• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’

metakhabar by metakhabar
२१ साउन २०८२,
0
कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा : यस वर्ष साउन महिनाको तेस्रो हप्ताको सुरूआतसम्म देशका धेरैजसो भूभागमा खडेरीजस्तो अवस्था सिर्जना भयो । लामो समयसम्म पानी नपर्दा किसानहरू चिन्तित थिए । बीउ रोप्ने समयमै खेतमा पानी थिएन, धानको उत्पादन अनिश्चित देखिन्थ्यो । तर साउनको तेस्रो सातादेखि अविरल वर्षा सुरू भयो, र किसानले ढिलो भए पनि धान रोप्न सके । अब रोपिएको धानलाई मल चाहिने संवेदनशील समय आएको छ ।

सिरहास्थित कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय लहानमा किसानलाई आवश्यक पर्ने रासायनिक मल पर्याप्त मात्रामा मौज्दात रहेको भए पनि वितरण प्रक्रियामा भने समस्या देखिएको छ । कम्पनीका शाखा प्रमुख दीपराज पौडेलका अनुसार जिल्लामा हालसम्म तीन चरणमा मल वितरण भइरहेको छ । दोस्रो चरण साउन महिनामा मात्रै डिएपी ९३९ मेट्रिक टन र युरिया एक हजार २७ मेट्रिक टन मल जिल्लामा आइपुगेको छ । तेस्रो चरणको मल आउने क्रम पनि जारी रहेकाले अभाव नहुने पौडेलले जानकारी दिनुभयो ।

शाखा प्रमुख पौडेलले जिल्लामा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात रहेको दाबी गरे पनि वास्तविक किसानहरू भने मल नपाएको गुनासो गरिरहेका छन् । नरहा गाउँपालिका–२ का किसान रघुवीर यादवले भन्नुभयो, “हिजो बिहान ४ बजेदेखि लाइनमा बसेँ, तर बेलुका मल सकियो भनेर फर्काइयो । कम्पनी भन्छ मल छ, हामीलाई त छैन”, उहाँले अगाडि भन्नुभयो, “धान अब बढ्न थालेको छ । युरिया हाल्ने यही बेला हो । नत्र बाला लाग्दैन, बोट कम्जोर हुन्छ ।”

समयमै मल नपाउँदा रघुवीरजस्तै लहान–१८ का अखन यादवको पनि चिन्ता उस्तै छ । आज लहानस्थित रासायनिक मल वितरण गर्ने लहान–१ मा रहेको कृषि सहकारी संस्थामा पुगेर रित्तै हात फर्कनुपरेको उहाँको गुनासो थियो । “पानी पाएकोमा ढुक्क भयौँ, अब मल नपाएर गारोमा परेका छौँ”, उहाँले भन्नुभयो, “मौसमले पनि समयमा साथ दिएन, मलखाद्य पनि पाइएन । किसान त सधैँ दोहोरो मारमा छ हजुर, के गर्ने ।” उहाँले रु दुई हजार ५०५ सम्म पर्ने ५० किलोको डिएपी मल बाहिर पशलमा किन्दा रु तीन हजार ५०० सम्म तिर्नुपरेको गुनासो गर्नुभयो ।

गोदाममा मल भए पनि वास्तविक किसानले मल नपाएको सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रमुख पौडेलको भनाइ छ, “समस्या सहकारीहरूले समयमा मलको माग प्रक्रिया अगाडि नबढाउँदा हो । गोदाममा मल छ, तर वितरण स्थानीय तह र सहकारीमार्फत हुने भएकाले ढिलाइ भएको हो ।”

उहाँको अनुसार, दोस्रो चरणको वितरणअन्तर्गत सिराहाको १७ वटै पालिकामा १२५ कृषि सहकारीमार्फत मल वितरण गरिएको छ । डिएपी मल मात्रै १८ हजार छ सय बोरा वितरण गरिएको हो । यसमध्ये लहान नगरपालिकाले दुई हजार ९० बोरा, सिराहा नगरपालिकाले दुई हजार २०० बोरा, धनगढीमाईले एक हजार ५५५ बोरा, गोलबजारले एक हजार ५१० बोरालगायत बाँकी पालिकामा पनि हजारौँ बोराको दरले मल वितरण गरिएको छ ।

हालको वितरण प्रणाली पहुँच र सिफारिसमा आधारित भएकाले कतिपय वास्तविक किसान मलबाट वञ्चित हुनसकेको कम्पनीले स्वीकार गरेको छ । शाखा प्रमुख पौडेल भन्नुहुन्छ, “कतिपय किसानको पालो अझै आएको छैन, किनभने मल किस्तामा आउँछ । सबै किसानलाई पालैपालो दिने व्यवस्था मिलाइएको छ ।”

यता स्थानीय किसानहरू भने सहकारीले राजनीतिक आस्था र चिनजानका आधारमा मल वितरण गरेको गुनासो गरिरहेका छन् । उनीहरूका अनुसार सहकारीहरूले पारदर्शी वितरण प्रक्रिया अपनाएका छैनन्, जसले गर्दा सर्वसाधारण किसानलाई समयमा मल नपाउने अवस्था सिर्जना भएको छ । त्यस्तै पालिकामा प्रमुख वा अध्यक्षले आफ्नो लागि कोटा तोक्ने र आफ्ना मान्छेलाई वितरण गर्ने परिपाटीले मलको वितरण प्रणालीमाथि नै प्रश्न उठेको छ । पालिका तथा वडाको मनोमानी रूपमा सिफारिस गर्दा किसान र वितरकबीच कुटाकुट हुने स्थिति रहेको छ ।

मल तथा खाद्य वितरणमा अनियमितताको गुनासो बढेसँगै आज लहान नगरपालिका र भगवानपुर गाउँपालिकामा रहेका कृषि सहकारीहरूको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानको नेतृत्वमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा सहकारीहरूले बिलबिजक नराख्ने, मूल्य सूची टाँस नगर्ने, रासायनिक मल तथा खाद्यान्न एउटै स्थानमा राख्नेजस्ता गम्भीर त्रुटिहरू फेला परेको इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहकारीहरूले बिलबिजक नदेखाउने, मूल्य सूची नराख्ने, मल र खाद्यान्न एउटै ठाउँमा राख्ने कार्यले वितरण प्रक्रियामा गम्भीर अनियमितता देखाएको छ ।”

त्यस्तै उहाँले अन्य पालिकाहरूमा पनि यस्तै अनियमितता हुनसक्ने भएकाले नियमित अनुगमन आवश्यक रहेको बताउनुभयो । “अन्य पालिकाहरूमा पनि यस्ता गम्भीर त्रुटिहरू दोहोरिन नदिन अब निरन्तर अनुगमन गरिनेछ । आज अनुगमन गरिएका सहकारीहरूलाई हामीले पहिलोपटक भएकाले चेतावनी मात्र दिएको छौँ,” उहाँले भन्नुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेड लहान शाखाका प्रमुख पौडेलले पनि सहकारीहरूको अवस्था सुधार गर्न आवश्यक रहेको बताउँदै नियमित अनुगमनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले वितरण प्रणाली सुधार गर्न सहकार्य गर्दै आएका छौँ । तर सहकारीहरूले नियम विपरीत कार्य गरेकाले थप कडाइका साथ अनुगमन आवश्यक छ ।” यसअघि आइतबार पनि सहायक जिल्ला अधिकारीको नेतृत्वमा सिरहा नगरपालिकाका कृषि सहकारीमा अनुगमन गरिएको थियो ।

प्रमुख पौडेलले यस्ता अनियमितता रोक्नका लागि स्थानीय तहले ‘किसान कार्ड’को व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यदि किसानको पहिचान सुनिश्चित गर्न किसान कार्ड लागू गरियो भने पहुँच र भनसुनको भरमा वितरण हुने मलखाद रोक्न सहज हुने उहाँको भनाइ छ ।

सरकारका तर्फबाट अनुगमन र सुधारको प्रक्रिया अघि बढाए पनि स्थायित्वका लागि सहकारीहरू स्वयं पनि जिम्मेवार बन्नुपर्ने सरोकारवालाको धारणा छ । कृषि सामग्री कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि मल वितरण गरिरहेको छ । कृषि ज्ञान केन्द्रले पालिकालाई आवश्यकताअनुसार कोटा निर्धारण गरिदिने र त्यसपछि पालिकाले सहकारीमार्फत वितरण गर्ने प्रक्रिया अपनाइँदै आइएको छ । यहाँका किसानका अनुसार मलको मौज्दात पर्याप्त भए पनि वितरण प्रणालीमा सुधार नआउँदासम्म किसानको गुनासो कम हुने देखिँदैन ।

Previous Post

शाहरूख खानले पाए २ लाखको पुरस्कार, त्याे पनि पाउन कुरे ३३ बर्ष

Next Post

अन्नपूर्ण क्षेत्रमा गत आवमा लेक लागेर १८ पर्यटकको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्कियो
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्कियो

७ चैत्र २०८२,
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
आर्थिक

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

७ चैत्र २०८२,
दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी
आर्थिक

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

७ चैत्र २०८२,
Load More
Next Post
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

अन्नपूर्ण क्षेत्रमा गत आवमा लेक लागेर १८ पर्यटकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In