ साउन २०८२,
0
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनबीचको शिखर वार्ताको घोषणापछि युरोपेली नेताहरूले शनिबार रातभर रुसमाथि थप ‘दबाब’ सिर्जना गर्न आग्रह गरेका छन् । तीन वर्षदेखि जारी द्वन्द्व समाधानका लागि युक्रेन र युरोपबाट किएभलाई वार्तामा सहभागी गराइनुपर्ने बतएको भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलगायत बिषयमा वार्ता गर्न यही शुक्रबार अलास्कामा भेटवार्ता गर्ने भएका छन् ।

गत हप्ता शिखर सम्मेलनको घोषणा गर्दै ट्रम्पले भन्नुभएको थियो, “दुवै पक्षको भलाइका लागि केही क्षेत्रहरू आदानप्रदान गरिनेछ।” यद्यपि यस भनाइबारे प्रतिक्रिया दिँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले शान्ति स्थापनाका लागि रुसलाई जमिन नदिने बताउनुभएको छ ।

“युक्रेनीहरूले कब्जा गर्नेलाई आफ्नो भूमि दिने सहमति गर्ने छैनन्,” उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ । “युक्रेनको अनुपस्थितिमा हाम्राबारे कुनै पनि निर्णय शान्तिविरोधी निर्णय हुन्,” उहाँले भन्नुभयो । जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरसँगको टेलिफोन वार्ताका क्रममा युक्रेनका मित्रराष्ट्रलाई दिगो शान्ति प्राप्तिका लागि ‘स्पष्ट कदम’ चाल्न आग्रह गरेका छन् ।

युरोपेली नेताहरूले शनिबार र आइतबार राति एक संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “सक्रिय कूटनीति, युक्रेनलाई समर्थन र अवैध युद्ध अन्त्यका लागि रुसी सङ्घमाथि दबाब दिने दृष्टिकोण मात्र सफल हुन सक्छ ।

उनीहरूले ट्रम्पको प्रयासको स्वागत गर्दै युक्रेनलाई समर्थन कायम राखेर र रुसविरुद्ध प्रतिबन्धात्मक कदमहरू लागू गरेर कूटनीतिक रूपमा सहयोग गर्न तयार रहेको बताएका थिए। इयू आयोगका प्रमुख उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत, फिनल्याण्ड नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “वर्तमान सम्पर्क लाइन वार्ताको प्रारम्भिक बिन्दु हुनुपर्दछ।

उनीहरूले प्रस्तावले युक्रेन र युरोपको महत्वपूर्ण सुरक्षा हितको रक्षा गर्नुपर्ने बताएका छन् । उनीहरूले ‘बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टीको आवश्यकतामा जोड दिएका छन् । युक्रेनलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको प्रभावकारी रक्षा गर्न सक्षम बनाउँछ।

“युक्रेनबिना युक्रेनमा शान्तिको बाटो तय गर्न सकिंदैन,” विज्ञप्तिमा भनिएको छ ।

पुटिन–ट्रम्प शिखर सम्मेलनअघि किएभका सहयोगी राष्ट्रहरु संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकारहरु शनिबार बेलायतमा भेला भएका थिए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की, स्टार्मर र जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको टेलिफोन वार्तापछि ‘युक्रेनीबिना युक्रेनको भविष्य तय गर्न नसकिने’ र वार्तामा युरोप पनि सहभागी हुनुपर्ने बताउनुभएको थियो ।

शनिबार साँझको सम्बोधनमा जेलेन्स्कीले भन्नुभयो, “यो युद्धको इमानदारीपूर्वक अन्त्य हुनैपर्छ र रूसलेसुरु गरेको युद्ध अन्त्य गर्ने उसैको हो।”

–सम्मानजनक शान्ति –

रुस र युक्रेनबीच यस वर्ष भएको तीन चरणको वार्ता सफल हुन सकेको छैन । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता दशौँ हजार मानिसको ज्यान गइसकेको छ भने लाखौं मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । विगत २५ वर्षदेखि रुसमा नेतृत्वमा रहनुभएका केजीबीका पूर्व अधिकारी पुटिनले जेलेन्स्कीसँग वार्ता गर्न अस्वीकार गर्नुभएको छ ।

युक्रेनका नेताले त्रिपक्षीय शिखर सम्मेलनका लागि जोड दिँदै आएका छन् र जेलेन्स्की पुटिनबीच भेटवार्ता हुनु नै शान्तिको दिशामा अघि बढ्ने एक मात्र उपाय भएको तर्क गर्दै आएका छन् ।

सन् १८६७ मा रुसले अमेरिकालाई बेचेको सुदूर उत्तरी क्षेत्र अलास्कामा हुने शिखर सम्मेलन सन् २०२१ को जुनमा जेनेभामा जो बाइडेनले पुटिनलाई भेटेपछि अमेरिका र रुसी राष्ट्रपतिबीच पहिलो शिखर वार्ता हुनेछ । बाइडेनले पुटिनबीस्चको नौ महिनापछि मस्कोले युक्रेनमा सेना पठाएको थियो । जेलेन्स्कीले उक्त स्थानको बारेमा भन्नुभयो, “यो युद्धबाट धेरै टाढा छ, जुन हाम्रो भूमिमा, हाम्रा जनताविरुद्ध चलिरहेको छ।”

क्रेमलिनले यो छनौट ‘तार्किक’ भएको बताएको छ किनभने आर्कटिकको नजिकको राज्य दुई देशबीचको सीमामा छ र यहीँबाट उनीहरूको ‘आर्थिक स्वार्थ एकआपसमा जोडिएको’ छ ।

मस्कोले पनि ट्रम्पलाई रुस भ्रमणका लागि निमन्त्रणा दिएको छ । ट्रम्प र पुटिन पछिल्लो पटक सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा जापानमा भएको जी–२० शिखर सम्मेलनमा सँगै बसेका थिए । जनवरीयता उनीहरूबीच धेरै पटक टेलिफोनमा कुराकानी भएको छ, तर ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि मध्यस्थता गर्न असफल हुनुभएको छ ।

Previous Post

रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ

Next Post

नेपालगञ्ज–दिल्ली सिधा उडानबारे सर्वपक्षीय छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग

नेपालगञ्ज–दिल्ली सिधा उडानबारे सर्वपक्षीय छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In