• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने

metakhabar by metakhabar
१८ साउन २०८२,
0
वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर – वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने भएको छ । आज भक्तपुरको गठ्ठाघरस्थित कार्यक्रमस्थलमा प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठ्ठाघरमा शुक्रबार आयोजना गर्ने घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले प्रधानमन्त्री ओलीबाट प्रदेशस्तरीय पूर्णखोप सुनिश्चितता घोषणा, वाग्मती डिजिटल हेल्थ सेवा र टेलिमेडिसिन हबको एकैसाथ उद्घाटन गर्ने गरी तयारी पूरा भएको जानकारी दिए ।

वाग्मती प्रदेशका १३ वटा जिल्लालाई गत असार ३० गतेसम्ममा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिसकेकाले प्रदेश पनि घोषणा गर्न लागेको बताउँदै उनले अब कोही पनि बालबालिका खोपबाट वञ्चित नहुने बताए ।

त्यसैगरी मन्त्रालयले टेलिमेडिसिन हबका माध्यमबाट प्रदेशका अस्पतालमा चौबिसै घण्टा विशेषज्ञ सेवा प्रदान गर्ने भएको छ । उनले साउन १६ गते प्रधानमन्त्रीबाट उद्घाटन भएसँगै भक्तपुर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटाँैडाबाट यो सेवा सुरु गरिने जानकारी दिए ।

क्यामरा जोडेर स्क्रिनको माध्यमबाट चिकित्सकको अगाडि ‘स्क्रिन’ राखी सम्बन्धित अस्पतालको बिरामीको अवस्था र रोगका बारेमा सबै जानकारी गराएर विशेषज्ञ चिकित्सकले टेलिस्क्रिनमार्फत निर्देश गर्दै उपचार गराउने स्वास्थ्यमन्त्री थापाले बताए। यो सेवा अन्य अस्पतालमा पनि विस्तार गर्दै जाने उनको भनाइ छ ।

मन्त्रालयले वाग्मती डिजिटल हेल्थ सेवा पनि शुभारम्भ गर्ने भएको छ । यसमा बिरामीले घरमै बसेर अस्पतालको अवस्थाबारे जानकारी लिन सक्ने छन् । मन्त्री थापाले भने, “वाग्मती डिजिटल हेल्थ सेवाका लागि मोबाइल एप्स निर्माण गरिएको छ । अब आमनागरिकले आफ्नो घरमै बसेर एप्सको माध्यमबाट कुन अस्पतालमा शय्या कति खाली छन्, वा खाली छैनन् । आफूले खोजेको सेवाका लागि कुन अस्पतालमा सहज हुन्छ, कुन अस्पतालमा भीड छ, कुन अस्पतालमा कति बिरामी छन्, टिकट छ कि छैन सबै एप्सबाटै हेर्न मिल्छ । यसले बिरामीलाई आफूले खोजेको सेवा लिन सहज हुनेछ ।”

वाग्मती प्रदेश मन्त्रालयले एप्सबाटै १३ वटै जिल्लाका अस्पतालमा दिनभर कति सङ्ख्यामा बिरामी आए, आकस्मिकमा कति, ओपिडीमा कति, भर्ना भएका कति, कति फर्किए, टिकट कतिवटा गयो, कुन विरामीलाई कुन औषधि कति बिक्री भयो, कति रकम सङ्कलन भयो, को कर्मचारी बिदामा छन्, सबै मन्त्रालय वा जुनसुकै ठउँमा बसेर पनि हेर्न सकिने मन्त्री थापाले जानकारी दिए ।

त्यसैगरी, अब ल्याबको रिपोर्ट लिन अस्पताल धाउनु नपर्ने भएको छ । ल्याबको रसिद काट्दा रसिदमा क्यआर कोड दिने र त्यसैबाट ल्याबको रिपोर्ट घरबाटै हेर्न र प्रिन्ट निकाल्न सकिने गरी व्यवस्था गरिएको उनले बताए ।

मन्त्रालयले अस्पतालको सेवामा सेवाग्राहीले गुनासो राख्न सक्ने गरी इगुनासो एप्स पनि सार्वजनिक गर्ने भएको छ । यसमा सेवाग्राहीले घरमै बसेर क्युआर कोडबाटै गुनासोको फोटो, भिडियो, अडियो, अक्षर लेखेर र आवाजबाट गुनासो पठाउन सकिने गरी व्यवस्था गरेको उनले बताए ।

साथै प्रदेश मन्त्रालयले प्रदेशअन्तर्गतको अस्पतालमा ‘फास्टट्र्याक ओपिडी’ सेवा पनि सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयले वाग्मती प्रदेशभरिका पत्रकारलाई स्वास्थ्य बिमामा समेट्ने भएको छ । मन्त्री थापाले प्रदेशका पत्रकारको यस वर्षदेखि बिमाको ‘प्रिमियम’ प्रदेशले स्वास्थ्य मन्त्रालयले तिरिदिने र स्वास्थ्य बिमामा पत्रकारलाई समेट्ने गरी बजेटको व्यवस्थापन गरेको जानकारी दिए ।

वाग्मती प्रदेश १३ वटै प्रादेशिक अस्पतालमा ‘डायलासिस’ सेवा विस्तार गर्ने उद्देश्यका साथ प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेसिन अस्पतालमा जडान गरेको जनाउँदै उनले बाँकी रहेका रसुवा, काठमाडौँको टोखा अस्पतालमा पनि डायलासिस मेसिन जडान गर्नेगरी तयारी गरेको बताए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव डा सुमित्रा गौतमले वाग्मती प्रदेशभित्रका १३ जिल्लाका ११९ स्थानीय तह, एक हजार १२१ वडा र दुई हजार ५०० भन्दा बढी खोप केन्द्रमार्फत बालबालिकालाई पूर्णखोप लगाइएको जानकारी दिए ।

उनले जन्मेदेखि १५ महिनासम्मका बालबालिका र त्यो अवधिमा खोप लगाउन छुटेका १६ देखि २३ महिनाभित्रका एक लाख २८ हजार ४२१ बालबालिकालाई पूर्णखोप लगाएकाले पूर्णखोप सुनिश्चितता प्रदेश घोषणाको तयारी गरिएका बताए ।

मन्त्रालयले यो वर्ष मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ जस्ता कार्यक्रम प्रदेशभर लागू गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने बताए ।

Previous Post

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री

Next Post

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In