मदर टेरेसाका केही अमर वाणीहरुः
१) म जान्दछु कि तपाईं दुवै यति शक्तिशाली हुनुहुन्छ कि ईश्वर रचित यो सुन्दर पृथ्वी र यहाँ रहने मानवको सर्वनाश केही समयमै गर्न सक्नुहुन्छ । तर तपाईंले त्यसको औचित्य भने कहिल्यै सिद्ध गर्न सक्नुहुनेछैन ।
२) मेरो आँखामा दुःखका अश्रु टिलपिलाएर, निर्दाेष मानिसका तर्फबाट झोली थापेर तपाईंसँग भिक्षा माग्दछु । म ती अनाथ बालक, विधवा, वृद्धको तर्फबाट प्रार्थना गर्दछु, जसका युवाक छोरा यस युद्धमा मारिनेछन् ।
३) त्यसपछि बदलाको भावनाले अझ उग्र लिनेछ । प्रेम र घृणा दुवै भयंकर सरुवा रोग जस्तै हुन् । के तपाईं घृणा फिँजाउन चाहनुहुन्छ ?
४) मानवको प्राण र उसको जीवन ईश्वरको सुन्दर वरदान हो । यदि प्राण नै रहेन भने त जीवनमा के बाँकी रहन्छ ? यो पृथ्वीमा हामी केवल प्राण लिएर आउँछौँ । यसका अतिरिक्त हामीसँग केही हुँदैन । तपाईंजस्ता बलवानले हजारौँ मानिसका प्राण त लिन सक्नुहुन्छ तर त्यसको औचित्य कहिल्यै सिद्ध गर्न सक्नुहुन्न ।
५) मेरो मनमा प्रशन उठ्दछ कि ईश्वरको देन यो जीवनलाई हरिलिने हामी को हौँ ? के यो अधिकार तपाईंलाई ईश्वरले दिएका हुन् ? अथवा तपाईं शक्तिशाली हुनुहुन्छ त्यसैले यो अधिकार तपाईंले खोस्नुभएको हो ? हामी सबैका माथि एक सर्वशक्तिमान यीशु, ईश्वर वा अल्लाह छन् । तपाईं उनीतिर हेर्नुहोस् — उनको आँखाभित्र नियाल्नुहोस् र निश्चिय गर्नुहोस कि वास्तवमा तपाईं के गर्न चाहनुहुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













