• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

    दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

    यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

    यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

    भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

    भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

    विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

    विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    यस्तो छ आजको मौसम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौं प्रहरीले गति बढायो, गुन्डागर्दी गर्नेको लय भत्किँदै

metakhabar by metakhabar
१८ साउन २०८२,
0
काठमाडौं प्रहरीले गति बढायो, गुन्डागर्दी गर्नेको लय भत्किँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख बरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी र उपत्यका अपराध अनुसन्धान कार्यालयका रमेश बस्नेतले राजधानीलाई गुन्डागर्दीमुक्त बनाउने अभियान थालेपछि नयाँ तरङ्ग सुरु भएको छ।

काठमाडौंमा गुन्डागर्दी गर्नेहरू अन्डरग्राउन्ड हुन थालेका छन्। पछिल्लो समय उनीहरुले डर त्रास देखाउनेगरी सामाजिक सञ्जाल फेसबुकको रिल, टीकटकलगायतमा भिडिओमा संगठीत सञ्जाल देखाउनेदेखि सडक नै कब्जा गरेर जन्मदिन मनाउनेसम्मका गतिविधि गरेका थिए।

यस्तै ठमेलमा झैझगडा गर्नेदेखि कुटपिट, रड हान्नेसम्मका गतिविधि सुरु भैसकेका थिए। ‘यो अप्रेशन रोकिँदैन, हामीले सबैको लिस्ट गरेका छौं, निगरानीमा राखेका छौं’, एसएसपी अधिकारी भन्छन्,‘प्रहरीले राजधानीलाई आतंक गर्ने ठाउँ बन्न दिनेछैन।’

यसक्रममा प्रहरीले सानोभाई भनिने युवराज गुरुङलाई पक्राउ गरेको भोलीपल्ट नै कथित डन मिलन गुरुङ (चक्रे) र उनको समूहमा आवद्ध केहीलाई पक्राउ गरी छानबिन जारी राखेको छ।

यो उपक्रममा उपत्यका प्रहरीले सञ्चालन गरेको ‘गुण्डा अपरेशन’ का क्रममा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ पक्राउ गरिएको छ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार दिउँसो सामाखुसीस्थित घरबाटै नियन्त्रणमा लिएको थियो।

बुधबार राति ठमेलकै नगरकोट दोहोरीमा दुई गुण्डा समूहबीच झडप हुँदा ‘सानुभाइ’ का नामले चिनिने पटक्के गुण्डा युवराज गुरुङसहित तीनजना पक्राउ परेका थिए।

शनिबार पक्राउ परेका क्ल्ब ओम्नियाका सञ्चालक सोही घटनासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।

बुधबार राति नगरकोट दोहोरीबाट नुवाकोट, ककनी गाउँपालिका–५ का युवराज गुरुङसहित नुवाकोट, सूर्यगढी नगरपालिका–२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा– १० का २६ वर्षीय दीलकुमार तुम्बाफो पक्राउ परेका थिए।

२०८० साउनमा ओम्निया क्लबमा भएको झडपमा ‘सानुभाइ’ का नामले चिनिने पटक्के गुण्डा युवराज गुरुङले उक्त क्लबका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेका थिए।

प्रहरीद्वारा पक्राउ गरिएका ‘सानुभाइ’ साउन १० मा धरौटीमा रिहा भए। गत बुधबार उनै ‘सानुभाइ’ नगरकोट दोहोरीमा रहेको सूचना पाएपछि उनीमाथि आक्रमण गर्न ओम्नियाका सञ्चालक गुरुङले रवीन्द्र गुरुङ र दीलकुमार तुम्बाफोलाई पठाएका थिए।

उनीहरू पक्राउ परेपछि बयानका क्रममा ओम्नियाका सञ्चालक गुरुङले पठाएर गएको भनेपछि उनी पक्राउ परेको बताइएको छ।

‘अपराध र आतंक मच्चाउनेलाई त कुनै पनि हिसाबमा कानुनले छुट दिँदैन, दिनु हुँदैन। प्रहरीको काम शान्ति सुरक्षा कायम गराउने हो’, एसएसपी अधिकारी भन्छन्,‘यसमा नागरिकलाई ढुक्क बनाउने जिम्मा प्रहरीले लिन्छ। प्रहरीले नियमित काम गरिरहेको छ।’

Previous Post

अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य, निजी क्षेत्रलाई पनि जाँचपासको अधिकार

Next Post

सय–माइक्रोन स्केलको षट्कोणीय हीरा संश्लेषण गर्न चिनियाँ वैज्ञानिक सफल

metakhabar

metakhabar

सम्बन्धित खबर

दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड
फिचर-ब्यानर

दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

२४ अशोज २०८३,
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
अन्तर्राष्ट्रिय

यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

२४ अशोज २०८३,
भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु
फिचर-ब्यानर

भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

२४ अशोज २०८३,
विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी
फिचर-ब्यानर

विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

२४ अशोज २०८३,
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
आर्थिक

चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

२४ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

यस्तो छ आजको मौसम

२४ अशोज २०८३,
Load More
Next Post
सय–माइक्रोन स्केलको षट्कोणीय हीरा संश्लेषण गर्न चिनियाँ वैज्ञानिक सफल

सय–माइक्रोन स्केलको षट्कोणीय हीरा संश्लेषण गर्न चिनियाँ वैज्ञानिक सफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In